back

ओरिएण्टल इन्स्योरेन्सको नाफा ३२.५७ प्रतिशतले घट्यो, अन्य सबै सूचकमा चमत्कार

काठमाडौं । ओरिएण्टल इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद बीमा शुल्क ९.९० प्रतिशतले बढाएको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ५९ करोड ६८ लाख ३३ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको यस कम्पनीले अहिले ६५ करोड ५९ लाख ५७ रुपैयाँ आर्जन गरेको छ ।

तर यता चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा कम्पनीको खुद नाफा भने ३२.५७ प्रतिशतले घटेको छ । समिक्षा अवधिमा कम्पनीेले २५ करोड १२ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा ३७ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको बीमा कोषमा ६९ करोड ९७ लाख रुपैयाँ रहेको थियो भने चालु आर्थिक बर्षको यस अवधिमा बीमा कोषमा ९१ करोड ७६ लाख रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा ७ करोड ८८ लाख रुपैयाँ संचिती रहेको छ ।

यस अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ३१.४१ प्रतिशतले बढेर ३८ करोड ९४ लाख रुपैयाँ गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले २९ करोड ६३ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । यस अवधिमा कम्पनीको जगेडा कोषमा ७ करोड ८८ लाख रुपैयाँ रहेको छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ७२ पैसा रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा १० रुपैयाँ १७ पैसा रहेको थियो । कम्पनीको नेटवर्थ प्रतिशेयर १७८ रुपैयाँ ७७ पैसा रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको २ सय रुपैयाँ ३५ पैसा रहेको थियो ।

२०७८ जेठ ७ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

वि.सं.२०८३ असार ३२ बिहीवार १९:०५

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरु...

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:३३

काठमाडौं । विद्युत प्राधिकरणका निमिक्त कार्यकारी निर्देशन दीर्घायु कुमार श्रेष्ठले...

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३५

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...