बिहिबार सुनको मूल्य १ हजार ७०० रुपैयाँले घटयो, प्रतितोला कति ?
वि.सं.२०८१ पुस ४ बिहीवार
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज छापावाला सुन तोलामा १ हजार ७०० रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन भने सुन तोलामा १लाख ५० हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेर प्रतितोला १ हजार ७८० रुपैयाँमा किनबेच भइरहेको छ ।
प्रकाशित समय : १०:४५ बजे





















