आज फेरि थप ६० अर्ब तान्दै राष्ट्र बैंक
वि.सं.२०८१ माघ ६ आइतवार
काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट आज थप ६० अर्ब रकम खिच्ने भएको छ ।
केन्द्रिय बैंकले बैंकिङ्गा प्रणालीमा अधिक तरलता भएपछि व्यवस्थापनका लागि ६० अर्ब रुपैयाँ खिच्ने भएको हो । बैंक तथा वित्तिय संस्थाहरुबाट सो बराबरको रुपैयाँ निक्षेप तान्ने भएको छ ।
राष्ट्र बैंकले आज मध्यान्ह २ बजे बोलकबोल मार्फत सो बराबरको रकम २१ दिनका लागि निक्षेप संकलन गर्न जनाएको छ । बाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुले बोलकबोलमा ब्याजदर प्रस्ताव गर्न सक्नेछन् । ब्याजदरमा बहुबोलकबोल पनि गर्न सक्नेछन् । त्यसमा सबै भन्दा कम ब्याजदर प्रस्ताव गर्नेलाई प्राथमिकतामा राखिने राष्ट्र बैंकले जनाएको छ ।
बोलकबोलमा बैंकहरुले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म प्रस्ताव गर्न सक्नेछन् । यस बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा प्रयोग गर्न पनि सकिने छ ।

प्रकाशित समय : १०:२० बजे





















