back
himalayan life

खल्तीले महिलाद्वारा संचालित व्यवसायहरुलाई डिजिटल मार्केटिंगसँग जोड्दै

काडमाडौं, २१ जेठ । खल्ती डिजिटल वालेटले युएनसीडीएफ र युएनईएससीएपीसँग सहकार्य गरी महिलाद्वारा संचालित घरेलु, साना तथा मध्यम (एमएसएमईएस) उद्यमीहरुलाई निःशुल्क डिजिटल मार्केटिंग प्रदान गर्ने भएको छ । विभिन्न प्रशिक्षण दिई खल्तीले उक्त योजनामा महिला उद्यमीहरुलाई जोड्दै लाने बताएको छ ।

प्रशिक्षणले महिला उद्यमीहरुको व्यवसायलाई प्रभावकारी रूपमा वृद्धि गर्न थप मद्दत मिल्ने विश्वास छ । खल्ती डिजिटल वालेटका परियोजना संयोजक प्रभात कुमार झाका अनुसार सेवा र उत्पादनको निःशुल्क डिजिटल मार्केटिंग प्रदान गर्न र बिक्री बढाउनका लागि हाइपरलोकल मार्केट अर्थात् खल्ती बजारमा पनि एमएसएमईएस उद्यमीहरुलाई ल्याइएको हो ।

यस कार्यक्रमलाई थप प्रोत्साहित गर्नका लागि खल्तीले विभिन्न बैंकहरुसँग सहकार्य गरी सहभागी महिलाहरुलाई निःशुल्क बैंक खाता बनाउन सहयोग गर्दै आइरहेको छ । यस कार्यक्रमले महिला व्यवसायीहरुलाई हरेक व्यापारिक कारोबार सजिलै डिजिटल माध्यम बाट गर्न प्रशिक्षण तथा तालिम प्रदान गरेको बताइएको छ ।

खल्ती डिजिटल वालेटले महिलाद्वारा संचालित व्यवसायीहरुलाई कसरी डिजिटाइज गर्ने विषयमा प्रशिक्षण संचालन गरिरहेको छ । इच्छुक व्यवसायीहरुले खल्तीले उपलब्ध गराएको फाराम भरी उक्त कार्यक्रममा सहभागी हुन सक्नेछन् । यसको साथै खल्तीले प्रत्येक सहभागीलाई आफ्नो टप–अपमा ४ प्रतिशत क्यासब्याक प्रदान गरेको छ । यसबाहेक, खल्तीले झन्झटरहित भुक्तानीको लागि निःशुल्क खल्ती क्यूआरहरू र महिला उद्यमीहरुको व्यवसाय प्रवद्र्धन गर्न निःशुल्क ५०० एसएमएस पनि उपलब्ध गराईरहेको छ ।

२०७८ जेठ २१ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

वि.सं.२०८३ असार १८ बिहीवार ०८:५०

काठमाडौं । हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा...

जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउँदै मन्त्री चौधरी

जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउँदै मन्त्री चौधरी

वि.सं.२०८३ असार १७ बुधवार १९:४७

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय...

आलुको परिकारमा साङ्ला भेटिएपछि अदोरा  होल्डिङलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना

आलुको परिकारमा साङ्ला भेटिएपछि अदोरा  होल्डिङलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना

वि.सं.२०८३ असार १७ बुधवार १९:११

काठमाडौं । ललितपुर महानगरपालिका–३, झम्सिखेलस्थित अदोरा होल्डिङमा आलुको परिकारमा साङ्ला भेटिएको...

राष्ट्र बैंकले ‘वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण’ गर्ने, ७७ वटै जिल्लामा नमुना संकलन गरिने

राष्ट्र बैंकले ‘वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण’ गर्ने, ७७ वटै जिल्लामा नमुना संकलन गरिने

वि.सं.२०८३ असार १७ बुधवार १८:४९

काठमाडौं । नेपाल राष्ट्र बैंकले मुलुकभरका वित्तीय सेवाको अवस्था मापन...

सभामुख अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूतबीच शिष्टाचार भेटवार्ता

सभामुख अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूतबीच शिष्टाचार भेटवार्ता

वि.सं.२०८३ असार १७ बुधवार १८:३५

काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि साउदी...

शिक्षा मन्त्रालयको १०० दिनः परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिनः परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

वि.सं.२०८३ असार १७ बुधवार १८:२८

काठमाडौं । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...