back

विनियोजन र कार्यान्वयनबीचको खाडललाई पुर्ने कोशिसमा छु : अर्थमन्त्री पौडेल

हामीले विगत वर्षका बजेटहरुलाई हेरौं, हामीले खाडल खन्यौ कि खनेनौ ?

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले विनियोजन र कार्यान्वयनबीचमा भएको ठूलो खाडललाई पुर्न कसिएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित पूर्व बजेट छलफल कार्यक्रममा उनले विगत वर्षका बजेटहरुले विनियोजन र कार्यान्वयनबीच खाडल बनाएको भन्दै अर्थ मन्त्री खाल्डो झन् खन्न होईन पुर्न कसिएको बताए ।

उनले भने, ‘विनियोजन र कार्यान्वयनको बीचमा ठूलो खाडल छ । यो खाडल खनेपछि खाडल भई नै हाल्छ । खनेकै खाडल हो । हामीले विगत वर्षका बजेटहरुलाई हेरौं, हामीले खाडल खन्यौ कि खनेनौ ?  ७ हजार योजनामा ११ हजार योजना थप्यौं, यो भन्दा उत्कृष्ट विनियोजन संसारमा खोज्न जान पर्छ । यस्तो उत्कृष्ट विनियोजनको अति उत्कृष्ट कार्यान्वयनको उदाहरण खोज्न पनि कतै जानु पर्ला त । त्यसकारण म के आग्रह गर्न चाहान्छु भने अहिले अर्थ मन्त्री खाल्डो खन्न होईन पुर्न कसिएको छ र यसमा तपाईहरुको साथ चाहिएको छ ।’

यसको साथै, उनले संविधानले निर्धारण गरेको अधिकारको सूचीभित्र रहेर बजेट निर्माण गर्ने एउटा चुनौती सिर्जना भएको पनि बताए । उनले भने, ‘म अर्थ मन्त्री संविधानको सिमा भित्र बस्न तयार हुनुपर्छ । एउटा चुनौती हामी आफैले के सिर्जना गरेका छौ भने संविधानले निर्धारण गरेको अधिकारको सूचीभित्र रहेर बजेट निर्माण गर्न, अथवा विनियोजित कुशलताको कुरा गर्न हामी सक्छौ कि सक्दैनौ भन्ने पनि प्रश्न छ । यस्तै चालु खर्चमा वृद्धिको कुरा गर्दा अनुमान गरेको भन्दा बाहिरबाट परिस्थितीहरु सिर्जना हुन्छ ।’

दशक दशकमा पनि पूरा नहुने बहुवर्षिय योजना रहेको भन्दै त्यसको दायित्व कति हुन्छ र त्यसको व्यवपसथापन कसरी गर्ने भन्ने कुराको पनि समस्या रहेको उनको भनाई छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

वि.सं.२०८३ असार ३२ बिहीवार १९:०५

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरु...

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:३३

काठमाडौं । विद्युत प्राधिकरणका निमिक्त कार्यकारी निर्देशन दीर्घायु कुमार श्रेष्ठले...

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

वि.सं.२०८३ असार ३२ बिहीवार १५:१०

काठमाडौँ । साउन १ गते शुक्रवारदेखि मुलुकमा नयाँ आर्थिक वर्ष...