back

महिला सहयात्रा र नेशनल माइक्रोफाइनान्स लघुवित्तले बोलाए साधारणसभा

काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्था र नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले बार्षिक साधारण सभा(एजिएम) आह्वान गरेका छन् ।

संस्थाको जेठ ९ गते बसेको सञ्चालक समितिको बैठकले महिलाको बिशेष साधारण सभा जेठ २५ गते मंगलबार केन्द्रिय कार्यालय मकवानपुरमा बिहान ११ बजे बोलाएको छ भने नेशनलको जेठ २५ गते केन्द्रिय कार्यालय धादिङ्गमा बिहान ११ बजे बोलाएको हो ।

दुबै संस्थाले एक आपसमा गाभ्ने तथा मर्जरका लागी बिशेष प्रस्ताव राखेका छन् । साधारण सभामा नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाबीच एक्विजिशन हुने बिशेष प्रस्ताव माथि छलफल गरी पारित गर्नेछ । सभाले डीडीए तथा आपसी सहमतिका आधारमा निर्धारण गरिएको १००ः६८ सेयर स्वाप अर्थात महिला सहयात्राको १०० कित्ता सेयर नेशनल माइक्रोफाइनान्समा विलय भएपछि ६८ कित्ता कायम हुनेछ।

विशेष साधारणसभा प्रयोजनका लागि संस्थाले यही जेठ १७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गर्न नेपाल राष्ट्र बैंकबाट सैदान्तिक स्वीकृति पाइसकेको छ । दुई संस्थालाई मर्जर तथा प्राप्तिको लागि राष्ट्र बैंकले बैशाख १५ गते सैदान्तिक स्वीकृति प्रदान गरेको हो ।
नेशनल माइक्रोफाइनान्सको पूँजी २६ करोड ४० लाख रुपैयाँ छ । जसले ४३ वटा जिल्लाका ६५ वटा शाखा कार्यालयबाट वित्तीय सेवा प्रदान गर्दै आएको छ । त्यस्तै, यता ११ करोड चुक्ता पूँजी भएको महिला सहयात्रा लघुवित्तले विभिन्न १८ जिल्लामा सेवा दिँदै आएको छ ।

२०७८ जेठ २१ गते प्रकाशित


melung
निजी क्षेत्रमा कर्जा प्रवाह ३.८ प्रतिशतले बढ्यो, कुन क्षेत्रमा कति ?(डाटासहित)

निजी क्षेत्रमा कर्जा प्रवाह ३.८ प्रतिशतले बढ्यो, कुन क्षेत्रमा कति ?(डाटासहित)

वि.सं.२०८० भदौ १ शुक्रवार १४:१७

काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३.८...

नेपाल राष्ट्र बैंकद्वारा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक (पूर्णपाठसहित)

नेपाल राष्ट्र बैंकद्वारा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक (पूर्णपाठसहित)

वि.सं.२०८० भदौ १ शुक्रवार १४:१०

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय...

‘देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्वलाई बढाउने सरकारकाे नीति’: अर्थमन्त्री महत

‘देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्वलाई बढाउने सरकारकाे नीति’: अर्थमन्त्री महत

वि.सं.२०८० साउन ३० मंगलवार १६:४२

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशभित्रै उत्पादन बढाएर आन्तरिक...

निर्माण व्यवसायीको समस्या सरकारले समाधान गर्छ भुक्तानी पनि हुन्छ: अर्थमन्त्री महत

निर्माण व्यवसायीको समस्या सरकारले समाधान गर्छ भुक्तानी पनि हुन्छ: अर्थमन्त्री महत

वि.सं.२०८० साउन २९ सोमवार १६:२७

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महत र आन्दोलनरत निर्माण व्यवसायीबीच...

अर्थमन्त्रीको बैंकका सिइओलाई प्रश्न : बैंकिङ प्रणालीको समस्या के हो ? कर्जाको माग किन बढेन ?,समस्या सामाधान गर्न राष्ट्र बैंक र सरकारले के गरिदिनुपर्ने हो ?

अर्थमन्त्रीको बैंकका सिइओलाई प्रश्न : बैंकिङ प्रणालीको समस्या के हो ? कर्जाको माग किन बढेन ?,समस्या सामाधान गर्न राष्ट्र बैंक र सरकारले के गरिदिनुपर्ने हो ?

वि.सं.२०८० साउन २९ सोमवार १६:१९

काठमाडौँ ।अर्थमन्त्री डा प्रकाशशरण महतले अहिले बैंकिङ प्रणालीमा देखिएका समस्याबारे...

उकालो लाग्यो खराब कर्जा, मर्जरपछि ठूला बैंकमा झन् समस्या,डेढ खर्ब ऋण जोखिममाः कुन बैंकको छ धेरै कर्जा जोखिममा ?

उकालो लाग्यो खराब कर्जा, मर्जरपछि ठूला बैंकमा झन् समस्या,डेढ खर्ब ऋण जोखिममाः कुन बैंकको छ धेरै कर्जा जोखिममा ?

वि.सं.२०८० साउन २४ बुधवार १७:०५

काठमाडौं । अरु देशमा जसरि सम्भावित जोखिमलाई घटाउन र व्यवसाय...