back

ट्रेड युनियनले सासू् कोषलाई भन्यो, ‘कर्मचारीका माग सम्बोधन गर्नुस्’

काठमाडौँ । नेपाल ट्रेड युनियन कांग्रेसले बैंक तथा वित्तीय संस्थाका कर्मचारीले उठाएका मागहरको सम्बोधन गर्न सामाजिक सुरक्षा कोषलाई आग्रह गरेको
छ। ट्रेड युनियन महासचिव योगेन्द्र बहादुर कुँवरले एक विज्ञप्ति जारी गरी सामाजिक सुरक्षा कोषले सम्पूर्ण प्रतिष्ठानलाई २०७८ असार मसान्तसम्म अनिवार्य रुपमा कोषमा आबद्ध हुन आग्रह गरेको अवस्थामा आफ्ना मागको सम्बोधन नभएको भन्दै बैंक तथा वित्तीय संस्थाका श्रमिकले उठाएका माग सम्बोधन गर्न आग्रह गरेको हो ।

ट्रेड युनियन कांग्रेसले बैंक, बीमा तथा वित्तीय संस्थाका कर्मचारीले उठाएका खाईपाई आएका सुविधा कटौती नहुने एवम् सामूहिक सौदाबाजी अधिकारको सुनिश्चितता, अवकाश रकममा आयकर नलाग्ने व्यवस्था, योगदानका आधारमा उच्चतम प्रतिफलको व्यवस्था, अवकाश तथा निवृत्तिभरण योजनामा देखिएका विवादीत विषयलाई स्पष्ट पार्न आग्रह गरेका छ ।

महासचिव कुँवरले विज्ञप्तिमार्फत बाँझिएका कानून र सुविधालाई व्यवस्थापन गर्ने विषयमा तत्काल पहल गर्न जरुरी देखिएकाले संरचनागत छलफल अघि बढाएर २०७८ असार मसान्तको समय सीमालाई समस्याको निक्र्यौल नहुँदासम्म कोषमा आबद्धताका लागि दैनिक ज्यालादारी एवम् अनौपचारिक क्षेत्रका श्रमिकलाई समय सीमा थप गर्न सम्बन्धित निकायसमक्ष माग गरेका छन् ।

२०७८ असार १८ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

वि.सं.२०८३ साउन १ शुक्रवार १३:२९

हेटौंडा । बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना...

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

वि.सं.२०८३ साउन १ शुक्रवार १३:०२

काठमाडौँ । सरकारले हालै जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

वि.सं.२०८३ असार ३२ बिहीवार १९:०५

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरु...