back

खल्तीले महिलाद्वारा संचालित व्यवसायहरुलाई डिजिटल मार्केटिंगसँग जोड्दै

काडमाडौं, २१ जेठ । खल्ती डिजिटल वालेटले युएनसीडीएफ र युएनईएससीएपीसँग सहकार्य गरी महिलाद्वारा संचालित घरेलु, साना तथा मध्यम (एमएसएमईएस) उद्यमीहरुलाई निःशुल्क डिजिटल मार्केटिंग प्रदान गर्ने भएको छ । विभिन्न प्रशिक्षण दिई खल्तीले उक्त योजनामा महिला उद्यमीहरुलाई जोड्दै लाने बताएको छ ।

प्रशिक्षणले महिला उद्यमीहरुको व्यवसायलाई प्रभावकारी रूपमा वृद्धि गर्न थप मद्दत मिल्ने विश्वास छ । खल्ती डिजिटल वालेटका परियोजना संयोजक प्रभात कुमार झाका अनुसार सेवा र उत्पादनको निःशुल्क डिजिटल मार्केटिंग प्रदान गर्न र बिक्री बढाउनका लागि हाइपरलोकल मार्केट अर्थात् खल्ती बजारमा पनि एमएसएमईएस उद्यमीहरुलाई ल्याइएको हो ।

यस कार्यक्रमलाई थप प्रोत्साहित गर्नका लागि खल्तीले विभिन्न बैंकहरुसँग सहकार्य गरी सहभागी महिलाहरुलाई निःशुल्क बैंक खाता बनाउन सहयोग गर्दै आइरहेको छ । यस कार्यक्रमले महिला व्यवसायीहरुलाई हरेक व्यापारिक कारोबार सजिलै डिजिटल माध्यम बाट गर्न प्रशिक्षण तथा तालिम प्रदान गरेको बताइएको छ ।

खल्ती डिजिटल वालेटले महिलाद्वारा संचालित व्यवसायीहरुलाई कसरी डिजिटाइज गर्ने विषयमा प्रशिक्षण संचालन गरिरहेको छ । इच्छुक व्यवसायीहरुले खल्तीले उपलब्ध गराएको फाराम भरी उक्त कार्यक्रममा सहभागी हुन सक्नेछन् । यसको साथै खल्तीले प्रत्येक सहभागीलाई आफ्नो टप–अपमा ४ प्रतिशत क्यासब्याक प्रदान गरेको छ । यसबाहेक, खल्तीले झन्झटरहित भुक्तानीको लागि निःशुल्क खल्ती क्यूआरहरू र महिला उद्यमीहरुको व्यवसाय प्रवद्र्धन गर्न निःशुल्क ५०० एसएमएस पनि उपलब्ध गराईरहेको छ ।

२०७८ जेठ २१ गते प्रकाशित


बनस्थलीमा ॐ समाज डेन्टल अस्पतालको स्वास्थ्य क्याम्प सम्पन्न, पत्रकार र संघ–संस्था सम्मानित

बनस्थलीमा ॐ समाज डेन्टल अस्पतालको स्वास्थ्य क्याम्प सम्पन्न, पत्रकार र संघ–संस्था सम्मानित

वि.सं.२०८२ असार २९ आइतवार ०८:१७

काठमाडौं । ॐ समाज डेन्टल अस्पतल बनस्थली शाखाले आज आयोजना...

योजना आयोग र राष्ट्र  बैङ्क गर्भनर बिच छलफल: मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यता  सम्बन्धमा कुराकानी

योजना आयोग र राष्ट्र बैङ्क गर्भनर बिच छलफल: मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यता सम्बन्धमा कुराकानी

वि.सं.२०८२ असार २३ सोमवार १६:१६

काठमाडौँ । राष्ट्रिय योजना आयोग र राष्ट्र बैङ्कका गभर्नर बिच...

बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार: अर्थमन्त्री पौडेल

बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार: अर्थमन्त्री पौडेल

वि.सं.२०८२ असार १८ बुधवार १७:०४

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकतन्त्र र गणतन्त्रको...

२०३० सम्ममा पाँच लाख हरित रोजगारी सिर्जना गर्ने लक्ष्य छ ः उपाध्यक्ष अधिकारी 

२०३० सम्ममा पाँच लाख हरित रोजगारी सिर्जना गर्ने लक्ष्य छ ः उपाध्यक्ष अधिकारी 

वि.सं.२०८२ असार १६ सोमवार १५:३३

काठमाडौँ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले प्रकृतिमा आधारित...

विदेशी लगानीकर्ताले खाता खोल्न पाउने ,१० लाख डलरसम्म विदेशमा लगानी गर्न सक्ने गरी केन्द्रीय बैंकले गर्यो विनियमावली संशोधन

विदेशी लगानीकर्ताले खाता खोल्न पाउने ,१० लाख डलरसम्म विदेशमा लगानी गर्न सक्ने गरी केन्द्रीय बैंकले गर्यो विनियमावली संशोधन

वि.सं.२०८२ असार ५ बिहीवार १९:५८

काठमाडाैं । नेपाल राष्ट्र बैंकले विदेशमा लगानी गर्न पाउने गरी...

नेपालको स्तरोन्नती प्रक्रियाले अन्तर्राष्ट्रिय सहकार्य, व्यापार, र लगानीका नयाँ अवसरहरू खोल्नेछ  : उपाध्यक्ष अधिकारी 

नेपालको स्तरोन्नती प्रक्रियाले अन्तर्राष्ट्रिय सहकार्य, व्यापार, र लगानीका नयाँ अवसरहरू खोल्नेछ  : उपाध्यक्ष अधिकारी 

वि.सं.२०८२ असार ५ बिहीवार १५:४५

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.शिवराज अधिकारीले नेपालको विकासिल मुलुकमा...