देशभरका लागि ज्योति लाइफले माग्यो ठूलो संख्यामा कर्मचारी, यसरी दिनुहोस् आवेदन
वि.सं.२०७८ असार १४ सोमवार
काठमाडौँ । ज्योति लाइफ इन्स्योरेन्सले देशभरका शाखा तथा उपशाखाहरुका लागि कर्मचारी माग गरेको छ । इन्स्योरेन्सले सातै प्रदेशका लागी विभिन्न पदमा ठूलो संख्यामा कर्मचारीमा मागेको हो ।
कम्पनीले विभिन्न प्रदेशमा शाखा प्रमुख, उपशाखा प्रमुख तथा सेल्स एक्जुकेटिभका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।
आवेदनको लागि न्यूनतम शैक्षिक योग्यता स्नातक र २१ वर्ष देखी ४० बर्ष सम्मको हुनुपर्नेछ । इच्छुक योग्यता पुगेकाले असार २५ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।
आवेदकहरुको लागि २०७८ अषाढ २५ सम्म ईमेल ठेगाना [email protected] वा www.merojob/jyotilife मार्फत आवेदन दिन पाउने व्यवस्था गराएको छ ।

आवेदन दिन यहाँ क्लिक गर्नुहोला
२०७८ असार १४ गते प्रकाशित
प्रकाशित समय : ०८:३७ बजे




















