गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्ने : चैत २८ गते बुकक्लोज
वि.सं.२०८१ चैत १९ मंगलवार
काठमाडौ। गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ।
चैत १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १ बराबर १ अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो।
हकप्रदको प्रस्ताव पारित गर्न कम्पनीले २०८२ बैशाख ५ गते साधारण सभा बोलाउने भएको छ। साधारण सभा प्रयोजनार्थ कम्पनीले चैत २८ गते बुकक्लोज गर्ने भएको छ।
प्रकाशित समय : ११:०७ बजे





















