back

वरिष्ठताका आधारमा बेन्च तोक्ने सहमति

काठमाडौं । प्रतिनिधि सभा विघटन सम्बन्धी गठित संवैधानिक इजलासमा विवाद उत्पन्न भएपछि नयाँ इजलास गठन हुने भएको छ । संवैधानिक इजलास गठनका विषयमा सर्वोच्च अदालत र सर्वोच्च अदालत बार एसोसिएसनबीच सहमति भएको छ। अब वरिष्ठताका आधारमा बेन्च तोकिने भएको छ।

प्रधानन्यायाधीश जबरासँगको छलफलमा वरिष्ठताका आधारमा संवैधानिक इजलासमा न्यायाधीश तोक्ने सहमति भएको बार अध्यक्ष प्रा.पूर्णमान शाक्यले बताए। “संवैधानिक इजलासमा न्यायाधीश तोक्दा वरिष्ठताका आधारमा तोक्ने सहमति भएको छ,” अध्यक्ष प्रा शाक्यले भने।

प्रतिनिधि सभा विघटन विरुद्ध रिट दिएका निवेदकको तर्फबाट संवैधानिक इजलासमा रहेका न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठका विषयमा प्रश्न उठाइएको थियो। निवेदक तर्फका कानून व्यवसायीले न्यायाधीशद्वय केसी र श्रेष्ठलाई संवैधानिक इजलासबाट अलग हुन सुझाव दिएका थिए।

२०७८ जेठ १८ गते प्रकाशित


विकासका कामलाई सरकारले तीव्रता दिन्छ : प्रधानमन्त्री ओली

विकासका कामलाई सरकारले तीव्रता दिन्छ : प्रधानमन्त्री ओली

वि.सं.२०८१ माघ ११ शुक्रवार १७:५१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माण र पूर्वाधारका...

सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु : शिघ्र विकास र सुशासनका लागि सरकार तल्लीन छ , प्रधानमन्त्री ओली

सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु : शिघ्र विकास र सुशासनका लागि सरकार तल्लीन छ , प्रधानमन्त्री ओली

वि.सं.२०८१ माघ ११ शुक्रवार १६:२४

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भर्चुअल माध्यमको उपस्थितिमा सिद्धबाबा...

राजनीतिक चिन्तन र सोच नबदलेसम्म शिक्षामा परिवर्तन आउँदैन् : डा.कोइराला

राजनीतिक चिन्तन र सोच नबदलेसम्म शिक्षामा परिवर्तन आउँदैन् : डा.कोइराला

वि.सं.२०८१ माघ ११ शुक्रवार ११:४५

विश्वविद्यालय, शिक्षक र विद्यालयहरु सुधार गर्न राजनीतिक दलहरुको चिन्तन नै...

चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष मल्ललाई वाणिज्य सेवा पदक प्रदान

चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष मल्ललाई वाणिज्य सेवा पदक प्रदान

वि.सं.२०८१ माघ ११ शुक्रवार ११:४२

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष एवं नेपाल...

आज सिद्धबाबा सुरुङ् मार्ग  ब्रेक थ्रु हुने

आज सिद्धबाबा सुरुङ् मार्ग ब्रेक थ्रु हुने

वि.सं.२०८१ माघ ११ शुक्रवार १०:५३

काठमाडौं । सिद्धबाबा सुरुङ् मार्ग ब्रेक थ्रु (अन्तिम छेड्ने काम)...

हामीले देश भित्र भविश्य खोज्नेहरुको लागि काम गर्न थालेका छौ : अर्थमन्त्री पौडेल

हामीले देश भित्र भविश्य खोज्नेहरुको लागि काम गर्न थालेका छौ : अर्थमन्त्री पौडेल

वि.सं.२०८१ माघ १० बिहीवार १८:१२

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सरकार कुनै औषत काम गरेर...