राष्ट्र उत्थान लघुवित्तले आईपीओ जारी गर्दै, इक्रा नेपालले दियो ‘इक्रा एनपी आईआर बीबी’ रेटिङ प्रदान
वि.सं.२०७८ असार १५ मंगलवार
काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको (साधारण सेयर) आईपीओले आईआर बीबी रेटिङ्ग प्राप्त गरेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले लघुवित्तको आईपीओलाई ‘इक्रा एनपी आईआर बीबी’ रेटिङ प्रदान गरेको हो । यो रेटिङले समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने र जोखिम मध्यम भएको संकेत गर्दछ ।
संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ करोड ५० लाख रूपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ निष्काशन तथा बिक्री गर्नेछ । संस्थाको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । तर, कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आईपीओ निष्कासन गर्न अनमुति माग्न आवेदन दिएको छैन् ।
२०७८ असार १५ गते प्रकाशित
प्रकाशित समय : ०८:२१ बजे






















