back

सिन्धुपाल्चोक बाढी पीडितका लागि कलाकारले उठाए ३२ लाख

काठमाडौँ । नेपाली कलाकारहरुले सिन्धुपाल्चोक बाढी पीडितको सहयोगका लागि स्थापना गरेको ‘सिन्धु सहयोग कोष’ मा ३२ लाख जम्मा गरेका छन् । प्राकृतिक प्रकोपबाट पीडित भएकाहरुको सहयोगका लागि उक्त रकम जम्मा भएको हो ।

बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच कोष स्थापना गरिएको थियो । कलाकर्मीहरुद्वारा सञ्चालित उक्त कोषमा स्थापनाकै दिन करिव ३२लाख रुपैयाँ कलाकारबाट जम्मा भएको अभिनेता तथा कोषका कोषाध्यक्ष जीतु नेपालले बताए ।

सिन्धुपाल्चोक जिल्ला मेलम्ची, हेलम्बु,पाँचपोखरी र ईन्द्रावती मा पर्न गएको प्राकृतिक प्रकोपमा (कलाकर्मीद्वारा संचालित सिन्धु सहयोग कोष) स्थापना गरि आजै कोषमा लगभग २२ लाख हामीबाटै संकलन भएको छ’ नेपालले सामाजिक संजालमा लेखेका छन् कोषका संयोजकमा अभिनेता कृष्ण मल्ल रहेका छन् भने सह संयोजकमा अभिनेत्री करिश्मा मानन्धर रहेकी छिन् । कोषको सदस्य सचिवमा कृष्ण ढुंगाना, कोषाध्यक्षमा जीतु नेपाल, सह कोषाध्यक्षमा चेतन सापकोटा तथा सदस्यहरुमाझ अभिनेत्री श्वेता खड्का, गायिका सुनिता दुलाल, अभिनेत्री पूजा शर्मा तथा अभिनेता भुवन केसी रहेका छन् ।
कार्यक्रममा कोषका लागि करिश्मा मानन्धरले एक लाख, नेपाल फिल्म सोसाइटीका तर्फबाट कृष्ण मल्लले एक लाख एक हजार, कृष्ण ढुंगानाले ५० हजार ५ सय ५५ रुपैयाँ, जीतु नेपालले ५१ हजार, संगीतकार चेतन सापकोटाले ५० हजार, नेपाल चलचित्र कलाकार संघले ५१ हजार, निर्माता तथा वितरक गोपालकाजी कायस्थले २५ हजार, नेपाल चलचित्र निर्देशक समाजका तर्फबाट महासचिव जनक दीप पराजुलीले एक लाख एक हजार, किरण केसी तथा राज केसी ग्रुपबाट २ लाख ५३ हजार, सुभाष खड्काबाट एक लाख, अभिनेता भुवन केसीले एक लाख दिएका छन् ।

त्यस्तै कलाकार सुरेन्द्र केसीबाट २५ हजार, नेपाल चलचित्र द्वन्द्व कलाकार संघका नारायण प्रधानबाट २५ हजार, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले एक लाख एक हजार, शिवहरि नेपाल बैरागीले २५ हजार ५ सय २५, इन्द्र दोङ ‘खम्बे’ले ७५ हजार, मदन दास श्रेष्ठले ५१ हजार तथा घर निर्माणका लागि ५ लाख ‘राष्ट्रिय जेष्ठ नागरिक महासंघ’, शोभित उप्रेतीले २ लाख ५१ हजार, चलचित्रकर्मी मदनकुमार श्रेष्ठले ५१ हजार, नेपाल चलचित्र नृत्य संघले २५ हजार, गायिका सुनिता दुलालले ५१ हजार ५ सय ५५ तथा समाजसेवी अनु उर्मिला शेले १० हजार रुपैयाँ कोषलाई दिएका छन् ।

२०७८ असार ११ गते प्रकाशित

nactional life
Corporatebazar 11 Anniversary

स्वास्थ्य मन्त्रालयको कुल बेरुजु २३ अर्ब ४५ करोड रुपैयाँ

स्वास्थ्य मन्त्रालयको कुल बेरुजु २३ अर्ब ४५ करोड रुपैयाँ

वि.सं.२०८३ जेठ ११ सोमवार २१:५१

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको कुल बेरुजु २३...

भूमि व्यवस्थापन विभागको नयाँ परिपत्र: अब जग्गाको आंशिक फुकुवा र कित्ताकाट गर्न पाइने

भूमि व्यवस्थापन विभागको नयाँ परिपत्र: अब जग्गाको आंशिक फुकुवा र कित्ताकाट गर्न पाइने

वि.सं.२०८३ जेठ ११ सोमवार ००:१५

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले देशभरका मालपोत कार्यालयहरूको...

स्वास्थ्य बीमा कोष जोगाउन ‘हेल्थ ट्याक्स’ मोडल: सुर्ती र मदिराको कर सिधै बीमामा लैजान सांसदहरू एकमत

स्वास्थ्य बीमा कोष जोगाउन ‘हेल्थ ट्याक्स’ मोडल: सुर्ती र मदिराको कर सिधै बीमामा लैजान सांसदहरू एकमत

वि.सं.२०८३ जेठ १० आइतवार २३:३५

काठमाडौं । देशको स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा परिरहेका बेला...

सुर्ती, मदिरा र चिनीयुक्त पदार्थमा कर बढाउन माग: ‘परम्परागत शैलीले जनस्वास्थ्य सुध्रिदैन’

सुर्ती, मदिरा र चिनीयुक्त पदार्थमा कर बढाउन माग: ‘परम्परागत शैलीले जनस्वास्थ्य सुध्रिदैन’

वि.सं.२०८३ जेठ १० आइतवार २३:११

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमा सुर्तीजन्य, मदिरा...

हानिकारक वस्तुमा उच्च कर स्वास्थ्य सुधारको आधार : पूर्वउपाध्यक्ष अधिकारी

हानिकारक वस्तुमा उच्च कर स्वास्थ्य सुधारको आधार : पूर्वउपाध्यक्ष अधिकारी

वि.सं.२०८३ जेठ १० आइतवार १५:३१

काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष शिवराज अधिकारीले हानिकारक वस्तुको...

सरकारी कर्मचारीको तलब बढाउने तयारी, ३५ हजारदेखि एक लाख २१ हजार बनाउन सिफारिस

सरकारी कर्मचारीको तलब बढाउने तयारी, ३५ हजारदेखि एक लाख २१ हजार बनाउन सिफारिस

वि.सं.२०८३ जेठ १० आइतवार ०७:२०

काठमाडौं । आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्य वाचन गर्दै...