back

पूर्वीनाकाबाट १५ करोडको खुदो बङ्गलादेश निर्यात

भद्रपुर । पूर्वीनाका काँकडभिट्टाबाट गत आर्थिक वर्ष २०८०/८१ मा रु १४ करोड ९३ लाख ६९ हजार बराबरको मोलास्सेस (खुदो) बङ्गलादेश निर्यात भएको छ ।

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय काँकडभिट्टाका प्रमुख सुवास पाण्डेयका अनुसार गत आवमा नौ हजार सात सय ४१ दशमलव ६५ मेट्रिक टन खुदो बङ्गलादेश निर्यात भएको हो । “चालु आव २०८१/८२ को भदौ दोस्रो सातासम्म तीन हजार पाँच सय ५५ दशमलव ६ मेट्रिक टन अर्थात् रु पाँच करोड ३१ लाख ९७ हजार बराबरको खुदो बङ्गलादेश निर्यात भएको थियो ।

भारतले बङ्लादेशमा खुदो निर्यात गर्दा ५० प्रतिशत कर लगाएसँगै नेपालबाट यसको माग बढेको व्यवसायी एवं क्लियरिङ एजेन्ट नवीन दाहाल बताउनुहुन्छ । उहाँका अनुसार भारतबाट मात्रै निर्यात भइरहेको खुदोमा भारी मात्रामा कर लगाउँदा आगामी दिनमा नेपालबाट खुदो बङ्गलादेश निर्यात हुने क्रम बढ्ने उहाँ बताउनुहुन्छ । आगामी कात्तिक/मङ्सिरदेखि उखु पेल्न सुरु भएसँगै ठूलो मात्रामा खुदो बङ्गलादेश निर्यात हुने व्यावसायी दाहालको भनाइ छ ।

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीका प्रमुख पाण्डेका अनुसार नेपालको पूर्वीनाका काँकडभिट्टाबाट भारतको पश्चिम बङ्गालको फूलबारी, बङ्गलादेशको उत्तरीनाका बङ्गलाबन्ध हुँदै बङ्गलादेशसँग व्यापार हुँदै आएको छ ।

 


‘पठाओ दसैँ महोत्सव २०८१’ सुरू, बम्परमा होण्डा साइन मोटरसाइकल  साथै १ प्रतिशत कमिसन अफर

‘पठाओ दसैँ महोत्सव २०८१’ सुरू, बम्परमा होण्डा साइन मोटरसाइकल साथै १ प्रतिशत कमिसन अफर

वि.सं.२०८१ असोज २ बुधवार ११:१९

काठमाडौं । नेपालको लोकप्रिय राइड सेयरिङ प्लाटफर्म पठाओ नेपालले 'पठाओ...

“माईपे मेला: चाडवाडको बहार, माईपेमा उपहारै उपहार” अफर सार्वजनिक

“माईपे मेला: चाडवाडको बहार, माईपेमा उपहारै उपहार” अफर सार्वजनिक

वि.सं.२०८१ असोज १ मंगलवार २१:३१

काठमाडौं । डिजिटल वालेट माईपेले नेपालीहरुको महान पर्व वडा दशैं,...

सरकारको दुई महिनाको बजेट खर्च: झण्डै १२ प्रतिशत राजस्व उठ्दा कुन शिर्षकमा कति खर्च भयो?

सरकारको दुई महिनाको बजेट खर्च: झण्डै १२ प्रतिशत राजस्व उठ्दा कुन शिर्षकमा कति खर्च भयो?

वि.सं.२०८१ असोज १ मंगलवार २१:०६

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को सुरुवाती दुई महिनामा...

सिटी एक्सप्रेसको दशैं–तिहार योजना सार्वजनिक

सिटी एक्सप्रेसको दशैं–तिहार योजना सार्वजनिक

वि.सं.२०८१ असोज १ मंगलवार २१:०३

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैं, तिहार र छठ...

एनसेलले मनायो १९ ‍औं वार्षिकोत्सव, सामाजिक पहलमा २० करोड योगदान गर्ने प्रतिबद्धता

एनसेलले मनायो १९ ‍औं वार्षिकोत्सव, सामाजिक पहलमा २० करोड योगदान गर्ने प्रतिबद्धता

वि.सं.२०८१ असोज १ मंगलवार १६:०५

काठमाडौं । एनसेलले १९औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा...

अर्थ मन्त्रालयद्वारा बहुवर्षीय स्रोत सहमतिको विवरण उपलब्ध गराउन ताकेता

अर्थ मन्त्रालयद्वारा बहुवर्षीय स्रोत सहमतिको विवरण उपलब्ध गराउन ताकेता

वि.सं.२०८१ भदौ ३१ सोमवार १०:४३

काठमाडौं ।अर्थ मन्त्रालयले बहुवर्षीय स्रोत सहमति र भुक्तानी गर्न बाँकी...