रिलायबल लाइफको साधारण सभा अषाढ ४ गते हुने

वि.सं.२०७८ जेठ ३० आइतवार

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले अगामी असार ४ गते तेस्रो वार्षिक साधारण सभा गर्न लागेको छ । कम्पनी सञ्चालक समितिको जेठ १० गते बसेको बैठकले तेस्रो साधारण सभा असार ४ गते शुक्रबार गर्ने निर्णय गरेको हो ।
सभा कम्पनीको प्रधान कार्यालय, ज्ञानेश्वर काठमाडौंमा भर्चुअल माध्यमबाट दिउँसो १ बजे हुने हुने कम्पनीले जानकारी गराएको छ । साथै सभामा आईपीओ जारी गर्ने प्रस्ताव प्रमुख एजेण्डा रहेको छ । सभामा सर्वसाधारणलाई छुट्याइएको सेयर (आईपीओ) जारी गर्ने प्रस्तावलाई पारित गर्नेछ । रिलायबल नेपालले सर्वसाधारणमा ६० करोड रुपैयाँको ६० लाख कित्ता आईपीओ जारी गर्नेछ । आईपीओ बिक्रीपछि चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।
त्यस्तै, सभामा संचालक समितिको तेस्रो वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । लेखापरीक्षकको प्रतिवेदन माथि छलफल गरी पारित गरिनेछ । त्यस्तै, आर्थिक वर्ष २०७६–०७७ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक पनि निर्धारण गरिनेछ भने संचालक नियुक्तिको अनुमोदन पनि गरिनेछ ।
२०७८ जेठ ३० गते प्रकाशित

प्रकाशित समय : ०५:११ बजे