back

मन्त्री भण्डारीको निर्देशनमा वाणिज्य विभागले एक्सन लिदाँ सिमेण्टको भाउ घट्यो

nactional life

काठमाडौं । सरकारले पटकपटक गरेको पहलका कारण अहिले सिमेन्टको मूल्यमा प्रतिबोरा १५ देखि २५ रुपैयाँसम्म घटेको छ भने, फलामे छडको मूल्य किलोको २ रुपैयाँले झार्ने उद्योगीले तयारी गरिरहेका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको निर्देशनमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग कारबाहीमा उत्रिएपछि उद्योगीहरुले निर्माण सामग्रीको मूल्य घटाउन तयार भएका हुन् । विभागले अनुगमनलाई तिव्रता दिनुका साथै देशभरिका ठुला स्टिल र फलाम उद्योगहरुबाट आफ्नो उत्पादन लागतको विवरण पेस गर्न पत्राचार गरेको छ । यसै समयमा लोडसेडिङ्गको समय घटेका कारण समेत सिमेण्टको मुल्य घटेको हो ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक कुमार दहालले भने, ‘अहिले निर्माण सामग्रीको मुल्य देशभर नै घटिरहेको छ । स्टिलको कच्चा पदार्थ आयात गर्नुपर्ने हुदाँ कम रकम घटेपनी २–३ दिनमै घट्छ । उद्योगीले पेश गरेका वास्तविक लागतको विवरण अध्ययन गरेपछी अधिक्तम खुद्रा बिक्री मूल्य (एमआरपी) तोक्न सजिलो हुन्छ ।

सबै बस्तुहरुमा एमआरपी अनिवार्य गर्दा अहिलेको भन्दा सहुलियत अवश्य हुन्छ, हामी त्यसका लागी छलफलमा छौँ ।’ उनले भने, ‘मूल्यवृद्धि किन गरियो भनेर हामी सूक्ष्म ढंगले अध्ययन गरिरहेका छौं । हामी वाणिज्यलाई सहजीकरण गर्ने र सँगसँगै उपभोक्ताको पनि हित गर्ने निकाय हौं । त्यसैले उपभोक्ताको अधिकारको ग्यारेन्टी हाम्रो दायित्वमा पर्छ ।’

देशभरिका सबै उद्योगलाई यही चैत २० गतेभित्र आफ्ना उत्पादनका प्याकेटमा खुद्रा बिक्री मूल्य (एमआरपी) अंकित गर्न निर्देशन दिएको उनको भनाई छ । सिमेन्ट र स्टिल उद्योगहरुबाट उत्पादन लागतको विवरण आइरहेको विभागले जनाएको छ । अहिले जम्मा २६ वटा स्टिल उद्योग तथा ३२ वटा सिमेण्ट उद्योग सञ्चालनमा रहेका छन् । केहि दिन अघि अनुगमन गरी कारवाही समेत गरेको विभागले चैत २१ देखि हाम्रो कडा अनुगमन गर्ने जनाएको छ ।

एमआरपी नलेखिएका सबै वस्तु बरामद गरेर तिनका उत्पादकलाई कारबाही गर्ने विभागको भनाई छ । सिमेण्ट उत्पादक संघका अध्यक्ष रघु नन्दन मारुका अनुसार सिमेण्टको मुल्यमा १५ देखी २५ रुपयाँ सम्म घटेको छ । उनले भने, ‘२ दिनदेखी लोडसेडिङको समय न्यूनिकरण भएको छ । पहिला १२ घण्टा जती लोडसेडिङ हुने गरेकोमा अहिले ७ घण्टामा झरेको छ । त्यसले गर्दा हाम्रो लागत घट्यो र भाउ घटायौँ ।

अहिले कम्तीमा पनि प्रतिबोरामा १५ रुपयाँका दरले मुल्य घटेको छ ।’ अध्यक्ष मारुले सिमेन्टमा अधिक्तम मुल्य राख्ने विषयले भने उपभोक्ता झनै मारमा पर्ने सक्ने बताएका छन् । उनले भने, ‘बोरामै मुल्य राख्दा देशभरकै एकै मुल्य हुन्छ र दुर्गममा ढुवानीका कारण सोहि अनुसार बढी रकमको एमआरपी लेख्नुपर्छ ।

मुल्य राख्दा ढुवानी खर्च कम लाग्ने ठाउँका उपभोक्तालाई समस्या हुन्छ । यस विषयमा सरकार संग अझै छलफल गरेर निर्णय लिनुपर्ने देखिन्छ ।’  सिमेन्ट उद्योगहरुले मंसिरयता पटकपटक गरी बोराको २सय बढी रुपैयाँसम्म बढाएको उपभोक्ताको गुनासो आएपछी उद्योग मन्त्री भण्डारीकै समन्वयमा उद्योगीहरुले मुल्य घटाएका थिए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०५

काठमाडौं । प्रत्येक वर्ष जुन १२ मा विश्वभर विश्व बालश्रम...

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:००

विराटनगर । विराटनगरमा बिहीबारदेखि कोशी प्रदेश युवा सम्मेलन–२०२६ औपचारिक रूपमा...

हुम्ला–बाजुरा सीमा विवादले मुगुलाई असर, पर्यटन क्षेत्र प्रभावित 

हुम्ला–बाजुरा सीमा विवादले मुगुलाई असर, पर्यटन क्षेत्र प्रभावित 

वि.सं.२०८३ जेठ २९ शुक्रवार १०:५८

मुगु । छिमेकी मुगुसँग जोडिएका हुम्ला र बाजुरा जिल्लाको सीमा...

सर्वोच्च अदालतद्वारा सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतको फैसला सदर, मतियार ठहरिएका मोटरसाइकल धनीहरूको पुनरावेदन खारेज (पूर्णपाठ)

सर्वोच्च अदालतद्वारा सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतको फैसला सदर, मतियार ठहरिएका मोटरसाइकल धनीहरूको पुनरावेदन खारेज (पूर्णपाठ)

वि.सं.२०८३ जेठ २८ बिहीवार १६:४७

काठमाडौँ । सर्वोच्च अदालतको संयुक्त इजलास (माननीय न्यायाधीश श्री हरिप्रसाद...

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको तथ्य दुनियाँलाई थाहा छ : आङदेम्बे

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको तथ्य दुनियाँलाई थाहा छ : आङदेम्बे

वि.सं.२०८३ जेठ २७ बुधवार १६:४५

काठमाडौं । नेपाली कांग्रेसका सांसद भीष्मराज आङदेम्बेले नेपाल–भारत सीमा विवादजस्ता...

भारत भ्रमणले नेपाल–भारत सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो : परराष्ट्रमन्त्री खनाल

भारत भ्रमणले नेपाल–भारत सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो : परराष्ट्रमन्त्री खनाल

वि.सं.२०८३ जेठ २७ बुधवार १६:०९

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो हालैको भारत भ्रमणले नेपाल–भारत...