back

एमसिए–नेपालद्वारा १८ किमि प्रसारण लाइन निर्माण सम्झौतामा हस्ताक्षर

“यो १८ किमि अंश निर्माण आयोजना मात्रै होइन, नेपालको ऊर्जा पूर्वाधारमा सुधार गर्ने र भारतसँगको सीमापार ऊर्जा सहकार्यलाई थप गहन बनाउनेसन्दर्भमा यो महत्वपूर्ण सेतु हो ।

काठमाडौँ । नेपाल सरकारको लगानी र अमेरिकी सरकारको अनुदानमा कार्यान्वयन भइरहेको एमसिसी नेपाल कम्प्याक्ट कार्यक्रमअन्तर्गतको विद्युत् प्रसारण आयोजनाअन्तर्गत १८ किमि सीमापार प्रसारण लाइन निर्माण सम्झौतामा एमसिए–नेपालले हस्ताक्षर गरेको छ ।

एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र ट्रान्सरेल लाइटिङ लिमिटेडका प्रतिनिधि अमोल वाङदेले उक्त सम्झौतामा हस्ताक्षर गर्नुभयो ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा निर्माणाधीन ४०० केभी क्षमताको नयाँ बुटवल सबस्टेशनदेखि नेपाल–भारत सीमासम्म २१ महिनाको करार अवधिमा निर्माण गरिने यो आयोजनाका लागि १२ दशमलव ३६ मिलियन अमेरिकी डलरको सम्झौता ट्रान्सरेल लाइटिङ लिमिटेडसँग गरिएको छ ।

अर्थसचिव एवं एमसिए–नेपाल सञ्चालक समितिका अध्यक्ष डा रामप्रसाद घिमिरेले भन्नुभयो, “निर्माण सम्झौता सम्पन्न भइसकेका तीन वटा सबस्टेसनसहित यो १८ किमि प्रसारण लाइनले नेपालको ऊर्जासम्बन्धी आन्तरिक लक्ष्य हासिल गर्नुका साथै क्षेत्रीय ऊर्जा बजारमा नेपाललाई स्थापित गराउन नेपाललाई सघाउने सन्दर्भमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।”

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भन्नुभयो, “यो १८ किमि अंश निर्माण आयोजना मात्रै होइन, नेपालको ऊर्जा पूर्वाधारमा सुधार गर्ने र भारतसँगको सीमापार ऊर्जा सहकार्यलाई थप गहन बनाउनेसन्दर्भमा यो महत्वपूर्ण सेतु हो । यो उपलब्धि संलग्न भएका सबैको रणनैतिक दूरदृष्टि र प्रतिबद्धताको प्रमाण हो ।”

एमसीसीका आवासीय राष्ट्रिय निर्देशक डायन एल फ्रान्सिस्कोले भन्नुभयो, “१८ किमि सीमापार प्रसारण लाइन निर्माणका लागि सम्झौता गर्नेसन्दर्भमा प्राप्त यो सफलतापूर्ण नेपालको ऊर्जा परिदृश्य र आर्थिक भविष्यलाई रूपान्तरण गर्ने हाम्रो साझा यात्राको एउटा मुख्य कोशेढुङ्गा हो । यो उपलब्धि एमसीसी नेपाल कम्प्याक्टले गएको वर्ष हासिल गरेका कैयौँ सफलतामध्ये एउटा हो तर यसले वृहद् दुई सय ९७ किमि लामो प्रसारण लाइन निर्माणका लागि मार्गप्रशस्त गर्ने भएकोले यसको विशेष महत्व छ ।”

एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले एमसीसी नेपाल कम्प्याक्टको पहिलो वार्षिकोत्सव मनाउँदै गर्दा हस्ताक्षर गरिएको यस निर्माण सम्झौता प्रगतिको सूचक भएको बताउनुभयो । “छिटो निर्माण सम्पन्न गर्नका लागि वृहद् प्रसारण लाइनबाट छुट्याइएको १८ किमि सीमापार अंशले यस राष्ट्रिय गौरवको आयोजनाको लक्ष्य हासिल गर्नमा नेपाल सरकारको प्रतिबद्धतालाई प्रतिविम्बित गर्दछ र सबै सरोकारवालाबीचको सहकार्यात्मक प्रयासले सफलतापूर्ण उपलब्धि दिलाउँछ भन्ने कुराको पुष्टि गर्दछ”, उहाँले भन्नुभयो ।

बाँकी दुई सय ९७ किमि प्रसारण लाइन निर्माणका लागि यसै वर्षको अन्त्यसम्ममा बोलपत्र आह्वान गर्न एमसिए–नेपालले तयारी गरिरहेको जनाइएको छ ।

 

nactional life
Corporatebazar 11 Anniversary

किसानलाई सिधै बजारसँग जोड्ने सरकारको योजना: थोक बजारमा १० प्रतिशत र हाटबजारमा ५०प्रतिशत ‘किसान सेड’ अनिवार्य

किसानलाई सिधै बजारसँग जोड्ने सरकारको योजना: थोक बजारमा १० प्रतिशत र हाटबजारमा ५०प्रतिशत ‘किसान सेड’ अनिवार्य

वि.सं.२०८३ वैशाख ८ मंगलवार २२:०१

काठमाडौँ । कृषि क्षेत्रमा व्याप्त बिचौलिया संयन्त्रलाई निरुत्साहित गर्दै वास्तविक...

बजारमा देखिन थाल्यो महँगीको ‘सुनामी’: इन्धनदेखि भान्छासम्म चौतर्फी मार

बजारमा देखिन थाल्यो महँगीको ‘सुनामी’: इन्धनदेखि भान्छासम्म चौतर्फी मार

वि.सं.२०८३ वैशाख ८ मंगलवार २१:१६

काठमाडौँ । अन्तर्राष्ट्रिय भू-राजनीतिक तनाव र पेट्रोलियम पदार्थको अनियन्त्रित मूल्यवृद्धिको...

प्रत्यक्ष विदेशी लगानीमा गिरावट: प्रतिबद्धता ४१ अर्ब पुग्दा वास्तविक लगानी भने १० अर्ब मात्र

प्रत्यक्ष विदेशी लगानीमा गिरावट: प्रतिबद्धता ४१ अर्ब पुग्दा वास्तविक लगानी भने १० अर्ब मात्र

वि.सं.२०८३ वैशाख ८ मंगलवार ११:०५

काठमाडौँ । सरकारले विदेशी लगानी आकर्षित गर्न 'अटोमेटिक रुट' (स्वचालित...

स्रोतको संकुचन र जनताको उच्च आकांक्षाबीच नयाँ बजेटको तयारी: सिलिङ १८ खर्ब ९० अर्ब

स्रोतको संकुचन र जनताको उच्च आकांक्षाबीच नयाँ बजेटको तयारी: सिलिङ १८ खर्ब ९० अर्ब

वि.सं.२०८३ वैशाख ८ मंगलवार १०:३०

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १८...

अर्थमन्त्री स्वर्णिम वाग्लेले गरे विषयगत मन्त्री र सचिवहरूसँग बजेट तयारी छलफल

अर्थमन्त्री स्वर्णिम वाग्लेले गरे विषयगत मन्त्री र सचिवहरूसँग बजेट तयारी छलफल

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:३१

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विषयगत मन्त्रालयका मन्त्री र...

नौ महिनामा साढे १० अर्बको अलैँची निर्यात

नौ महिनामा साढे १० अर्बको अलैँची निर्यात

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:२२

काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८२÷८३ को नौ महिना...