नेपाल राष्ट्र बैंकको १८औं गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त

वि.सं.२०८२ जेठ ६ मंगलवार

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेललाई नियुक्त गरेको छ ।
मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्त गरेको प्रवक्ता एंव सञ्चार, सूचना तथा प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन् ।
उनले भने, ‘डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर पदमा सिफारिस समितिले सिफारिस गरेको मध्यबाट नियुक्त गर्ने निर्णय भएको छ । एकदमै लामो प्रतिक्षामा रहेको विषयको आज टुङ्गो भएको छ ।’
पौडेल राष्ट्र बैंकको १८ औं गभर्नरमा नियुक्त भएका हुन् । सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको थियो, जसमा पहिलो नम्बरमा पौडेल रहेका थिए भने दोस्रोमा निलम ढुंगाना र तेस्रोमा दिनेश भट्टराई रहेका थिए ।

प्रकाशित समय : १९:४६ बजे