back

भेरी–बबई डाइभर्सन आयोजनाको ८४ प्रतिशत प्रगति

४८ मेगावाट विद्युत उत्पादनसहित बाँके र बर्दियाको करिब ५१ हजार जमिनमा सिँचाइ सुविधा पुर्याउने उक्त आयोजना ३३ अर्ब १९ करोड ६६ लाख लागत अनुमान गरिएको छ ।

सुर्खेत । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको प्रगति झण्डै ८४ प्रतिशत सकिएको छ ।

सुर्खेतको भेरीगंगा नगरपालिका–११ स्थित चिप्लेस्थित भेरी नदीमा बाँध बाँधेर १२.२ किलोमिटर सुरुङमार्फत भेरीको पानी सुर्खेत र बर्दियाको सिमानास्थित बबई नदीमा खसाल्न लागिएको योजनाको चालु आर्थिक बर्षको दोस्रो त्रैमासिकसम्म भौतिक प्रगति ८३ दशमलव ७ प्रतिशत र वित्तीय प्रगति ११६ दशमलव ९३ प्रतिशत रहेको छ ।

आयोजनाका लागि चालु आर्थिक वर्षका लागि एक अर्ब ७७ करोड छुट्याइएकोमा हालसम्म ४६ करोड रुपैयाँ खर्च भएको आयोजनाका प्रमुख रणबहादुर बमले बताए । चालु आर्थिक बर्षको लक्ष्य अनुसार आयोजनामा ६६ प्रतिशत भौतिक प्रगति भएको छ ।

४८ मेगावाट विद्युत उत्पादनसहित बाँके र बर्दियाको करिब ५१ हजार जमिनमा सिँचाइ सुविधा पुर्याउने उक्त आयोजना ३३ अर्ब १९ करोड ६६ लाख लागत अनुमान गरिएको छ । आयोजनामा हालसम्म १६ अर्ब ९६ करोड रुपैयाँ खर्च भएको छ । बाँधस्थल चिप्लेमा बाँधका ६ वटा ‘वे’ मध्ये २ वटाको ढलान, ग्राभल ट्रिप, फारवे, लिफ्ट वाल लगायतका संरचनाहरुको निर्माण सकिएको आयोजनाका सूचना अधिकारी पवन अधिकारीले जानकारी दिए ।

सर्ज साफ्ट निर्माण स्थलमा स्लोभ स्टभविलाइजेसन गर्ने कार्य सम्पन्न भई साफ्ट खन्न ग्रान्टी क्रेन राखेर कलर बिम ढलान भई साफ्ट खन्न सुुरु भएको उनले बताए । ‘पावर हाउस निर्माणस्थलमा उल्खलनको काम करिब ९५ प्रतिशत सम्पन्न भएको छ,’ उनले भने, ‘कोफर्डम निर्माण गरी बाटो डाइभर्सन गरिएको छ ।’ इलेक्ट्रोमेकानिकल सम्बन्धि ट्रान्सफर्मर–३, ट्रवाइन रनर र तीन वटा ड्राफ्ट ट्युव आयोजनास्थलमा ल्याइसकिएको उनले बताए ।

आयोजनालाई चाहिने ३३ हेक्टर जग्गामध्ये गत आर्थिक वर्षमा १०.५९ हेक्टर जग्गा प्राप्तिका लागि सूचना प्रकाशन भई जग्गाको स्वामित्व एकिन गर्ने कामसमेत सम्पन्न भएको छ । ६.५३ हेक्टर जग्गाको मुआब्जा रकम भुक्तानी भएको र बाँकी प्रक्रियामा छ । स्थानीयहरुले पटक–पटक स्थानीयस्तरमा सिर्जना हुने अवरोधका कारण आयोजनाले गति लिन नसकेको आयोजनाले जनाएको छ ।

छुट भएका ऐलानी जग्गा तथा उक्त जग्गामा निर्मित संरचनाको क्षतिपुर्तिका सम्बन्धमा स्थानीयहरुबाट आयोजनामा निवेदन पेश भई प्रक्रिया अघि बढेको छ । ऐलानी जग्गा प्राप्तिका सन्दर्भमा स्पष्ट नीति तथा कार्यविधिको अभाव रहनुको साथै ऐलानी जग्गाको स्वामित्व परिवर्तनले प्रक्रियागत जटिलता थपिने गरेको छ ।

पावर हाउस निर्माण हुने बबईको बायाँ किनारा बस्तीबाट निर्माणस्थलमा भएको अवरोध फुकाउन केही भूभागमा हाल कायम सिभिल निर्माण कार्यको ठेक्काबाट तथा अन्य भूभागमा नयाँ ठेक्काबाट निर्माण कार्य अगाडी बढाइ स्थानीयवासीहरुको माग सम्बोधन गरिएको छ । निर्माण व्यवसायीलाई आवश्यक दक्ष जनशक्ती, यन्त्र उपकरण तथा निर्माण सामाग्रीहरु लगायतको उचित व्यवस्थापनमा जोड एवं निर्देशनका साथै आवश्यक समन्वय गरिएको उनको भनाई छ ।

