back
himalayan life

कृषकले १ प्रतिशत ब्याजदरमै सहुलियत ऋण दिने

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले किसानहरुलाई १ प्रतिशत व्याजदरमा सहुलियतपूर्ण कर्जा दिने भएको छ । प्रदेश सरकारले जुन कुनैपनि बैंकबाट किसानलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको हो ।

प्रदेशका भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री देवी चौधरीले प्रदेश सरकारको कृषि बजेटमा यस्तो कार्यक्रम समावेश गरेको बताइन् । एशोसिएशन अफ नेपाली एग्रिकल्चरल जर्नालिस्टस् (अनाज) को आयोजनमा शुक्रबार ‘कोरोना महामारी र सुदूरपश्चिम प्रदेशमा कृषि बजेटका सवालहरु’ विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री चौधरीले यस्तो बताएकी हुन् ।

यसअघि कृषि विकास बैंक र वाणिज्य बैंकबाट मात्रै दिइँदै आइएको यस्तो सुविधा प्रदेशको नयाँ बजेटमार्फत सबै बैंकबाट दिन मिल्ने बनाउने मन्त्री चौधरीले स्पष्ट पारिन् । ‘किसानहरुलाई अनुदान भन्दा सहुलियतपूर्ण ऋणमा सरकारले जोड दिएको छ,, बाँकी ब्याज हामीले तिर्नेगरी एक प्रतिशत ब्याजमा किसानलाई ऋण उपलब्ध गराउँछौं,’ मन्त्री चौधरीले भनिन् ।

प्रदेशको कृषिलाई प्रविधिमैत्री बनाउने र किसानको मेहनतले बजार पाउनेगरी बजेटका कार्यक्रम आउने पनि उनले बताईन् । विदेसबाट फर्किएका युवालाई कृषिमा टिकाउने किसिमको बजेट मन्त्रालयले ल्याउने भन्दै मन्त्री चौधरीले खुला सिमाका कारण प्रदेशका किसानको उत्पादनले बजार नपाएको मुद्दालाई कानुन बनाएर सम्बोधन गर्ने मन्त्री चौधरीको भनाई थियो ।

अन्र्तक्रियामा बोल्दै प्रदेश कृषि सचिव डा। किसान लाल भट्टले किसानको समस्या समाधान गर्ने बजेट आउने बताए । प्रदेशमा माछापालन, कुखुरा पालन व्यवसायहरुमा प्रविधिको प्रयोग गरीरहेको भन्दै सचिव भट्टले मन्त्रालयले कृषि प्रविधि फराकिलो बनाउने जनाए । ‘किसानलाई मल, विद्युत, ब्याजमा अनुदान पनि बजेटले दिन्छ, कृषक परिचयपत्र पनि कार्यन्वनयनमा आउँछ,’ ससिचव भट्टले भने । प्रदेशमा चिस्यान, दूग्ध प्रशोधन केन्द्र जस्ता कार्यक्रम पनि प्रदेशमा सञ्चालन हुने उनले बताए ।

छलफलमा बोल्दै अर्थशास्त्री प्रा।डा।राजेन्द्रवीर चन्दले प्रदेशको कृषि क्षेत्र विकासको काम विगतमा देखिने खालको नभएको बताए । परम्परागत कृषि उपकरणको प्रयोगबाट भईरहेको कृषि बदल्न आधुनिकता भित्र्याउन जरुरी भएको भन्दै उनले नयाँ प्रविधिसंग अभ्यस्त हुने कर्मचारी कृषक बनाउनु प्रदेको हितमा हुने बताए । प्लटीङले गर्दा उत्पादन योग्य जमिन सकिन थालेकोका चिन व्यक्त गर्दै उनले कृषि प्राविधिक शिक्षा प्रदेशमा फैलाउनु जरुरी भएको धारणा राखे । भारतबाट भित्रिने कृषि उपजको चेपुवामा यस क्षेत्रको किसान परेको भन्दै यसलाई विशेष ध्यान दिन पनि उनले आग्रह गरे ।

