सुनको मूल्य १ हजार रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
वि.सं.२०८१ मंसिर १८ मंगलवार
काठमाडौं । आज नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । कारोबार हुने साताको तेस्रो दिन आज सुन तोलामा १ हजार रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ३०० रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो दिन हिजो छापावाला सुन प्रतितोलामा १ लाख ४९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, यस दिन चाँदीको मूल्य पनि ३० रुपैयाँले बढेको छ ।आज चाँदी प्रतितोला १ हजार ८४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
प्रकाशित समय : १०:५२ बजे