back

ठूला पूर्वाधारका कामहरु पहिलाभन्दा तिव्र गतिमा अगाडि बढेका छन् : अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको लगानीलाई सहयोग पु¥याउन सक्ने ठूला पूर्वाधारका कामहरु पहिलाभन्दा तिव्र गतिमा अगाडि बढिरहेको बताएका छन् ।

सोमबार आर्थिक पत्रकार समाजको २९ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले राष्ट्रिय प्राथमिकताका, उच्च महत्वका निजी क्षेत्रको लगानीलाई सहयोग पु¥याउन सक्ने ठूला पूर्वाधारमा थप रकम प्रवाह गरेर भन्दा पहिलाभन्दा तिव्र गतिमा कामहरु भइरहेको बताए ।

उनले भने, ‘राष्ट्रिय प्राथमिकताका, उच्च महत्वका निजी क्षेत्रको लगानीलाई सहयोग पु¥याउन सक्ने ठूला पूर्वाधारमा अहिले थप रकम प्रवाह गरेर काम सम्पन्न गराउनको लागि बाटो खुलेको छ । कतिपय राजमार्गहरुमा काम धेरै नै ढिला तरिकाले अगाडि बढेको थियो । अहिले ती राजमार्गहरुमा पहिलाभन्दा तिव्र गतिमा काम भएको छ ।’

यस्तै, उनले नेपालको अर्थतन्त्रको सही चित्र आमनागरिक समक्ष प्रस्तुत गर्नको लागि, कतिपय कुरामा सही सूचना प्रवाह गरेर अर्थतन्त्रलाई सहि दिशामा डोराउनको लागि सेजनले महत्वपूर्ण भूमिका खेलेको भन्दै सेजनलाई धन्यवाद दिए ।

सोही कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिल कुमार सिन्हाले अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको निजी क्षेत्र विश्वास अभिवृद्धि गर्ने, लगानीको सुरक्षा गर्ने, लगानीको वातावरणमा सुधार गरि सरकारी नीतिगत र कार्यपद्धती दुवैमा सुधार गर्न वर्तमान सरकार प्रतिबद्ध मात्र होइन कार्यहरु पनि अगाडि बढाएको बताए । वर्तमान सरकारको प्रमुख प्राथमिकता भनेको तोकिएको समयमा शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने नै रहेको पनि उनको भनाई छ ।

उनले भने, ‘अहिलेको सरकारको प्रमुख प्राथमिकता तोकिएको समयमा शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने, सुशासन कायम गर्ने र सेवा प्रवाहमा अझै गुणात्मक सुधार गर्ने नै रहेको छ ।’ साथै, नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले अर्थतन्त्रलाई चलायमान बनाउनको लागि सबै मिलेर काम गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

‘अर्थमन्त्री र प्रधानमन्त्रीबीच विभेद भएको हल्ला अफवाह मात्रै, आर्थिक मुद्दामा गहिरो समन्वय छ’: अर्थमन्त्री वाग्ले

‘अर्थमन्त्री र प्रधानमन्त्रीबीच विभेद भएको हल्ला अफवाह मात्रै, आर्थिक मुद्दामा गहिरो समन्वय छ’: अर्थमन्त्री वाग्ले

वि.सं.२०८३ साउन १२ मंगलवार १८:१५

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री बालेन्द्र साहसँग आर्थिक एजेण्डामा...

विनियोजन ऐन २०८३ प्रमाणीकरणः बजेट कार्यान्वयनको बाटो खुल्यो

विनियोजन ऐन २०८३ प्रमाणीकरणः बजेट कार्यान्वयनको बाटो खुल्यो

वि.सं.२०८३ साउन १० आइतवार १६:३१

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को सेवा र कार्यका...

साढे १६ हजार मेगावाटको पीपीए ठप्प: अर्बौँको लगानी जोखिममा, ऊर्जा संकट र वित्तीय दायित्वको दोहोरो सङ्कट

साढे १६ हजार मेगावाटको पीपीए ठप्प: अर्बौँको लगानी जोखिममा, ऊर्जा संकट र वित्तीय दायित्वको दोहोरो सङ्कट

वि.सं.२०८३ साउन १० आइतवार १२:१४

काठमाडौँ। नेपालको जलविद्युत् क्षेत्रमा निजी क्षेत्र तथा प्रवर्द्धकहरूको खर्बौँ रुपैयाँ...

देशकै पहिलो आधुनिक यातायात सुरुङमार्ग तयार, जाइका र नेपाल सरकारको १९ अर्बको लगानी

देशकै पहिलो आधुनिक यातायात सुरुङमार्ग तयार, जाइका र नेपाल सरकारको १९ अर्बको लगानी

वि.सं.२०८३ साउन १० आइतवार ११:५८

काठमाडौँ। नेपालको पूर्वाधार विकासको इतिहासमा एउटा स्वर्णिम अध्याय थप्दै देशकै...

एक रुपैयाँको सिक्कामा चुच्चे नक्सासहित आकाश भैरवको चित्र राखिने

एक रुपैयाँको सिक्कामा चुच्चे नक्सासहित आकाश भैरवको चित्र राखिने

वि.सं.२०८३ साउन १० आइतवार ११:४८

काठमाडौं । सरकारले एक रुपैयाँ दरको सिक्काको नयाँ डिजाइन स्वीकृत...

प्रवासी नेपालीलाई अर्थमन्त्रीको आग्रह : ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने मान्यतामा सरकार प्रतिबद्ध

प्रवासी नेपालीलाई अर्थमन्त्रीको आग्रह : ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने मान्यतामा सरकार प्रतिबद्ध

वि.सं.२०८३ साउन १० आइतवार ११:४५

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई ‘एक...