चिनियाँ कम्पनीले पायो एक हजारका ४३ करोड थान नोट छाप्ने जिम्मा
वि.सं.२०८२ कात्तिक २३ आइतवार
काठमाडौं। केन्द्रीय बैंकले १ हजार दरको नयाँ नोट छाप्ने ठेक्का पनि चिनियाँ कम्पनीलाई दिएको छ। एक सूचना जारी गर्दै चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनलाई १ रूपैयाँ दरको नयाँ नोट छाप्ने ठेक्का दिइएको जानकारी गराएको हो।
बैंकले एक हजार दरका ४३ करोड थान नोट कुल २ अर्ब ४० करोड ३५ लाख रुपैयाँ अर्थात् १ करोड ६९ लाख ८५ हजार अमेरिकी डलरमा छापाईको ठेक्का दिएको छ ।
प्रकाशित समय : १०:४६ बजे