नेपालमै पहिलो पटक टनेल बोरिङ मेसिन (टिवीएम) प्रयोग गरिएको भेरी–बबई डाइभर्सन आयोजनाको सुरुङ निर्माणको काम निर्धारित समयमै सम्पन्न भएको नेपालकै नमूना आयोजना हो । १० फेव्रवरी, २०१५ बाट सुरु भएको उक्त आयोजनाको २८ मार्च, २०२० सम्म सुरुङ सम्पन्न गर्ने लक्ष्य थियो । लक्ष्यको झण्डै एक बर्ष अगाडि नै सुरुङ खन्ने काम सकिएको थियो ।

भेरी बबई भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना बर्दिया र बाँकेको ५१ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्याउने र बाह्रै महिना ४८ मेगावाट विद्युत उत्पादन गर्ने सरकारको बहुउद्देश्यीय राष्ट्रिय गौरवको आयोजना हो । भेरी नदीमा बाँध बाँधेर १२ किलोमिटर २ सय मिटर लामो सुरुङबाट ४० क्युबिक मिटर प्रतिसेकेन्ड पानी बबई नदीमा लगेर खसालिनेछ ।

बबई सिँचाइ आयोजनाबाट उक्त पानी बर्दिया र बाँकेको खेतीयोग्य जग्गामा सिँचाइ सुविधा पुग्ने छ । चिप्लेमा ड्याम बाँधेर भेरीको पानी सुरुङबाट लगेर बबईमा खसाली हात्तीखालमा विद्युत गृह निर्माण गरी विद्युत् उत्पादन गरिनेछ । उक्त आयोजनाले वर्षभरि नै एउटै क्षमतामा ४८ मेगावाट विद्युत उत्पादन गर्नेछ ।

nactional life
Corporatebazar 11 Anniversary

नेपाल राष्ट्र बैंकद्वारा कर्मचारी सुरक्षण कोषको ६५ करोड मुद्दती निक्षेपमा लगानी: कस्ता संस्थाले पाउँछन् रकम?

नेपाल राष्ट्र बैंकद्वारा कर्मचारी सुरक्षण कोषको ६५ करोड मुद्दती निक्षेपमा लगानी: कस्ता संस्थाले पाउँछन् रकम?

वि.सं.२०८३ वैशाख २९ मंगलवार १६:१२

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो आन्तरिक कोष व्यवस्थापन अन्तर्गत...

अर्थमन्त्री वाग्लेको गम्भीर खुलासा: ‘१६ अर्बको अपचलन र इन्साइडर ट्रेडिङमार्फत केही समूहले राजनीतिक संस्था नै कब्जा गरे’

अर्थमन्त्री वाग्लेको गम्भीर खुलासा: ‘१६ अर्बको अपचलन र इन्साइडर ट्रेडिङमार्फत केही समूहले राजनीतिक संस्था नै कब्जा गरे’

वि.सं.२०८३ वैशाख २९ मंगलवार १६:०१

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको पुँजी बजार र...

अतिरञ्जित बजेटको अभ्यास अन्त्य गर्नुपर्छ : अर्थमन्त्री डा.वाग्ले

अतिरञ्जित बजेटको अभ्यास अन्त्य गर्नुपर्छ : अर्थमन्त्री डा.वाग्ले

वि.सं.२०८३ वैशाख २९ मंगलवार १३:५३

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक नीति तथा कानुनी सुधारलाई...

पुँजी बजारमा १५–१६ अर्ब रुपैयाँको दुरुपयोग भएको अर्थमन्त्री डा.वाग्लेको आरोप

पुँजी बजारमा १५–१६ अर्ब रुपैयाँको दुरुपयोग भएको अर्थमन्त्री डा.वाग्लेको आरोप

वि.सं.२०८३ वैशाख २९ मंगलवार १३:५१

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले पुँजी बजारमा सीमित समूहले जनताको...

“नयाँ जनादेश, नयाँ संकल्प: १० वर्षमा आर्थिक कायापलट गर्ने सरकारको योजना” (पूर्णपाठ)

“नयाँ जनादेश, नयाँ संकल्प: १० वर्षमा आर्थिक कायापलट गर्ने सरकारको योजना” (पूर्णपाठ)

वि.सं.२०८३ वैशाख २८ सोमवार १८:१७

काठमाडौँ । सरकारले आगामी एक दशकलाई ‘आर्थिक रूपान्तरणको दशक’ घोषणा...

अन्तर्राष्ट्रिय मापदण्डमा जाँदै नेपाली पूँजी बजार: धितोपत्र नियमन र नेप्सेमा व्यापक हेरफेरको तयारी

अन्तर्राष्ट्रिय मापदण्डमा जाँदै नेपाली पूँजी बजार: धितोपत्र नियमन र नेप्सेमा व्यापक हेरफेरको तयारी

वि.सं.२०८३ वैशाख २८ सोमवार १७:०३

काठमाडौं । नेपालको पूँजी बजारलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यका साथ...