back

वाग्मती प्रदेश सञ्चित कोषमा सङ्कलन भएन लक्ष्यअनुसार रकम

काठमाडौँ । वाग्मती प्रदेश सञ्चित कोषमा लक्ष्य अनुसार रकम सङ्कलन हुन नसकेको देखिएको छ । प्रदेशस्थित स्थानीय तहद्वारा नियमित रकम जम्मा नहुँदा विगत तीन वर्षदेखि नै लक्ष्यअनुसार अपेक्षित सफलता प्राप्त नभएको हो ।

वाग्मती प्रदेश, सार्वजनिक लेखा समितिका अनुसार चालू आर्थिक वर्षको लक्ष्य तीन अर्बको छ । नदीजन्य पदार्थ (दहत्तर–बहत्तर) को राजश्व बाँडफाँटअन्तर्गत चालू आबको अन्त्यतिर आइपुग्दा ३३ प्रतिशत अर्थात रु एक अर्ब मात्रै कोषमा जम्मा भएको समितिले जनाएको छ । “चालू आवको लक्ष्य रु तीन अर्बको हो, अहिलेसम्म रु एक अर्ब मात्रै नदीजन्यको राजश्व जम्मा भएको छ तर, यो वर्ष पनि लक्ष्य हाँसिल नहुने देखियो” समिति सभापति न्हुन्छेनारायण श्रेष्ठले भने । उनका अनुसार कोषमा रकम जम्मा हुने क्रम चलिरहेकाले चालू आबको अन्त्यसम्ममा थप एक अर्ब राजश्व जम्मा हुनसक्ने समितिले प्रक्षेपण गरेको छ ।

चालू र अघिल्लो आबमा कोरोना भाइरस सङ्क्रमणका कारण कोषमा अपेक्षित राजश्व जम्मा हुन नसकेको जनाइएको छ । अघिल्लो आव २०७६÷७७ मा नदीजन्य पदार्थको राजश्व बाँडफाँटअन्तर्गत वाग्मती प्रदेश सरकारको सञ्चित कोषमा रु दुई अर्ब ५० करोड राजस्व सङ्कलनको लक्ष्य लिइएकोमा रु ९८ करोड ६९ लाख ६५ हजार रकम मात्रै जम्मा भएको थियो । सो आवमा प्रदेशअन्तर्गतका केही स्थानीय तहले कोषमा रकम जम्मा गरेका थिएनन । उक्त कोषमा आब २०७५÷७६ मा रु एक अर्ब पाँच करोड राजश्व सङ्कलन भएको समितिले जनाएको छ ।

“वर्षेनी लक्ष्यअनुसारको रकम जम्मा भएको छैन, त्यसका विभिन्न कारण छन ।” उहाँले भन्नुभयो । उहाँका अनुसार समितिले शुरुको वर्ष सर्कुलरको भरमा पर्दा रु २५ करोड मात्रै जम्मा भएको थियो, त्यसपछिको अबमा सबै स्थानीय तहमा नदीजन्य पदार्थको राजश्व बाँडफाँट एवं राजश्व बाँडफाँट प्रक्रियाबारे सचेतना भैसकेपनि उल्लेख्य प्रगति नहुँदा उपसमिति बनाएर स्थलगत अनुगमन गरेको थियो । अनुगमन पश्चात तेस्रो आवमा केही राजस्व वृद्धि भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “चालू आवदेखि लक्ष्य पूरा हुने अपेक्षासहित गतिविधि बनाउने योजना बनाएका थियौँ पुनः कोरोनाले योजना विफल बनाइ दियो ।”

आव २०७५÷७६ मा समितिद्वारा काभ्रेपलाञ्चोकस्थित प्रदेश सदस्य रत्न ढकालको संयोजकत्वमा बनेको पाँच सदस्यिय उपसमितिले प्रदेशका सबै स्थानीय तहमा नदीजन्य पदार्थको राजश्व बाँडफाँटबारे अनुगमन÷सचेतना गराएको थियो । उपसमितिको अनुगमनपछि नदीजन्य पदार्थको राजश्व बाँडफाँटले तीव्रता पाएको जनाइएको छ । वाग्मती प्रदेश आर्थिक ऐनमा नदीजन्य पदार्थ, मनोरञ्जन तथा विज्ञापनको करमध्ये ६० प्रतिशत स्थानीय तह आफैँले सञ्चित कोषमा राखी ४० प्रतिशत प्रदेश सरकारको सञ्चित कोषमा जम्मा गर्नुपर्ने नीति छ । स्थानीय तहले प्रदेश सञ्चित कोषमा रकम जम्मा नगरे प्रदेशमार्फत आउने चार शीर्षकको अनुदान रोकिने सभापति श्रेष्ठले जानकारी दिनुभयो । प्रदेशमा ११९ स्थानीय तह छन् ।
स्थानीय तहले नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी, बालुवा) को टेण्डरमार्फत बिक्रीको आम्दानीको ४० प्रतिशत राजश्व प्रदेशको सञ्चित खातामा जम्मा गर्नुपर्ने हुन्छ । स्थानीय तहले प्रदेश सञ्चित कोषमा नियमित रुपमा रकम जम्मा गर्न सक्ने भए पनि आर्थिक वर्षको अन्त्य नै कुर्नुपर्ने बाध्यता रहेको श्रेष्ठको भनाइ छ । पनौती नगरपालिका प्रमुख भीम न्यौपानेले कोषमा आबको अन्त्यमा एकैपटक जम्मा गर्ने गरिएको बताए ।

