back

महालक्ष्मीद्धारा उद्यमीलाई ३५ लाख सहयोग

ललितपुर । महालक्ष्मी नगरपालिकाले ‘नगरप्रमुख युवा उद्यमशीलता विकास कार्यक्रम’ अन्तर्गत यहाँका उद्यमीलाई ३५ लाख रुपैयाँ सहयोग गरेको छ ।

नगरपालिकामा कृषि, पशुपालन, पर्यटन, सिलाइ–कटाइ, हस्तकला, शिक्षा, सूचना प्रविधि र खेलकुद जस्ता क्षेत्रमा उद्यम गर्दै आएका व्यक्तिको व्यवसाय बढाउन महालक्ष्मीले सो मूल्य बराबरको रकम सहयोग गरेको हो ।

नगरपालिकामा विभिन्न उद्यम गरेर बसेका व्यक्तिहरुमध्ये २५ लाई उनीहरुको कामका मूल्याङ्कनका आधारमा ३५ लाख सहयोग गरेको नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले बताए । उनले भने, “पहिलो चरणमा छनोट भएकाले उत्साहका साथ काम गर्नुहुनेछ । कार्यक्रममा ८८ उद्यमीको निवेदन परेकामा २५ को पूँजी लगानी सीमा, आर्थिक अवस्था, उद्यमसँग सम्बन्धित सीप, रोजगारी सृजना गर्ने क्षमता आदि हेरेर चेकका साथै व्यवसायको साइन बोर्ड समेत हस्तान्तरण गर्यौं।” नगरपालिकाले उद्यमी हितमा प्रविधि हस्तान्तरण गर्नाका साथै व्यवसाय स्तरोन्नतिमा सहयोग र उत्पादीत बस्तुलाई बजारीकरण समेत गरिदिने योजना बनाएको श्रेष्ठले जानकारी गराए ।

कार्यक्रमले भविष्यमा नयाँ तवरको व्यवसायी उत्पादनमा प्रेरणा मिल्ने उपप्रमुख निर्मला थापाले बताइन् ।

महालक्ष्मीले आउँदो आर्थिक वर्ष २०७८–०७९ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा नगरपालिकाभित्र राम्रा उद्यमी विकासका लागि वातावरण प्रदूषण गर्ने उद्योगहरु स्थापना एवं सञ्चालनमा रोक, महिला, आदिवासी, अपाङ्गता भएका व्यक्तिले सामूहिक रुपमा सञ्चालन गरेको उद्योग तथा व्यवसाय दर्ता एवं वार्षिक करमा ५० प्रतिशत छुट दिने घोषणा गरेको थियो ।

यसैगरी नगरपालिका भित्र सञ्चालन भइरहेका परम्परागत ढाका, सुकुल, माटोका भाँडाकुँडा, हस्तकाला सम्बन्धित घरेलु उद्योगहरुलाई प्रोत्साहन गर्न महालक्ष्मीले वार्षिक करमा दिँदै आएको २५ प्रतिशत छुटलाई निरन्तरता दिनाका साथै सो वस्तु बजारीकरणमा सहयोग गर्न कोसेली घर सञ्चालन गरिदिने योजना सार्वजनिक गरको थियो ।

२०७८ असार १३ गते प्रकाशित

nactional life
Corporatebazar 11 Anniversary

स्वास्थ्य मन्त्रालयको कुल बेरुजु २३ अर्ब ४५ करोड रुपैयाँ

स्वास्थ्य मन्त्रालयको कुल बेरुजु २३ अर्ब ४५ करोड रुपैयाँ

वि.सं.२०८३ जेठ ११ सोमवार २१:५१

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको कुल बेरुजु २३...

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

वि.सं.२०८३ जेठ ११ सोमवार २१:४३

काठमाडौं । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को...

भासिँदै मेची राजमार्ग : राजदुवाली खण्डमा सुरुङ सिपेजको आशंका, कारण अझै अनिश्चित

भासिँदै मेची राजमार्ग : राजदुवाली खण्डमा सुरुङ सिपेजको आशंका, कारण अझै अनिश्चित

वि.सं.२०८३ जेठ ११ सोमवार १५:१४

इलाम । पूर्वी पहाडको लाइफलाइन (जीवनरेखा) मानिने मेची राजमार्गको इलामस्थित...

होर्मुज जलमार्गमा इरानको कडा निगरानी, २४ घण्टामा ३३ जहाजलाई मात्र अनुमति

होर्मुज जलमार्गमा इरानको कडा निगरानी, २४ घण्टामा ३३ जहाजलाई मात्र अनुमति

वि.सं.२०८३ जेठ ११ सोमवार १३:५३

काठमाडौं । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आइआरजीसी) को नौसेनाले...

आर्थिक समृद्धिका लागि आर्थिक कूटनीति केन्द्रमा हुनुपर्छ : शिशिर खनाल

आर्थिक समृद्धिका लागि आर्थिक कूटनीति केन्द्रमा हुनुपर्छ : शिशिर खनाल

वि.सं.२०८३ जेठ १० आइतवार २३:४३

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको परराष्ट्र नीतिलाई बदलिँदो विश्व...

स्वास्थ्य बीमा कोष जोगाउन ‘हेल्थ ट्याक्स’ मोडल: सुर्ती र मदिराको कर सिधै बीमामा लैजान सांसदहरू एकमत

स्वास्थ्य बीमा कोष जोगाउन ‘हेल्थ ट्याक्स’ मोडल: सुर्ती र मदिराको कर सिधै बीमामा लैजान सांसदहरू एकमत

वि.सं.२०८३ जेठ १० आइतवार २३:३५

काठमाडौं । देशको स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा परिरहेका बेला...