back
himalayan life

महिला सहयात्रा र नेशनल माइक्रोफाइनान्स लघुवित्तले बोलाए साधारणसभा

काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्था र नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले बार्षिक साधारण सभा(एजिएम) आह्वान गरेका छन् ।

संस्थाको जेठ ९ गते बसेको सञ्चालक समितिको बैठकले महिलाको बिशेष साधारण सभा जेठ २५ गते मंगलबार केन्द्रिय कार्यालय मकवानपुरमा बिहान ११ बजे बोलाएको छ भने नेशनलको जेठ २५ गते केन्द्रिय कार्यालय धादिङ्गमा बिहान ११ बजे बोलाएको हो ।

दुबै संस्थाले एक आपसमा गाभ्ने तथा मर्जरका लागी बिशेष प्रस्ताव राखेका छन् । साधारण सभामा नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाबीच एक्विजिशन हुने बिशेष प्रस्ताव माथि छलफल गरी पारित गर्नेछ । सभाले डीडीए तथा आपसी सहमतिका आधारमा निर्धारण गरिएको १००ः६८ सेयर स्वाप अर्थात महिला सहयात्राको १०० कित्ता सेयर नेशनल माइक्रोफाइनान्समा विलय भएपछि ६८ कित्ता कायम हुनेछ।

विशेष साधारणसभा प्रयोजनका लागि संस्थाले यही जेठ १७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गर्न नेपाल राष्ट्र बैंकबाट सैदान्तिक स्वीकृति पाइसकेको छ । दुई संस्थालाई मर्जर तथा प्राप्तिको लागि राष्ट्र बैंकले बैशाख १५ गते सैदान्तिक स्वीकृति प्रदान गरेको हो ।
नेशनल माइक्रोफाइनान्सको पूँजी २६ करोड ४० लाख रुपैयाँ छ । जसले ४३ वटा जिल्लाका ६५ वटा शाखा कार्यालयबाट वित्तीय सेवा प्रदान गर्दै आएको छ । त्यस्तै, यता ११ करोड चुक्ता पूँजी भएको महिला सहयात्रा लघुवित्तले विभिन्न १८ जिल्लामा सेवा दिँदै आएको छ ।

२०७८ जेठ २१ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

वि.सं.२०८३ असार १८ बिहीवार ०८:५०

काठमाडौं । हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा...

राष्ट्र बैंकले ‘वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण’ गर्ने, ७७ वटै जिल्लामा नमुना संकलन गरिने

राष्ट्र बैंकले ‘वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण’ गर्ने, ७७ वटै जिल्लामा नमुना संकलन गरिने

वि.सं.२०८३ असार १७ बुधवार १८:४९

काठमाडौं । नेपाल राष्ट्र बैंकले मुलुकभरका वित्तीय सेवाको अवस्था मापन...

सुर्ती र मदिरामा कर बढाउन सरकार चुकेको विज्ञहरूको निष्कर्ष, ठूला कम्पनी बिच्काउन नचाहेको आशंका

सुर्ती र मदिरामा कर बढाउन सरकार चुकेको विज्ञहरूको निष्कर्ष, ठूला कम्पनी बिच्काउन नचाहेको आशंका

वि.सं.२०८३ असार १७ बुधवार १२:४८

काठमाडौँ । जनस्वास्थ्यमा गम्भीर असर पुर्‍याउने सुर्तीजन्य पदार्थ, मदिरा र...

सुर्तीजन्य, मदिरा र चिनीयुक्त पेय पदार्थको नीतिगत समीक्षा: पूर्व अर्थमन्त्री पाण्डेद्वारा १० वर्षे रणनीतिक लक्ष्य तय गर्न सुझाव

सुर्तीजन्य, मदिरा र चिनीयुक्त पेय पदार्थको नीतिगत समीक्षा: पूर्व अर्थमन्त्री पाण्डेद्वारा १० वर्षे रणनीतिक लक्ष्य तय गर्न सुझाव

वि.सं.२०८३ असार १७ बुधवार ११:५७

काठमाडौँ । नेपाल विकास अनुसन्धान प्रतिष्ठान (NDRI) को आयोजनामा सुर्तीजन्य...

सर्वाधिक मत पाएका डा.वाग्ले रास्वपाको केन्द्रीय भूमिकामा : आर्थिक सुधारको अभियान अगाडि बढाउन मदत पुग्ने आकंलन  

सर्वाधिक मत पाएका डा.वाग्ले रास्वपाको केन्द्रीय भूमिकामा : आर्थिक सुधारको अभियान अगाडि बढाउन मदत पुग्ने आकंलन  

वि.सं.२०८३ असार १६ मंगलवार १३:१३

काठमाडौं । असारको पहिलो हप्ता नेपालमा एउटै विषय सबैभन्दा बढी...

दुई सातामै उठ्यो ४२ करोड बढी बक्यौता, भाडा नतिर्ने उद्योगको लाइन काटियो

दुई सातामै उठ्यो ४२ करोड बढी बक्यौता, भाडा नतिर्ने उद्योगको लाइन काटियो

वि.सं.२०८३ असार १६ मंगलवार १३:०७

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवको निर्देशनपछि...