back

१० लाख मध्ये ८ लाख डोज खोप ल्याउन वायुसेवा निगमको आजै बेइजिङ जाँदै

काठमाडौँ । नेपाल वायुसेवा निगमका चार्टर्ड विमान आज राति ८ लाख डोज खोप नेपाल ल्याउनको लागि बेइजिङ जाने तयारीमा रहेका छन् ।

चिनियाँ सरकारले नेपाललाई प्रदान गर्ने १० लाख कोरोना खोपको डोजमध्ये ८ लाख डोज खोप नेपाल ल्याउनको लागि नेपाल वायुसेवा निगमका चार्टर्ड विमान आज राति ११ बजे बेइजिङका लागि प्रस्थान गर्न लागेका हुन् ।

उक्त चार्टड बेइजिङबाट भ्याक्सिन लिई भोली (जुन १) १० बजे नेपालको लागि प्रस्थान गर्ने छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता किरण राज शर्माले २६ मे मा नेपाल र चीनका राष्ट्रपतिहरू बिच खोपबारे टेलिफोन संवाद पश्चात आज खोप ल्याउन जाने तयारी भएको हो ।
राष्ट्रपति सँग कुरा गर्दै चीनका समकक्षीले तत्काल १० लाख डोज खोप प्रदान गर्ने जनाएका थिए ।

प्रवक्ता शर्माका अनुसार चीन सरकारले अतिरिक्त अनुदान सहायता अन्तर्गत उपलब्ध गराएको तीन हजार पाँच सय सिलिन्डर मध्ये एक हजार पाँच सय थान अक्सिजन सिलिन्डर ३१ मे(भोलि) केरुङ नाकामा नेपाललाई हस्तान्तरण हुने तयारी रहेको छ ।

कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि विभिन्न देशहरूले प्रदान गर्ने सहयोग जारी छ । प्रधानमन्त्री तथा मन्पित्ररिषद्को कार्यालयका प्रवक्ता शर्माका अनुसार चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले नेपाललाई उपलब्ध गराएको दोस्रो लटको स्वास्थ्य सामग्रीहरू आठ सय थान अक्सिजन सिलण्डर, दुई थान आइसियु बेड, ५ थान भेन्टिलेटर,१० थान कन्सन्ट्रेटर, १५ हजार थान एन्टिजेन किट ३० मे मा तातोपानी नाकामा नेपाललाई हस्तान्तरण गरेको छ।

त्यसैगरी चीन सरकारले ५ मिलियन आर.एम.बी. अतिरिक्त अनुदान सहायता अन्तर्गत उपलब्ध गराएको ४० थान पोर्टेवल भेन्टिलेटर, २० थान अटोमेटेड एनालाईजर, १० थान डिआर मेसिन, २०थान पोर्टेवल अल्ट्रासाउन्ड र ३० थान एनेस्थेसिया मेसिन आदि स्वास्थ्य सामग्रीहरू आज मे ३० मा तातोपानी नाकामा नेपाललाई हस्तान्तरण गरिएको प्रवक्ता शर्माले जनाएका छन् ।

अस्ट्रेलिया सरकारले उपलब्ध गराउने मानवीय सहायता सामग्री बोकी अस्ट्रेलियन डिफेन्स फोर्सको जहाज यही ४ जुन २०२१ मा नेपाल आउने तथा उक्त सहायता सामग्री नेपाली सेनालाई हस्तान्तरण गराइने जानकारी काठमाण्डौंस्थित अस्ट्रेलियन राजदूतावासमार्फत प्राप्त भएको छ। थाईलैण्ड सरकारको तर्फबाट ९ वटा, थाइ मोनास्ट्रि लुम्बिनी का तर्फबाट ३३ वटा र भेरापुन्चोक फाउन्डेसन का तर्फबाट ४ वटा गरी जम्मा ४६ वटा अक्सिजन कन्सन्ट्रेटरहरु गत २८ मे २०२१ मा काठमाण्डौस्थित थाई राजदूतबाट त्रिभुवन विमानस्थलमा आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको छ।

२०७८ जेठ १७ गते प्रकाशित

nactional life
Corporatebazar 11 Anniversary

स्वास्थ्य मन्त्रालयको कुल बेरुजु २३ अर्ब ४५ करोड रुपैयाँ

स्वास्थ्य मन्त्रालयको कुल बेरुजु २३ अर्ब ४५ करोड रुपैयाँ

वि.सं.२०८३ जेठ ११ सोमवार २१:५१

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको कुल बेरुजु २३...

भूमि व्यवस्थापन विभागको नयाँ परिपत्र: अब जग्गाको आंशिक फुकुवा र कित्ताकाट गर्न पाइने

भूमि व्यवस्थापन विभागको नयाँ परिपत्र: अब जग्गाको आंशिक फुकुवा र कित्ताकाट गर्न पाइने

वि.सं.२०८३ जेठ ११ सोमवार ००:१५

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले देशभरका मालपोत कार्यालयहरूको...

स्वास्थ्य बीमा कोष जोगाउन ‘हेल्थ ट्याक्स’ मोडल: सुर्ती र मदिराको कर सिधै बीमामा लैजान सांसदहरू एकमत

स्वास्थ्य बीमा कोष जोगाउन ‘हेल्थ ट्याक्स’ मोडल: सुर्ती र मदिराको कर सिधै बीमामा लैजान सांसदहरू एकमत

वि.सं.२०८३ जेठ १० आइतवार २३:३५

काठमाडौं । देशको स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा परिरहेका बेला...

सुर्ती, मदिरा र चिनीयुक्त पदार्थमा कर बढाउन माग: ‘परम्परागत शैलीले जनस्वास्थ्य सुध्रिदैन’

सुर्ती, मदिरा र चिनीयुक्त पदार्थमा कर बढाउन माग: ‘परम्परागत शैलीले जनस्वास्थ्य सुध्रिदैन’

वि.सं.२०८३ जेठ १० आइतवार २३:११

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमा सुर्तीजन्य, मदिरा...

हानिकारक वस्तुमा उच्च कर स्वास्थ्य सुधारको आधार : पूर्वउपाध्यक्ष अधिकारी

हानिकारक वस्तुमा उच्च कर स्वास्थ्य सुधारको आधार : पूर्वउपाध्यक्ष अधिकारी

वि.सं.२०८३ जेठ १० आइतवार १५:३१

काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष शिवराज अधिकारीले हानिकारक वस्तुको...

सरकारी कर्मचारीको तलब बढाउने तयारी, ३५ हजारदेखि एक लाख २१ हजार बनाउन सिफारिस

सरकारी कर्मचारीको तलब बढाउने तयारी, ३५ हजारदेखि एक लाख २१ हजार बनाउन सिफारिस

वि.सं.२०८३ जेठ १० आइतवार ०७:२०

काठमाडौं । आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्य वाचन गर्दै...