back

गाउँपालिकाले आफ्नै स्रोतमा चलाउँदै दुईवटा अस्पताल

रामेछाप । रामेछापको एउटा दुर्गमको गाउँपालिकाले आफ्नै खर्चमा अस्पताल सञ्चालन गर्दै आएको छ । त्यो पनि एउटा होइन दुई–दुईवटा ।

रामेछापको एक मात्र हिमाली गाउँपालिका उमाकुण्डले नागरिकलाई गाउँमा नै गुणस्तरीय स्वास्थ्य सेवा दिन दुईवटा अस्पताल सञ्चालन गरेको छ । गाउँपालिकाको केन्द्र प्रीति र वडा नं २ को बाम्तिमा अस्पतालहरू सञ्चालनमा छन् ।

गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारका अनुसार बाम्तिमा १५ शैय्याको अस्पताल सञ्चालनमा छ । त्यस्तै गाउँपालिकाको केन्द्र प्रीतिमा रहेको अस्पताल भने ५ शैय्याको रहको छ ।

 

दुवै अस्पतालको लागि संघीय सरकारले स्वास्थ्य चौकी तहका स्वास्थ्यकर्मीको दरबन्दी दिएको छ । बाँकी सबै जनशक्ति तथा उपकरण गाउँपालिकाले नै व्यवस्थापन गरेर अस्पतालहरू सञ्चालन गरेको गाउँपालिका अध्यक्ष शेरवहादुर सुनुवारले जानकारी दिए ।

भौगोलिक हिसाबले विकट उमाकुण्ड गाउँपालिकाको वडा नं १ गुम्देलका स्थानीयलाई गाउँपालिकाको केन्द्र प्रीति आइपुग्न पनि चार घण्टा लाग्छ । जिल्ला सदरमुकाम मन्थली पुग्न त उनीहरूलाई दिनभरि लाग्छ ।

त्यसैले आधारभूत तहको स्वास्थ्य सेवा गाउँमा नै पाउन सकुन् भनि गाउँपालिकाले दुई ठाउँमा अस्पताल सञ्चालन गरेको हो ।

गुम्देल, बाम्ति, कुभुकास्थली लगायतका नागरिकलाई लक्षित गरी बाम्तिमा अस्पताल सञ्चालन गरिएको छ । त्यस्तै प्रीतिका दुईवटा वडा तथा गुम्तेश्वर र भूजीका नागरिकलाई लक्षित गरी प्रीतिमा अस्पताल सञ्चालन गरिएको सुनुवारले बताए ।

गाउँपालिकाकै स्रोतबाट दुईवटा अस्पताल सञ्चालन गर्दा निक्कै व्ययभार पर्ने भए पनि नागरिक स्वास्थ्यलाई ध्यानमा राखेर दुईवटा अस्पताल सञ्चालन गरिएको सुनुवारले जानकारी दिए । ‘असाध्यै खर्चिलो छ, डाक्टरहरू राख्नै गाह्रो छ, तै पनि नागरिकको स्वास्थ्यमा खेलबाड गर्ने कुरा भएन, अन्य धेरै योजनाहरू कटौती गरेर भए पनि अस्पताल सञ्चालन गरेका छौँ’, सुनुवारले भने ।

स्थानीय सरकारसँग केही गरौँ भन्ने भावना र नागरिकप्रति उत्तरदायित्व बोध भयो भने स्थानीय तहले नागरिकको हितमा धेरै काम गर्न सक्छ भन्ने उदाहरण उमाकुण्ड गाउँपालिकाको स्वास्थ्य क्षेत्र बनेको छ । यसबाट अन्य स्थानीय तहले पनि लोककल्याणकारी राज्य कस्तो हुनुपर्छ भन्ने पाठ सिक्न सक्छन् ।

nactional life
Corporatebazar 11 Anniversary

पर्यटकीय क्षेत्रको विकासमा ‘पर्यटन गुरु योजना’ मार्फत अघि बढेका छौँ : नगर प्रमुख खड्का

पर्यटकीय क्षेत्रको विकासमा ‘पर्यटन गुरु योजना’ मार्फत अघि बढेका छौँ : नगर प्रमुख खड्का

वि.सं.२०८३ जेठ ६ बुधवार १३:३५

बाजुरा । बाजुराको बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्काले...

उपेक्षामा बाजुरका पर्यटकीय गन्तब्य : माल पाएर पनि चाल नपाउँदा राज्यको नजर कहिले पुग्ने?

उपेक्षामा बाजुरका पर्यटकीय गन्तब्य : माल पाएर पनि चाल नपाउँदा राज्यको नजर कहिले पुग्ने?

वि.सं.२०८३ जेठ ५ मंगलवार १६:३३

बाजुरा । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण छ बाजुरा । धार्मिक तथा...

महासंकटमा डिजिटल नेपाल: २९३ स्थानीय तहसँग छैन आफ्नै सम्पत्तिको हिसाब,कागजमा आधुनिक, व्यवहारमा शून्य

महासंकटमा डिजिटल नेपाल: २९३ स्थानीय तहसँग छैन आफ्नै सम्पत्तिको हिसाब,कागजमा आधुनिक, व्यवहारमा शून्य

वि.सं.२०८३ जेठ २ शनिवार १९:३७

काठमाडौं । नेपाल सरकारले विगत एक दशकदेखि ‘डिजिटल नेपाल फ्रेमवर्क’ को...

स्वास्थ्य प्रवर्धन केन्द्रबाट १ लाख ७६ हजार २९१ जनालाई स्वास्थ्य सेवा प्रदान, सेवाग्राहीको बढ्दो चाप

स्वास्थ्य प्रवर्धन केन्द्रबाट १ लाख ७६ हजार २९१ जनालाई स्वास्थ्य सेवा प्रदान, सेवाग्राहीको बढ्दो चाप

वि.सं.२०८३ वैशाख ३१ बिहीवार ११:४६

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा १...

निर्वाचन आयोगको मास्टरप्लान: एकै मितिमा दुई निर्वाचन,राज्यको ४ अर्ब जोगिने

निर्वाचन आयोगको मास्टरप्लान: एकै मितिमा दुई निर्वाचन,राज्यको ४ अर्ब जोगिने

वि.सं.२०८३ वैशाख ३० बुधवार १३:१७

काठमाडौं । निर्वाचन आयोगले मुलुकको निर्वाचन प्रणालीलाई थप व्यवस्थित, मितव्ययी...

काठमाडौं महानगरपालिकाद्वारा कक्षा ११ र १२ को छात्रवृत्ति परीक्षाको आवेदन खुला

काठमाडौं महानगरपालिकाद्वारा कक्षा ११ र १२ को छात्रवृत्ति परीक्षाको आवेदन खुला

वि.सं.२०८३ वैशाख ३० बुधवार १०:५३

काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८३/०८४ का लागि कक्षा...