back

अजोड इन्स्योरेन्स तेस्रो वार्षिक वार्षिकोत्सव सम्पन्न

काठमाडौँ। अजोड इन्स्योरेन्स लिमिटेडले तेस्रो वार्षिक वार्षिकोत्सव गरेको छ । कम्पनीले वार्षिकोत्सव कम्पनीकै प्रधान कार्यालय सि.टि.सि. मल सुन्धारामा रक्तदान कार्यक्रम गरि वार्षिकोत्सव मनाएको हो । उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत लगायत कम्पनीको कर्मचारी र आगन्तुक समेत गरी ३५ जनाले रक्तदान गरेका छन् ।

कम्पनीले केन्द्रिय कार्यालयसहित सातै प्रदेशका प्रादेशिक कार्यालय तथा देशभकिा विभिन्न २२ वटा शाखा कार्यालय, १७ वटा उपशाखा कार्यालय गरि जम्मा ४७ वटा कार्यालयहरु, ३ वटा तेश्रो पक्ष बीमा काउण्टरहरु र ७ वटा बीमा काउण्टर मार्फत् बीमा सेवा प्रदान गर्दै आईरहेको छ । कम्पनीको सम्पूर्ण कार्यालय र बीमा काउण्टरहरुमा करिब २६७ जना कर्मचारी कार्यरत रहेका छन् ।

कम्पनीले प्रदान गर्ने बीमा सेवालाइ छिटो छरितो भरपर्दो र स्तरीय बनाउदै लैजानका लागि वेव बेस सिस्टम र कम्प्युटर बिलिङको व्यवस्था गरेको छ । भने ग्राहकहरुलाई दावी भुक्तानी प्रक्रियालाई छिटो छरितो बनाउने उदेश्यले फास्ट दावी भुक्तानी नीति अवलम्वन गरि२ लाख सम्मको दावी तत्कालै भुक्तानी गर्ने व्यवस्था गरेको छ ।

कम्पनीले Integrated MIS System, Investment Software, Group SMS System, AJOD Chat board  को शुरुवात गरि सकेको छ । त्यसैगरी Digital Payment Gateway का लागि कम्पनीले IME Pay, Prabhu Pay, NICASIA Phone Pay, Cell Pay, Khalti, e-Sewa , Pay well, Connect IPS आदि सेवाहरु समेतको शुरुवात गरिसकेको छ ।

चालु आर्थिक बर्षको असार २१ गतेसम्म कम्पनीको चुक्ता पूँजी १ अर्व रुपैयाँ र लगानी १४७.३१ करोड र कुल दाबी भुक्तानी ५८.९७ करोड (कोरोना बीमा दाबी भुक्तानी १२.९७ करोड र अन्य बीमा दाबी भुक्तानी ४६ करोड) रहेको छ ।

कम्पनीले प्रविधिमा आधारित बीमा सेवा प्रदान गर्ने लक्ष्य अनुरुप आगामी दिनमा म्ष्नष्तब िक्ष्लकगचबलअभ एयष्अिथ जारी गर्ने प्रकृयामा रहेको छ । साथै आगामी दिनमा कम्पनीले बीमा सेवाको पहुँच बढाउनको लागि देशका सुगम देखी दुर्गम क्षेत्रमा समेत आफनो बीमा सेवा बिस्तार गर्दै लैजाने लक्ष्य लिएको छ । त्यसैगरी ग्राहकहरुको आवश्यक्ताका आधारमा केही नयाँ बीमालेखहरु पनि प्रचलनमा ल्याउने तयारी गरेको छ ।

कोरना भाइरस (कोभिड–१९) दोस्रो लहरको माहामारीको विषम परिस्थितिका वावजुत हाल सम्म १ लाख २० हजार ७०६ बीमालेख जारी गरी १२०.८३ करोड बीमा शुल्क आर्जन गर्न सफल भएको कम्पनीले जनाएको छ ।

२०७८ असार २२ गते प्रकाशित

nactional life
Corporatebazar 11 Anniversary

भूमि व्यवस्थापन विभागको नयाँ परिपत्र: अब जग्गाको आंशिक फुकुवा र कित्ताकाट गर्न पाइने

भूमि व्यवस्थापन विभागको नयाँ परिपत्र: अब जग्गाको आंशिक फुकुवा र कित्ताकाट गर्न पाइने

वि.सं.२०८३ जेठ ११ सोमवार ००:१५

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले देशभरका मालपोत कार्यालयहरूको...

स्वास्थ्य बीमा कोष जोगाउन ‘हेल्थ ट्याक्स’ मोडल: सुर्ती र मदिराको कर सिधै बीमामा लैजान सांसदहरू एकमत

स्वास्थ्य बीमा कोष जोगाउन ‘हेल्थ ट्याक्स’ मोडल: सुर्ती र मदिराको कर सिधै बीमामा लैजान सांसदहरू एकमत

वि.सं.२०८३ जेठ १० आइतवार २३:३५

काठमाडौं । देशको स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा परिरहेका बेला...

सुर्ती, मदिरा र चिनीयुक्त पदार्थमा कर बढाउन माग: ‘परम्परागत शैलीले जनस्वास्थ्य सुध्रिदैन’

सुर्ती, मदिरा र चिनीयुक्त पदार्थमा कर बढाउन माग: ‘परम्परागत शैलीले जनस्वास्थ्य सुध्रिदैन’

वि.सं.२०८३ जेठ १० आइतवार २३:११

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमा सुर्तीजन्य, मदिरा...

हानिकारक वस्तुमा उच्च कर स्वास्थ्य सुधारको आधार : पूर्वउपाध्यक्ष अधिकारी

हानिकारक वस्तुमा उच्च कर स्वास्थ्य सुधारको आधार : पूर्वउपाध्यक्ष अधिकारी

वि.सं.२०८३ जेठ १० आइतवार १५:३१

काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष शिवराज अधिकारीले हानिकारक वस्तुको...

सरकारी कर्मचारीको तलब बढाउने तयारी, ३५ हजारदेखि एक लाख २१ हजार बनाउन सिफारिस

सरकारी कर्मचारीको तलब बढाउने तयारी, ३५ हजारदेखि एक लाख २१ हजार बनाउन सिफारिस

वि.सं.२०८३ जेठ १० आइतवार ०७:२०

काठमाडौं । आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्य वाचन गर्दै...

नेपाल बीमा प्राधिकरणको कारवाहीमा ६ बीमा कम्पनी, कुन कुन परे कारवाहीमा  ?

नेपाल बीमा प्राधिकरणको कारवाहीमा ६ बीमा कम्पनी, कुन कुन परे कारवाहीमा ?

वि.सं.२०८३ जेठ ७ बिहीवार १७:५६

काठमाडौं । नेपाल बीमा प्राधिकरणले ६ बीमा कम्पनीहरुलाई २र२ लाख...