back

रौतहटको दुई छुट्टाछुटै स्थानमा आगोलागी, रु १० लाख बराबरको क्षती

nactional life

रौतहट । रौतहटको दुई छुट्टाछुटै स्थानमा भएको आगोलागीमा रु.१० लाख ३८ हजार बराबरको क्षती भएको छ । गरुडा नगरपालिका –५ मा रहेको ठाकुर ग्रिल उद्योगमा सोमबार बेलुका करिब ९ बजे तिर आगलागी भएको हो ।

आगलागीको घटनाका बारेमा जानकारी पाउनका साथ ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक ओम प्रकाश यादवको नेतृत्वको टोलि खटिएको थियोे । सुरक्षाकर्मी , स्थानियबासी र वरुण यन्त्र (दमकल ) सहयोगमा आगो करीब एक घण्टा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यलय रौतहटका प्रवक्ता एवं डिएसपी दिपक कुमार रायले बताए ।

उनका अनुसार बिद्युत तार सर्ट भएर आगोलागी भएको अनुमान गरिएको छ । आगोलागीबाट उद्योगमा रहेको टायर, वल्डिङ मेसिन ,मर्मतका लागी राखिएको ट्याक्टर लगायत जलेर क्षती पुगेको उनले जानकारी दिए । आगोलागीबाट कुनै प्रकारको मानवीय क्षती नभएको उनको भनाइ छ।

आगोलागीमा रु.१० लाख बराबरको क्षती भएको प्रहरीले जानकारी दिएको छ ।यस्तै इशनाथ नगरपालिका ६ जयनगर बस्ने शेख वसिर अख्तरको पक्की घरको एक कोठामा आगोलागी भएको रौतहट प्रहरीले जनाएको छ । आगोलागीबाट कोठामा रहेका टि.भी , पलङ र साइकल लगायत जलेर क्षती भएको प्रहरीको भनाइ छ । घरको कोठामा मात्र आगोलागी भएकाले करीब ३८ हजार बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

दुई रुपैयाँ बदमासी भएको साबित भयो भने मन्त्री पद त्याग्छु :अर्थमन्त्री

दुई रुपैयाँ बदमासी भएको साबित भयो भने मन्त्री पद त्याग्छु :अर्थमन्त्री

वि.सं.२०८३ जेठ २८ बिहीवार १७:५२

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ विधेयक हेरफेरमा आफू...

आर्थिक अवस्थालाई चलायमान बनाउन आर्थिक गतिविधिलाई पुनः गति दिनु हो : अर्थमन्त्री

आर्थिक अवस्थालाई चलायमान बनाउन आर्थिक गतिविधिलाई पुनः गति दिनु हो : अर्थमन्त्री

वि.सं.२०८३ जेठ २८ बिहीवार १७:३१

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमा मध्यम वर्गलाई प्राथमिकता दिएको...

बजेटमाथि अमरेशकुमारको कटाक्ष: ‘बूढानीलकण्ठ पढेका अर्थमन्त्रीले गरिबलाई छोएनन्, यो बजेट फुकिएको बेलुन मात्र हो’

बजेटमाथि अमरेशकुमारको कटाक्ष: ‘बूढानीलकण्ठ पढेका अर्थमन्त्रीले गरिबलाई छोएनन्, यो बजेट फुकिएको बेलुन मात्र हो’

वि.सं.२०८३ जेठ २८ बिहीवार १५:३०

काठमाडौं । प्रतिनिधिसभामा सुरू भएको बजेटमाथिका छलफलमा रास्वपाका सांसद डा....

काठमाडौं उपत्यकामा मेट्रो रेलको तीव्र तयारी: २७.५ किलोमिटर लामो चक्रपथ-रत्नपार्क खण्डको डीपीआर प्रक्रिया सुरु

काठमाडौं उपत्यकामा मेट्रो रेलको तीव्र तयारी: २७.५ किलोमिटर लामो चक्रपथ-रत्नपार्क खण्डको डीपीआर प्रक्रिया सुरु

वि.सं.२०८३ जेठ २८ बिहीवार ११:३३

काठमाडौं । संघीय राजधानी काठमाडौं उपत्यकाको अत्यधिक र ब्याकलग बन्दै...

इतिहासकै ठूलो वित्तीय अपराधको छानबिन हुँदैछ, सरकारमाथि नियोजित रूपमा हिलो छ्यापियो: अर्थमन्त्री डा. वाग्ले

इतिहासकै ठूलो वित्तीय अपराधको छानबिन हुँदैछ, सरकारमाथि नियोजित रूपमा हिलो छ्यापियो: अर्थमन्त्री डा. वाग्ले

वि.सं.२०८३ जेठ २७ बुधवार १६:४१

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको इतिहासकै सबैभन्दा ठूलो वित्तीय...

विद्युत् व्यापारमा दोहोरो भ्याट नलाग्ने, ईभीमा मूल्यका आधारमा भन्सार लाग्ने : अर्थमन्त्री वाग्ले

विद्युत् व्यापारमा दोहोरो भ्याट नलाग्ने, ईभीमा मूल्यका आधारमा भन्सार लाग्ने : अर्थमन्त्री वाग्ले

वि.सं.२०८३ जेठ २७ बुधवार १३:२५

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युत् शक्तिको कारोबार गर्ने...