back

भारतमा ९६.७५ प्रतिशत कोरोनाका संक्रमित सङ्क्रमणमुक्त

काठमाडौँ । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या ५० हजारमा झरेको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ५० हजार ४० जना नयाँ सङ्क्रमित थपिएका छन् ।

योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट कुल सङ्क्रमितको सङ्ख्या तीन करोड दुई लाख ३३ हजार १८३ पुगेको छ ।
संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो ४५ दिनदेखि दैनिक सङ्क्रमितहरुको सङ्ख्या घट्दै गइरहेको छ ।
भारतमा पछिल्लो एक दिनमा ५७ हजार ९४४ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अधिकारीहरुले भारतमा अहिले पाँच लाख ८६ हजार ४०३ जना अहिले पनि कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेको जानकारी दिएका छन् । यो सङ्ख्या पनि घट्दै गएको देखिएको छ ।
भारतमा कुल सङ्क्रमित मध्ये ९६.७५ प्रतिशत मानिस कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको तथ्याङ्का छ ।
कुल सङ्क्रमित मध्ये अहिलेसम्म कुल दुई करोड ९२ लाख ५१ हजार २९ जना सङ्क्रमणमुक्त भएका छन् ।
भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये तीन लाख ९५ हजार ७५१ जनाको मृृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कुल सङ्क्रमित मध्ये १.९४ प्रतिशत मात्रै अहिले सङ्क्रमित अवस्थामा रहेका छन् ।
भारतमा अहिलेसम्म ३२ करोड १७ लाख मानिसलाइ कोरोनाभाइरसको खोप लगाइएको छ । ती मध्ये ६४ लाख २५ हजार खोप शनिबार एक दिनमा मात्रै लगाइएको हो ।

२०७८ असार १३ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

वि.सं.२०८३ साउन १ शुक्रवार १३:२९

हेटौंडा । बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना...

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

वि.सं.२०८३ साउन १ शुक्रवार १३:०२

काठमाडौँ । सरकारले हालै जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

वि.सं.२०८३ असार ३२ बिहीवार १९:०५

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरु...