back

महालक्ष्मी लाइफको नाफामा सामान्य वृद्धि, यस्ता छन् अन्य सूचक

काठमाडौँ । महालक्ष्मी लाइफ इन्स्योरेन्सले चालु आवको तेस्रो त्रैमासमा ६ करोड ६८ लाख नाफा कमाएको छ । गत आवको तुलनामा १ दशमलव ४९ प्रतिशतले बढी हो । गत आवको यसै अवधिमा कम्पनीले ६ करोड ५८ ला खरुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीले यो अवधिमा खुद बीमा शुल्क संकलन पनि बढाएको छ । गत आवको समिक्षा अवधिको तुलनामा कम्पनीले खुद बीमाशुल्क संकलन ९९.५१ प्रतिशतले बढाएको हो । गत आवको यसै अवधिमा कम्पनीले ३९ करोड ३१ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेकोमा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ७८ करोड ४२ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ ।

समीक्षा अवधिमा कम्पनीको बीमा कोषको आकार १७१.५८ प्रतिशतले बढेर १ अर्ब ३३ करोड ६० लाख रुपैयाँको छ । गत आवको यसै अवधिमा कम्पनीको बीमा कोषमा ४९ करोड १९ लाख रुपैयाँ रहेको थियो ।
चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको जगेडा कोषमा १६ करोड ८ लाख रुपैयाँ सञ्चित छ ।

कम्पनीले चैतमसान्तसम्म लगानी, कर्जा तथा अन्य आयबाट ७ करोड १८ लाख ४० हजार र बीमालेखको धितोमा कर्जाबाट १ करोड २० लाख रुपैयाँ आम्दानी गरेको छ । यस अवधिमा अभिकर्ता कमिशन वापत १५ करोड ३९ लाख रुपैयाँ खर्चेको छ ।

कम्पनीले चालु आवको तेस्रो त्रैमासको अवधिमा ७९ करोड ४९ लाख २३ हजार कुल बीमशुल्क संकलन गरेको छ । गत आवको तेस्रो त्रैमाससम्ममा ६४ करोड ९६ लाख २३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।

कम्पनीले ७ वटा बीमा दावी वापत २ करोड ९२ लाख रुपैयाँ कुल दावी भुक्तानी गरेको छ भने ८ लाख ७० हजार रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

२०७८ वैशाख ३० गते प्रकाशित


melung
निजी क्षेत्रमा कर्जा प्रवाह ३.८ प्रतिशतले बढ्यो, कुन क्षेत्रमा कति ?(डाटासहित)

निजी क्षेत्रमा कर्जा प्रवाह ३.८ प्रतिशतले बढ्यो, कुन क्षेत्रमा कति ?(डाटासहित)

वि.सं.२०८० भदौ १ शुक्रवार १४:१७

काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३.८...

नेपाल राष्ट्र बैंकद्वारा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक (पूर्णपाठसहित)

नेपाल राष्ट्र बैंकद्वारा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक (पूर्णपाठसहित)

वि.सं.२०८० भदौ १ शुक्रवार १४:१०

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय...

‘देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्वलाई बढाउने सरकारकाे नीति’: अर्थमन्त्री महत

‘देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्वलाई बढाउने सरकारकाे नीति’: अर्थमन्त्री महत

वि.सं.२०८० साउन ३० मंगलवार १६:४२

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशभित्रै उत्पादन बढाएर आन्तरिक...

यस कारण भदौमा अधिकांश बैंकको ब्याज बढ्ने

यस कारण भदौमा अधिकांश बैंकको ब्याज बढ्ने

वि.सं.२०८० साउन ३० मंगलवार १६:२७

काठमाडौं । भदौमा अधिकांश बैंकहरुले निक्षेपतर्फको ब्याज बढाउने भएका छन्...

सरकारलाई सबैभन्दा बढी कर तिर्ने बैंक बन्यो ग्लोबल आइएमई

सरकारलाई सबैभन्दा बढी कर तिर्ने बैंक बन्यो ग्लोबल आइएमई

वि.सं.२०८० साउन ३० मंगलवार १५:५७

काठमाडौँ । देशको सबैभन्दा ठूलो बैंक ग्लोबल आइएमई बैंक लिमिटेड...

निर्माण व्यवसायीको समस्या सरकारले समाधान गर्छ भुक्तानी पनि हुन्छ: अर्थमन्त्री महत

निर्माण व्यवसायीको समस्या सरकारले समाधान गर्छ भुक्तानी पनि हुन्छ: अर्थमन्त्री महत

वि.सं.२०८० साउन २९ सोमवार १६:२७

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महत र आन्दोलनरत निर्माण व्यवसायीबीच...