back
skip this gaugauma singhadarbar

आज देखी राष्ट्र बैंकद्वारा एक सय रुपैयाँको नयाँ नोट चलनचल्तीमा

नोटको मध्यभागमा एक सिंगे गैंडाको माउ र बच्चाको चित्र छ

काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ विशेषतायुक्त एक सय रुपैयाँ दरको बैंक नोट आजदेखि औपचारिक रूपमा चलनचल्तीमा ल्याएको छ ।

बैंकले आज जारी गरेको सार्वजनिक सूचना अनुसार आजैदेखि नयाँ विशेषता सहितका नोट प्रचलनमा ल्याएको हो ।

नयाँ नोटमा सुरक्षात्मक तथा पहिचानजन्य तत्वहरू थप परिष्कृत गरिएको बैंकले जारी गरेको सुचनामा उल्लेख छ ।

नोटको बायाँतर्फ सगरमाथाको चित्र तथा दायाँतर्फ लालीगुराँसको पानीछाप राखिएको छ । मध्य भागमा नेपालको नक्सा र अशोक स्तम्भको चित्र समावेश गरिएको छ ।

नोटको मध्यभागमा एक सिंगे गैंडाको माउ र बच्चाको चित्र रहेको छ । साथै, दृष्टिविहीन व्यक्तिहरूले समेत नोट पहिचान गर्न सहज होस भन्ने हिसावले अशोक स्तम्भ नजिकै छामेर थाहा पाउन सकिने खालको कालो थोप्ला पनि थपिएको छ । त्यस्तै, बाँयातर्फ अण्डाकार भित्र सिल्भर मेटालिकमा मायादेवीको चित्र मुद्रण गरिएको छ ।

पुरानै रङ र आकारमा जारी गरिएको यस नोटमा ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपियाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट १०० रुपियाँ एक सय तुरुन्त पाइने छ’ भन्ने लेखसहित सरकारी ग्यारेन्टी उल्लेख गरिएको जनाइएको छ ।

सुरक्षाका लागि २ मिमी चौडाइको विशेष सुरक्षा धागो राखिएको छ, जसलाई सीधै हेर्दा रातो र ढल्काएर हेर्दा हरियो रङ देखिनेछ । नोटमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर रहेको छ । तल्लो भागमा नेपाली अंकमा ‘वि.सं. २०८१’ लेखिएको सिरिज नम्बर समावेश छ ।

gaugauma singhadarbar

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको ठहर : धमाधम तानिदै विशिष्ट व्यक्तिहरु

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको ठहर : धमाधम तानिदै विशिष्ट व्यक्तिहरु

वि.सं.२०८२ मंसिर २१ आइतवार १६:५३

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा...

सरकारले निजी क्षेत्रलाई सँगै नलगे अर्थतन्त्रले गति समात्दैन: अध्यक्ष ढकाल

सरकारले निजी क्षेत्रलाई सँगै नलगे अर्थतन्त्रले गति समात्दैन: अध्यक्ष ढकाल

वि.सं.२०८२ मंसिर २१ आइतवार ११:४०

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले...

कोल्याटर बेचेर फाइदा उठाउन खोज्नु ‘पार्ट अफ करप्सन’ हो, यसलाई राष्ट्र बैंकले क्षम्यकारुपमा लिँदैन: गभर्नर

कोल्याटर बेचेर फाइदा उठाउन खोज्नु ‘पार्ट अफ करप्सन’ हो, यसलाई राष्ट्र बैंकले क्षम्यकारुपमा लिँदैन: गभर्नर

वि.सं.२०८२ मंसिर २१ आइतवार ११:३६

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले अर्काको...

निजी क्षेत्र माथीको आक्रमण कुनैपनि हालतमा ठिक होइन: अर्थमन्त्री

निजी क्षेत्र माथीको आक्रमण कुनैपनि हालतमा ठिक होइन: अर्थमन्त्री

वि.सं.२०८२ मंसिर २१ आइतवार ११:३४

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्र माथिको आक्रमण ठिक...

अब नेपालमा १ सय भन्दा ठूला भारतीय रुपैयाँकाे नाेट चल्ने, २५ हजार रुपैयाँसम्म साटिने

अब नेपालमा १ सय भन्दा ठूला भारतीय रुपैयाँकाे नाेट चल्ने, २५ हजार रुपैयाँसम्म साटिने

वि.सं.२०८२ मंसिर १८ बिहीवार १८:१०

काठमाडौं । भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले...

नेपाल र जापान सरकारबीच ऋण सम्झौतामा हस्ताक्षर

नेपाल र जापान सरकारबीच ऋण सम्झौतामा हस्ताक्षर

वि.सं.२०८२ मंसिर १७ बुधवार १६:१६

काठमाडौं । नेपाल सरकार र जापान सरकारबीच कोटेश्वर चोक सुधार...