back

अत्यावस्यक स्वास्थ्य सामग्री आयातमा डलर सटहीको सीमा हट्यो, यस्ता छन् अन्य व्यवस्था

काठमाडौं । सरकारले स्वास्थ्य सम्बन्धी महत्वपूर्ण सामग्री आयातका लागि डलर सटही सुविधाको सीमा हटाएको छ । कोरोना महामारीको त्रास बढ्दै गएको र अक्सिजनको समेत अभाव देखिएपछि अक्सिजनजन्य स्वास्थ्य सम्बन्धी सामाग्री  आयातलाई सहज बनाउँने उद्देश्यका साथ नेपाल राष्ट्र बैंकले डलर सटहीमा लाग्ने सीमा हटाइदिएको हो ।

अहिले प्रतितपत्र (एलसी) विना ड्राफ्ट र टीटीको माध्यमबाट हुने वस्तु आयातका लागि सटही सुविधा बढीमा एक पटकमा अमेरिकी डलर ३५ हजार वा सो बराबरको परिवर्त्य विदेशी मुद्रासम्मका लागि मात्र प्रदान हुने व्यवस्था रहेको छ ।

यद्यपी अब भने स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागको सिफारिसमा गरिने कोभिड–१९सँग सम्बन्धित औषधिजन्य सामाग्रीहरु तथा स्वास्थ्य उपकरणहरुको आयातको हकमा एउटै बीजकबाट अमेरिकी डरल एक लाख सम्मको ड्राफ्ट वा टि.टिको माध्यमबाट भुक्तानी गर्न सकिने भनेको छ । तर, सोही भन्दा बढीको सटही सुविधा आवश्यक परेमा भने स्वास्थ्य सेवा विभागको सिफारिससहित स्वीकृतिका लागि राष्ट्रबैंकमा निवेदन दिनु पर्ने छ ।
साथै, अक्सिजन सिलिण्डर, अक्सिजन ट्यांकी, अक्सिजन जेनेरेटर लगायत अक्सिजनका अन्य सामग्रीहरु आयात गर्दा असार मसान्तसम्म उल्लिखित व्यवस्था अनिवार्य नहुने भएको छ ।
राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले अक्सिजन लगायतका जीवनोपयोगी सामग्री चाँडो भन्दा चाँडो आयात गर्न सहज गराउन यस्तो व्यावस्था गरेको बताए ।

२०७८ वैशाख ३० गते प्रकाशित


melung
निजी क्षेत्रमा कर्जा प्रवाह ३.८ प्रतिशतले बढ्यो, कुन क्षेत्रमा कति ?(डाटासहित)

निजी क्षेत्रमा कर्जा प्रवाह ३.८ प्रतिशतले बढ्यो, कुन क्षेत्रमा कति ?(डाटासहित)

वि.सं.२०८० भदौ १ शुक्रवार १४:१७

काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३.८...

नेपाल राष्ट्र बैंकद्वारा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक (पूर्णपाठसहित)

नेपाल राष्ट्र बैंकद्वारा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक (पूर्णपाठसहित)

वि.सं.२०८० भदौ १ शुक्रवार १४:१०

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय...

‘देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्वलाई बढाउने सरकारकाे नीति’: अर्थमन्त्री महत

‘देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्वलाई बढाउने सरकारकाे नीति’: अर्थमन्त्री महत

वि.सं.२०८० साउन ३० मंगलवार १६:४२

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशभित्रै उत्पादन बढाएर आन्तरिक...

यस कारण भदौमा अधिकांश बैंकको ब्याज बढ्ने

यस कारण भदौमा अधिकांश बैंकको ब्याज बढ्ने

वि.सं.२०८० साउन ३० मंगलवार १६:२७

काठमाडौं । भदौमा अधिकांश बैंकहरुले निक्षेपतर्फको ब्याज बढाउने भएका छन्...

सरकारलाई सबैभन्दा बढी कर तिर्ने बैंक बन्यो ग्लोबल आइएमई

सरकारलाई सबैभन्दा बढी कर तिर्ने बैंक बन्यो ग्लोबल आइएमई

वि.सं.२०८० साउन ३० मंगलवार १५:५७

काठमाडौँ । देशको सबैभन्दा ठूलो बैंक ग्लोबल आइएमई बैंक लिमिटेड...

निर्माण व्यवसायीको समस्या सरकारले समाधान गर्छ भुक्तानी पनि हुन्छ: अर्थमन्त्री महत

निर्माण व्यवसायीको समस्या सरकारले समाधान गर्छ भुक्तानी पनि हुन्छ: अर्थमन्त्री महत

वि.सं.२०८० साउन २९ सोमवार १६:२७

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महत र आन्दोलनरत निर्माण व्यवसायीबीच...