back

६ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण आयोजनाबाट २६८ परिवार प्रभावित हुने

“वन क्षेत्र ७० हेक्टर र सरकारी जग्गा ६ हेक्टर अधिग्रहण हुनेछ”

सङ्खुवासभा  । पूर्वी पहाडी जिल्ला सङ्खुवासभामा निर्माण हुन लागेको ६ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाबाट दुई सय ६८ परिवार प्रत्यक्षरुपमा प्रभावित हुने भएका छन् ।

निर्माण कम्पनी भारतको सतलजले प्रस्ताव गरेको तल्लो अरुण जलविद्युत् आयोजना पुर्नवास तथा पुनःस्थापनाको मस्यौदा प्रतिवेदन अनुसार उक्त आयोजना निर्माणका लागि करिब ६५ हेक्टर जमिन अधिग्रहण गरिने छ । “यसबाहेक वन क्षेत्र ७० हेक्टर र सरकारी जग्गा ६ हेक्टर अधिग्रहण हुनेछ”, तल्लो अरुण पावरडेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी निर्देशक अरुण धिमानले भन्नुभयो ।

प्रभावित स्थानीयलाई करिब रु एक अर्ब ४० करोड रकम मुआब्जा वितरण गरिने आयोजनाले जनाएको छ । तल्लो अरुण बन्ने पक्का भएपछि प्रभावित क्षेत्रका बासिन्दासँग निर्माणकर्ता भारतीय सतलज कम्पनीले छलफल अघि बढाएको छ । नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् उत्पादनपछि खेर गएको पानीबाट खाँदबारी नगरपालिका–२ चेवाबेसीमा करिब १७ दशमलव चार किलोमिटर सुरुङ मार्गबाट पानी ल्याएर तल्लो अरुण आयोजना निर्माण गर्न लागिएको हो । भारतीय कम्पनी सतलजले नै अहिले नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।


बजेटको अंक भन्दा नीतिगत सिफ्टलाई प्राथमिकतामा राख्न आग्रह

बजेटको अंक भन्दा नीतिगत सिफ्टलाई प्राथमिकतामा राख्न आग्रह

वि.सं.२०८१ चैत १४ बिहीवार १६:४५

काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/०८३ बजेट निर्माण सम्बन्धमा...

माथिल्लो तामाकोशीले घुँडा टेकेपछि बढ्ने भयो जिल्लावासी कर्मचारीको तलब

माथिल्लो तामाकोशीले घुँडा टेकेपछि बढ्ने भयो जिल्लावासी कर्मचारीको तलब

वि.सं.२०८१ चैत १४ बिहीवार ११:०४

दोलखा । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले कम्पनीमा कार्यरत सबै कर्मचारीहरूको...

भेरी–बबई डाइभर्सन आयोजनाको ८४ प्रतिशत प्रगति

भेरी–बबई डाइभर्सन आयोजनाको ८४ प्रतिशत प्रगति

वि.सं.२०८१ चैत १३ बुधवार ११:३५

सुर्खेत । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको भेरी बबई डाइभर्सन...

यस्ता छन् प्रतिनिधिसभाले पारित गरेका आर्थिक सुधारसँग जोडिएका ३ विधेयक

यस्ता छन् प्रतिनिधिसभाले पारित गरेका आर्थिक सुधारसँग जोडिएका ३ विधेयक

वि.सं.२०८१ चैत ८ शुक्रवार ०८:४७

काठमाडौँ । आर्थिक विकास तथा लगानी विस्तारसँग जोडिएका विधेयकहरू प्रतिनिधिसभामा...

नेपालको व्यापार घाटा बढ्दो : ८ महिनामा निर्यात व्यापार १ खर्ब ५८ अर्ब पुग्यो

नेपालको व्यापार घाटा बढ्दो : ८ महिनामा निर्यात व्यापार १ खर्ब ५८ अर्ब पुग्यो

वि.सं.२०८१ चैत ७ बिहीवार १८:२९

काठमाडौं । पछिल्लो केही महिनादेखि सोयाविन तेल निर्यात ह्वात्तै बढ्दा...

अर्थ मन्त्रालयमा बैठक : नेपाल विकासशील राष्ट्र हुनका लागि तयारी सुरु

अर्थ मन्त्रालयमा बैठक : नेपाल विकासशील राष्ट्र हुनका लागि तयारी सुरु

वि.सं.२०८१ चैत ६ बुधवार १७:२३

काठमाडौं । नेपाल अल्पविकसित राष्ट्र समूहबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा...