back

कृषि विकास बैंकको ५८औँ वार्षिकोत्सवको अवसरमा आयोजित फुटसल प्रतियोगिता सम्पन्न

काठमाडौं । कृषि विकास बैंक लिमिटेडको ५८औँ वार्षिकोत्सवको अवसरमा आयोजित एडिबिएल कर्पोरेट फुटसल २०८१ सफलतापूर्वक सम्पन्न भएको छ।

बैंकको वार्षिकोत्सवको अवसरमा विभिन्न कर्पोरेट हाउसहरूबीच आत्मीयता र सम्बन्ध विस्तारका लागि आयोजना गरिएको यो प्रतियोगितामा महिला र पुरुष दुवै तर्फको खेल रोमाञ्चक रूपमा सम्पन्न भएको हो।

महिला तर्फको फाइनलमा कृषि विकास बैंकको टिमले ग्लोबल आईएमई बैंकको टिमलाई पराजित गर्दै उपाधि जितेको छ। नियमित समयको खेल ०–० को बराबरीमा सकिएपछि सडन डेथमा २–१ को गोल अन्तरले कृषि विकास बैंक विजयी बनेको हो। ग्लोबल आईएमई बैंकको टिम दोस्रो स्थानमा सीमित रह्यो भने ओर्ल्डलिंक कम्युनिकेसनको टिम तेस्रो स्थानमा रहन सफल भयो।

पुरुष तर्फ एनआईएमबि बैंकको टिमले उत्कृष्ट प्रदर्शन गर्दै ग्लोबल आईएमई बैंकलाई ३–० गोल अन्तरले पराजित गरेको छ। यससँगै एनआईएमबि बैंकले उपाधि जित्न सफल भयो भने ग्लोबल आईएमई बैंक दोस्रो स्थानमा रह्यो भने कृषि विकास बैंकको टिम तेस्रो स्थानमा रहन सफल भयो।

यस प्रतियोगितामा महिला तर्फ उत्कृष्ट खेलाडीको उपाधि कृषि विकास बैंककी भावना बमले जितिन् भने पुरुष तर्फ एनआईएमबि बैंकका सुलभ थापा उत्कृष्ट खेलाडी बने। उत्कृष्ट गोलरक्षक महिला तर्फ ग्लोबल आईएमई बैंककी सानुमाया गुरुङ र पुरुष तर्फ एनआईएमबि बैंकका सगुन कुमार मोक्तान घोषित भए।

उच्च गोलकर्ताको उपाधि महिला तर्फ ग्लोबल आईएमई बैंककी चन्द्रिका भट्ट र पुरुष तर्फ नेको इन्स्योरेन्सका क्षितिज सुवेदीले हात पारे।

समापन समारोहमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले प्रतियोगिताले विभिन्न संस्थाहरूबीचको सम्बन्ध प्रगाढ बनाउन र कर्मचारीहरूको प्रेरणा अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए।

यो प्रतियोगिता माघ १ गते सुरु भई माघ ५ गते सम्पन्न भएको थियो। यसको आयोजना वार्षिकोत्सव अतिरिक्त क्रियाकलाप व्यवस्थापन समितिको संयोजनमा गरिएको थियो।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

 बैंकिङ क्षेत्रमा तरलताको बाढी, तर बदलिँदो निक्षेपको संरचनाले के संकेत गर्छ?

 बैंकिङ क्षेत्रमा तरलताको बाढी, तर बदलिँदो निक्षेपको संरचनाले के संकेत गर्छ?

वि.सं.२०८३ साउन ३ आइतवार १४:०१

काठमाडौं। नेपाली बैंकिङ क्षेत्रमा ऐतिहासिक रूपमा निक्षेप (नगद प्रवाह) संकलनमा...

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३५

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

लगानीयोग्य रकम थुप्रिएर १५ खर्ब ६० अर्ब पुग्यो, कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती

वि.सं.२०८३ असार ३२ बिहीवार ११:३९

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन एक साता मात्र बाँकी...

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

साउनमा बैंकहरूको ब्याजदर थप घट्यो, नेपाल बैंकले भने बढायो (सूचीसहित)

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१४

काठमाडौं । नेपालका २० वटा वाणिज्य बैंकहरूले आगामी साउन महिनाका...

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा स्वास्थ्य संस्था र विद्यालयलाई व्हीलचेयर तथा स्वच्छ खानेपानी सामग्री हस्तान्तरण

वि.सं.२०८३ असार २९ सोमवार १५:२१

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : अर्थतन्त्रको बलियो खम्बा बन्दै ‘बैंकिङ एन्ड बियोन्ड’ को नयाँ अध्याय

वि.सं.२०८३ असार २८ आइतवार १७:३९

काठमाडौं । नेपालको पहिलो निजी क्षेत्रको वाणिज्य बैंक नबिल बैंक...