सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदै छ कारोबार
वि.सं.२०७८ असार १३ आइतवार
काठमाडौँ । आइतबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आज छापावाला सुनको मूल्यमा प्रतितोला २ सय रुपैयाँले बढेको हो । शुक्रबार ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज ९० हजार ७ सयमा कारोबार भईरहेको छ । त्यस्तै तेजावी सुनको मुल्य प्रतितोला ९० हजार २ सय रहेको छ ।
यता चाँदीको मुल्यमा ५ रुपैयाँले बढेको छ । आज ५ रुपैयाँले बढेको चाँदी १ हजार ३०५ रुपैयाँमा कारोबार भएको छ ।
२०७८ असार १३ गते प्रकाशित
प्रकाशित समय : ०६:१९ बजे





















