back

नेपालको अर्थतन्त्रमा कुखुरापालन बाट ६० अर्बभन्दा बढीको योगदान

काठमाडौं । नेपालको कृषि क्षेत्रमा कुखुरापालन व्यवसाय एक बलियो खम्बाको रूपमा स्थापित भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार सावर्जनिक गरेको नेपाल व्यवसायीक कुखुरा पालन सर्वेक्षण २०८१÷८२ का अनुसार, कुखुरापालन व्यवसायले नेपालको अर्थतन्त्रमा वार्षिक ६० अर्ब ९६ करोड रुपैयाँभन्दा बढीको योगदान पु¥याएको देखिएको छ ।

तथ्याङ्क अनुसार, नेपालमा वार्षिक रूपमा करिब ११ करोड ७१ लाख ब्रोइलर कुखुरा पाल्ने गरिएको छ । जसमध्ये १० करोडभन्दा बढी कुखुरा बिक्री हुने गर्दछन् । यसबाट मात्रै ५७ अर्ब ८६ करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने गरेको छ । वार्षिक रूपमा देशभर २५ करोड ८६ लाख २६ हजार ३४० केजी ब्रोइलर कुखुराको मासु उत्पादन हुने गरेको छ ।

कुखुरा उत्पादन र आम्दानी दुवै हिसाबले बागमती प्रदेश नेपालकै पहिलो स्थानमा रहेको छ । बागमती प्रदेशमा मात्रै ९ करोड ३९ लाख केजीभन्दा बढी मासु उत्पादन हुन्छ, जसको बजार मूल्य २१ अर्ब ९५ करोड रुपैयाँभन्दा बढी छ । यस्तै, गण्डकी र सुदूरपश्चिम प्रदेशमा कोइलर तथा गिरिराज जातका कुखुराबाट राम्रो आम्दानी भइरहेको सर्वेक्षणले देखाएको छ । कोइलर÷गिरिराजबाट देशभर १ अर्ब ५६ करोड र लेयर्स÷प्यारेन्ट कुखुराको मासुबाट १ अर्ब ३ करोड रुपैयाँभन्दा बढी संकलन हुने गरेको छ ।

सर्वेक्षणका अनुसार, ब्रोइलर कुखुरालाई औसत ४३.७ दिन पालेर सरदर २.६ केजी तौल पुगेपछि बिक्री गर्ने गरिएको छ । यद्यपि, व्यवसायमा जोखिम पनि उत्तिकै देखिएको छ। कुल पालिएका कुखुरामध्ये करिब १०.४ प्रतिशत (१ करोड २२ लाख) कुखुराको मृत्यु हुने गरेको पाइएको छ । साथै, करिब ११ लाख ७६ हजार कुखुरा घरायसी उपभोगमा प्रयोग हुने गरेका छन् ।

प्रदेश अनुसार मूल्यमा भिन्नता

ब्रोइलर कुखुराको बिक्री मूल्यमा भने प्रदेशगत रूपमा ठूलो भिन्नता देखिएको छ । भौगोलिक विकटता र ढुवानी खर्चका कारण कर्णाली प्रदेशमा मासुको मूल्य सबैभन्दा बढी (औसत २७८ रुपैयाँ प्रति केजी) रहेको छ । त्यसैगरी, मधेश प्रदेशमा सबैभन्दा कम (औसत १९२ रुपैयाँ प्रति केजी) मा ब्रोइलर कुखुरा बिक्री हुने गरेको छ । समग्रमा, कुखुरापालन क्षेत्रले नेपालको ग्रामीण तथा सहरी अर्थतन्त्रमा ठूलो रोजगारी र आम्दानीको अवसर सिर्जना गरिरहेको यस तथ्याङ्कले पुष्टि गरेको छ ।


nactional life
Corporatebazar 11 Anniversary

बेरुजुको चक्रव्यूहमा मुलुक: ७ खर्ब ३३ अर्बको आर्थिक अराजकता, अर्थ मन्त्रालय नै ‘अनुशासनहीन’

बेरुजुको चक्रव्यूहमा मुलुक: ७ खर्ब ३३ अर्बको आर्थिक अराजकता, अर्थ मन्त्रालय नै ‘अनुशासनहीन’

वि.सं.२०८३ जेठ १ शुक्रवार १८:०१

काठमाडौँ। मुलुकको आर्थिक सुशासन र सार्वजनिक खर्चको पारदर्शितामाथि गम्भीर प्रश्न...

निर्वाचन आयोगको मास्टरप्लान: एकै मितिमा दुई निर्वाचन,राज्यको ४ अर्ब जोगिने

निर्वाचन आयोगको मास्टरप्लान: एकै मितिमा दुई निर्वाचन,राज्यको ४ अर्ब जोगिने

वि.सं.२०८३ वैशाख ३० बुधवार १३:१७

काठमाडौं । निर्वाचन आयोगले मुलुकको निर्वाचन प्रणालीलाई थप व्यवस्थित, मितव्ययी...

नेपाल राष्ट्र बैंकद्वारा कर्मचारी सुरक्षण कोषको ६५ करोड मुद्दती निक्षेपमा लगानी: कस्ता संस्थाले पाउँछन् रकम?

नेपाल राष्ट्र बैंकद्वारा कर्मचारी सुरक्षण कोषको ६५ करोड मुद्दती निक्षेपमा लगानी: कस्ता संस्थाले पाउँछन् रकम?

वि.सं.२०८३ वैशाख २९ मंगलवार १६:१२

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो आन्तरिक कोष व्यवस्थापन अन्तर्गत...

अर्थमन्त्री वाग्लेको गम्भीर खुलासा: ‘१६ अर्बको अपचलन र इन्साइडर ट्रेडिङमार्फत केही समूहले राजनीतिक संस्था नै कब्जा गरे’

अर्थमन्त्री वाग्लेको गम्भीर खुलासा: ‘१६ अर्बको अपचलन र इन्साइडर ट्रेडिङमार्फत केही समूहले राजनीतिक संस्था नै कब्जा गरे’

वि.सं.२०८३ वैशाख २९ मंगलवार १६:०१

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको पुँजी बजार र...

अतिरञ्जित बजेटको अभ्यास अन्त्य गर्नुपर्छ : अर्थमन्त्री डा.वाग्ले

अतिरञ्जित बजेटको अभ्यास अन्त्य गर्नुपर्छ : अर्थमन्त्री डा.वाग्ले

वि.सं.२०८३ वैशाख २९ मंगलवार १३:५३

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक नीति तथा कानुनी सुधारलाई...

पुँजी बजारमा १५–१६ अर्ब रुपैयाँको दुरुपयोग भएको अर्थमन्त्री डा.वाग्लेको आरोप

पुँजी बजारमा १५–१६ अर्ब रुपैयाँको दुरुपयोग भएको अर्थमन्त्री डा.वाग्लेको आरोप

वि.सं.२०८३ वैशाख २९ मंगलवार १३:५१

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले पुँजी बजारमा सीमित समूहले जनताको...