निलमलाई गर्भनर नियुक्त गरी ५२ प्रतिशत महिलामाथि न्याय गर्नुहोस्

वि.सं.२०८२ वैशाख ३१ बुधवार

काठमाडौं । सांसद रोशन कार्कीले राष्ट्र बैंकको गर्भनर पद लिलामीका चढेको उल्लेख गरेकी छन् । बुधबार संसदको शून्य समयमा बोल्दै सांसद कार्कीले लिलामीको बढाबढ तीन करोड पुगेको छ भन्ने आफूले सुुनेको उल्लेख गरिन् ।
उनले यसअघि महिला राष्ट्रपति, सभामुख र प्रधानन्यायधिशले प्रसंसायोग्य काम गरेर सफल कार्यकाल सम्पन्न गरिसकेकाले कार्यवहाक गर्भनर निलम ढुंगानालाई गर्भनर नियुक्त गरी ५२ प्रतिशत महिलामाथि न्याय गर्न आग्रह गरिन् । उनले योग्य र अयोग्य मान्छेको खोजी गर्न छोडेर महिलालाई राष्ट्र बैंकको नेतृत्व सुप्पिन आग्रह गरिन् ।

प्रकाशित समय : १५:५३ बजे