back

पेन्सन होल्डरहरुलाई ग्लोबल आइएमई बैंकको सहज कर्जा

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले निवृत्तिभरण प्राप्त गर्ने अवकास प्राप्त कर्मचारीहरूलाई लक्षित गरी ग्लोबल समृद्ध अवकास मुद्दती खाता सञ्चालनमा ल्याएकोछ । यस खाता अन्तर्गत बैंकले आफ्ना ग्राहकहरूलाई निक्षेपमा उच्च प्रतिफल, कर्जामा विशेष सहुलियत र व्यक्ति विशेष सेवा उपलब्ध गराउनेछ ।

यो खाताले निवृत्तीभरण पाइरहनु भएका व्यक्तिहरुलाई पनि आफ्नो पेन्सन रकममध्य भविष्यमा आइपर्ने गर्जो टार्न अनिवार्य रुपमा बचत गर्दै जाने बानी बसाल्न प्रेरित गर्ने तथा स्वास्थोपचार लगायत अत्यावश्यक खर्च धान्न तत्काल सापटी, कर्जा सुविधाको व्यवस्था समेत गरेकोले सबैमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

यस खातामा ग्राहकहरूले १ वर्षदेखि ५ वर्षसम्मको भाखा राखी आफ्नो इच्छा अनुसार पेन्सन रकमको २५ देखि ५० प्रतिशतसम्म नियमित जम्मा गर्न सक्नुहुनेछ भने पाकेको ब्याज लगायत थप रकमसमेत (म्याद पुग्न ३ महिना अगाडिसम्म) जम्मा गर्दै जान मिल्नेछ । यसरी थप गर्दै जाने रकममा समेत शुरूमा तोकेकै मुद्दती निक्षेपको व्याज प्राप्त हुनेछ ।
ग्राहकहरुलाई कुनै पनि कारण रकम आवश्यक परेमा तत्काल मोबाइल बैंकिग मार्फत नै निक्षेप रकमको ९० प्रतिशतसम्म सापटी लिन सकिने तथा सापटीबाट अपुग भएमा १ वर्षसम्म जम्मा गर्न मन्जुर गरेको रकम (अधिकतम रु २ लाखसम्म) सुलभ व्याजदरमा कर्जा लिन सकिनेछ ।

साथै, निक्षेपकर्ता अशक्त भएमा इच्छाइएको व्यक्तिको अनुरोध बमोजिमसमेत खाता सञ्चालन गर्नसक्ने र निक्षेपकर्ताको असामयिक निधन भएमा इच्छाइएको व्यक्तिलाई निक्षेपको म्याद बाँकी रहेको भएतापनि तत्काल बाँकी रहेको साँवा र व्याज रकम भुक्तानी दिइनेछ ।
यसका साथै बैंकले यस योजनामा आवद्ध हुने ग्राहकहरूलाई निःशुल्क मोबाइल बैंकिङ्ग, क्रेडिट कार्ड, डेबिट कार्ड र एकलाख रुपैयाँ बराबरको दुर्घटना बीमा सुबिधाहरु उपलब्ध गराउने छ ।

 

२०७८ असार ४ गते प्रकाशित


५औं वार्षिकोत्सवको अवसरमा वृद्धाश्रमलाई हिटर तथा खाद्यान्र सामाग्रीहरु सहयोग

५औं वार्षिकोत्सवको अवसरमा वृद्धाश्रमलाई हिटर तथा खाद्यान्र सामाग्रीहरु सहयोग

वि.सं.२०८१ माघ ४ शुक्रवार १८:२४

काठमाडौं । माछापुच्छ्र्रे क्यापिटल लिमिटेडले आफ्नो ५औं वार्षिकोत्सवको अवसरमा वृद्धाश्रमलाई...

नबिल बैंकद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई २० थान मोबाइल प्रदान

नबिल बैंकद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई २० थान मोबाइल प्रदान

वि.सं.२०८१ माघ ४ शुक्रवार १८:२०

काठमाडौं । नबिल बैंकले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नोक्स...

मेरो माइक्रोफाइनान्सको १२औं वार्षिक साधारणसभा सम्पन्न, ७.५ प्रतिशत बोनस शेयर प्रस्ताव पारित

मेरो माइक्रोफाइनान्सको १२औं वार्षिक साधारणसभा सम्पन्न, ७.५ प्रतिशत बोनस शेयर प्रस्ताव पारित

वि.सं.२०८१ माघ ४ शुक्रवार १७:२३

काठमाडौं । मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १२औं...

कृषि बिकास बैंक कर्मचारी संघ नेपालको रक्तदान कार्यक्रम सम्पन्न

कृषि बिकास बैंक कर्मचारी संघ नेपालको रक्तदान कार्यक्रम सम्पन्न

वि.सं.२०८१ माघ ४ शुक्रवार १७:१७

काठमाडौं । कृषि विकास बैंकको ५८औँ वार्षिकोत्सवको अवसरमा कृषि विकास...

विदेशीले पैसा दिएन भनेर चिन्ता नगरौ, आफै उठाएर ठूला आयोजना बनाउँ : प्रधानमन्त्री ओली

विदेशीले पैसा दिएन भनेर चिन्ता नगरौ, आफै उठाएर ठूला आयोजना बनाउँ : प्रधानमन्त्री ओली

वि.सं.२०८१ माघ ४ शुक्रवार १४:५९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रलाई ऊर्जामा ढुक्क...

प्रवासी नेपाली मञ्च आयोवाको विपन्न बालबालिकालाई ५ लाख सहयोग

प्रवासी नेपाली मञ्च आयोवाको विपन्न बालबालिकालाई ५ लाख सहयोग

वि.सं.२०८१ माघ ४ शुक्रवार १४:१२

काठमाडौं। । प्रवासी नेपाली मञ्च आयोवा राज्य कमिटी अमेरिकाले विपन्न...