आईतबार सुन र चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
वि.सं.२०८१ पुस ७ आइतवार
काठमाडौं । आईतबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ ।
आज सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँले बढेको छ भने चाँदी तोलामा ३० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४९ हजार ६०० रुपैयाँमा किनबेच भइरहेको छ ।
आज चाँदी प्रतितोला १ हजार ७९० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित समय : १०:४८ बजे





















