फेरि बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
वि.सं.२०८१ माघ २ बुधवार
काठमाडौं । बुधवार सुनको मूल्य बढेको छ । आज नेपाली बजारमा छापावाला सुनको मूल्य तोलामा ४०० रुपैयाँ बढेको हो ।
अघिल्लो दिन नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ५५ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो । तर, आज भने बढेर तोलामा १ लाख ५५ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चौंथो कारोबार दिन आज चाँदीको मूल्य पनि वृद्धि भएको छ । आज चाँदी तोलामा १० रुपैयाँ बढेर १ हजार ८३० रुपैयाँ कायम भएको छ ।
प्रकाशित समय : ११:०२ बजे





