तत्कालीन उपसमितिले २०७६ कात्तिकमा स्थानीय तहमा सञ्चालित उद्योग एवं खानीको मापदण्ड नपुगेको देखिएकाले अत्यावश्यक निर्माण सामग्री उत्पादन एवं वितरण उद्योगका मापदण्ड बैज्ञानिक ढङ्गले मापदण्ड परिमार्जित गर्दै केही लचिलो÷खुकुलो पार्नुपर्ने तथा चुहावट रोक्नुपर्ने सुझावसहितको प्रतिवेदन लेखा समितिलाई बुझाएको थियो । समितिले भने त्यस्ता उद्योगको वर्षेनी अनुगमन गर्ने जनाएको छ ।

प्रदेशले चालू आवको शुरुमै वातावरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७७ पारित भएकाले वातावरण संरक्षण ऐनमार्फत उद्योगका मापदण्डमा वैज्ञानिक रुपले परिमार्जित हुनसक्ने सभापति श्रेष्ठले बताए। प्रदेश आर्थिक ऐनमा नदीजन्य पदार्थ, मनोरञ्जन कर तथा विज्ञापनको कर स्थानीय तहले आफै उठाइ प्रत्येक महिना बाँडफाँट गरी प्रदेश सञ्चित कोषमा जम्मा गर्नुपर्ने र त्यसको विवरण समितिमा पठाउनुपर्ने ब्यवस्था छ ।

२०७८ असार १३ गते प्रकाशित

nactional life
Corporatebazar 11 Anniversary

स्वास्थ्य मन्त्रालयको कुल बेरुजु २३ अर्ब ४५ करोड रुपैयाँ

स्वास्थ्य मन्त्रालयको कुल बेरुजु २३ अर्ब ४५ करोड रुपैयाँ

वि.सं.२०८३ जेठ ११ सोमवार २१:५१

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको कुल बेरुजु २३...

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

वि.सं.२०८३ जेठ ११ सोमवार २१:४३

काठमाडौं । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को...

भासिँदै मेची राजमार्ग : राजदुवाली खण्डमा सुरुङ सिपेजको आशंका, कारण अझै अनिश्चित

भासिँदै मेची राजमार्ग : राजदुवाली खण्डमा सुरुङ सिपेजको आशंका, कारण अझै अनिश्चित

वि.सं.२०८३ जेठ ११ सोमवार १५:१४

इलाम । पूर्वी पहाडको लाइफलाइन (जीवनरेखा) मानिने मेची राजमार्गको इलामस्थित...

होर्मुज जलमार्गमा इरानको कडा निगरानी, २४ घण्टामा ३३ जहाजलाई मात्र अनुमति

होर्मुज जलमार्गमा इरानको कडा निगरानी, २४ घण्टामा ३३ जहाजलाई मात्र अनुमति

वि.सं.२०८३ जेठ ११ सोमवार १३:५३

काठमाडौं । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आइआरजीसी) को नौसेनाले...

आर्थिक समृद्धिका लागि आर्थिक कूटनीति केन्द्रमा हुनुपर्छ : शिशिर खनाल

आर्थिक समृद्धिका लागि आर्थिक कूटनीति केन्द्रमा हुनुपर्छ : शिशिर खनाल

वि.सं.२०८३ जेठ १० आइतवार २३:४३

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको परराष्ट्र नीतिलाई बदलिँदो विश्व...

स्वास्थ्य बीमा कोष जोगाउन ‘हेल्थ ट्याक्स’ मोडल: सुर्ती र मदिराको कर सिधै बीमामा लैजान सांसदहरू एकमत

स्वास्थ्य बीमा कोष जोगाउन ‘हेल्थ ट्याक्स’ मोडल: सुर्ती र मदिराको कर सिधै बीमामा लैजान सांसदहरू एकमत

वि.सं.२०८३ जेठ १० आइतवार २३:३५

काठमाडौं । देशको स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा परिरहेका बेला...