प्रदेशका कृषि उद्यमी पहलवन देउवाले आत्मनिर्भर कृषि परियोजनका लागि प्रदेश सरकारले कार्यक्रम ल्याउनु पर्ने धारणा राखे । किसानको उत्पादनले बजार नपाउने समस्या अहिले पनि उस्तै रहेको भन्दै उनले उत्पादनको बजार निश्चितता र बिचौलिय नियन्त्रणमा बजेट केन्द्रित हुनु पर्नेमा जोड दिए । राष्ट्रिय कृषक समूह महासंघ, सुदुरपश्चिमका अध्यक्ष प्रकाश थापाले कृषि उत्पादनको क्षेत्रमा सुदूरपश्चिम राम्रो भएपनि सिचाईंको र प्रविधि परिचालनमा पछि परेको बताए । किसानको उत्पादनले बजार नपाएका कारण विदेशबाट फर्केर कृषिमा लागेका युवा पनि हतोत्साहित भएको उनको भन्दै त्यस्ता समस्या चिर्ने बजेट आउनु पर्नेमा जोड दिए ।

कृषि वैज्ञानिक भोलामान वस्नेतले नीति कार्यक्रम बनाउँदा विज्ञलाई प्रयोग गर्नु पर्नेमा जोड दिए । पढेर, परेर र सफलतापूर्वक कार्य सम्पन्न गरेको व्यक्तिलाई काम दिन उनले प्रदेश सरकारलाई सुझाए । खाद्यका लागि कृषि अभियनका संयोजक उद्धब अधिकारीले प्रदेशको कृषि रणनीति, विगतको बजेट कार्यन्वनयनमा चासो राखेका थिए । दिगो खेती प्रणालीमा जोड दिन आग्रह गर्दै अधिकारीले किसान सूचीकरणको मुद्धा समेट्न प्रदेश सरकारलाई सुझाव दिए । कृषि उपकरण अनुदानमा हुने बदमासी रोक्नु माग गर्दै नेपाल कृषि इन्जिनियरिङ संघ (नामिया) का उपाध्यक्ष उमेश मानन्धरले कषि यन्त्रिकरणलाई प्राथमिकतामा राख्न आग्रह गरे ।

२०७८ जेठ २१ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

वि.सं.२०८३ असार १८ बिहीवार ०८:५०

काठमाडौं । हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा...

जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउँदै मन्त्री चौधरी

जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउँदै मन्त्री चौधरी

वि.सं.२०८३ असार १७ बुधवार १९:४७

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय...

आलुको परिकारमा साङ्ला भेटिएपछि अदोरा  होल्डिङलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना

आलुको परिकारमा साङ्ला भेटिएपछि अदोरा  होल्डिङलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना

वि.सं.२०८३ असार १७ बुधवार १९:११

काठमाडौं । ललितपुर महानगरपालिका–३, झम्सिखेलस्थित अदोरा होल्डिङमा आलुको परिकारमा साङ्ला भेटिएको...

राष्ट्र बैंकले ‘वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण’ गर्ने, ७७ वटै जिल्लामा नमुना संकलन गरिने

राष्ट्र बैंकले ‘वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण’ गर्ने, ७७ वटै जिल्लामा नमुना संकलन गरिने

वि.सं.२०८३ असार १७ बुधवार १८:४९

काठमाडौं । नेपाल राष्ट्र बैंकले मुलुकभरका वित्तीय सेवाको अवस्था मापन...

सभामुख अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूतबीच शिष्टाचार भेटवार्ता

सभामुख अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूतबीच शिष्टाचार भेटवार्ता

वि.सं.२०८३ असार १७ बुधवार १८:३५

काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि साउदी...

शिक्षा मन्त्रालयको १०० दिनः परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिनः परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

वि.सं.२०८३ असार १७ बुधवार १८:२८

काठमाडौं । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...