आयल निगमद्वारा मेलम्ची बाढी पीडितलाई ग्यास सिलिण्डर प्रदान
वि.सं.२०७८ असार ४ शुक्रवार
काठमाडौँ । नेपाल आयल निगमले मेलम्चीका बाढी पीडित परिवारलाई खाना पकाउने ग्यास सिलिण्डर सहयोग गरेको छ । निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले सुरुमा २५० वटा ग्यास सिलिण्डर उपलब्ध गराएको जानकारी गराएका हुन् । आवश्यकताको आधारमा थप सहयोग पनि गर्ने उनले बताए ।
बाढीका कारण धेरै घर डुवानमा परेपछि स्थानीय समस्यामा परेका छन् । राहत स्वरुप निगमले आफ्नै खर्चमा ग्यास सिलिण्डर उपलब्ध गराएको पौडेलले बताए ।
२०७८ असार ४ गते प्रकाशित
प्रकाशित समय : ०९:०५ बजे





















