back

उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने तयारी, बन्द रहेका खाद्य पसलहरु खुलाउन छलफल

काठामाडौँ । काठमाडौं उपत्याका निषेधाज्ञा खुकुलो बनाउने तयारी थालिएकोछ । तीन ओटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु एक सातादेखि बन्द खाद्य पसबन्द रहेका खाद्य पसलहरु खोल्ने बारे छलफलमा जुटेका हुन् ।

एक साता देखि बन्द रहेका खाद्य पसल खुलाउने प्रावधान सहित थप एक साता लकडाउन गर्नेबारे छलफल हुने भएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकमा छलफल भइरहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिएका छन् ।

पाँच वटा सेक्टरलाई शर्तसहित चल्न दिनेबारे छलफल भइरहेको छ । खाद्य–किराना पसल र खाद्यका मात्रै सामाग्री बेच्नेगरी ग्रोसरी र डिपार्टमेन्टल स्टोरहरुलाई बिहान एक समय खोल्न दिने निर्णय हुन्छ होला,प्रजिअ पराजुलीले भने । उनका अनुसार निर्माण सामाग्री ढुवानी गर्ने सवारी साधन र भन्सार विन्दुबाट छुटेका सवारीलाई सशर्त चल्न दिइनेछ ।

सार्वजनिक निर्माण सामाग्री ढुवानी गर्ने सवारीलाई रातीदेखि बिहान ५ बजेसम्म र सीमा भन्सारबाट छुटेका सवारीलाई निर्वाध चल्न दिनेबारे छलफल भइरहेको छ,उनले भने ।

अव निषेधाज्ञाको मोडालिटि परिवर्तन गदै स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर लकडाउन थप खुकुलो बनाउने निर्णय हुने सा्रेतले जनाएको हो । १४ गतेबाट एक साता लकडाउन थप गदै खाद्य पसलहरु समेत नखोल्न, अनावश्यक हिडुल गर्न रोक लगाईको थियो ।

प्छिल्ल्लो केहि दिन यता सरकाराले कोरोना परिक्षणको दायरा घटाएसंगै कोरोना संक्रमित हुनेको संख्या घटेको छ । त्यसैगरी पछिल्ला दिनमा कोरोना संक्रमण निको हुनेको संख्या पनि उल्लेख्य रुपले बढ्न थालेको छ ।

२०७८ जेठ १८ गते प्रकाशित

nactional life
Corporatebazar 11 Anniversary

बजेटमा ‘नीतिगत सर्जरी’ गर्ने अर्थमन्त्रीको उद्घोष: करको दर घटाएर राजस्व बढाउने रणनीति

बजेटमा ‘नीतिगत सर्जरी’ गर्ने अर्थमन्त्रीको उद्घोष: करको दर घटाएर राजस्व बढाउने रणनीति

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १९:०८

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट परम्परागत वितरणमुखी बाटोभन्दा फरक,...

३५ वर्षको सम्पत्ति खोतल्दै आयोग: पूर्व राजादेखि गभर्नर र सीईओसम्म अनुसन्धानको घेरामा

३५ वर्षको सम्पत्ति खोतल्दै आयोग: पूर्व राजादेखि गभर्नर र सीईओसम्म अनुसन्धानको घेरामा

वि.सं.२०८३ वैशाख १७ बिहीवार १५:५०

काठमाडौं । नेपाल सरकारले हालै गठन गरेको सम्पत्ति छानबिन आयोगको...

सिडिएससीको एपिआईले सहज बनायो शेयर फुकुवा: अब रिलिज भएकै दिन बिक्री गर्न मिल्ने

सिडिएससीको एपिआईले सहज बनायो शेयर फुकुवा: अब रिलिज भएकै दिन बिक्री गर्न मिल्ने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १३:३२

काठमाडौं । नेपालको पूँजी बजारमा शेयर धितो कर्जा (मार्जिन लेन्डिङ)...

एमआरपी लेबल नियममा सरकारको लचकता: अब स्वघोषणा गरेरै सामान ल्याउन पाइने

एमआरपी लेबल नियममा सरकारको लचकता: अब स्वघोषणा गरेरै सामान ल्याउन पाइने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १२:४०

काठमाडौं । आयातित वस्तुमा अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी) लेबल...

कर्णालीको राजधानी वीरेन्द्रनगरमा गम्भीर खानेपानी संकटः दैनिक २६४ लिटर प्रतिसेकेन्ड अभाव

कर्णालीको राजधानी वीरेन्द्रनगरमा गम्भीर खानेपानी संकटः दैनिक २६४ लिटर प्रतिसेकेन्ड अभाव

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:३४

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको...

अब अनलाइनबाटै धितो बन्धकी हुने

अब अनलाइनबाटै धितो बन्धकी हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:२३

काठमाडौं । नेपाल सरकार, भूमि व्यवस्थापन तथा अभिलेख विभागले मालपोत...