back

सरकारलाई बैंकहरुले बुझाए ३० अर्ब आयकर : कुन बैंकले सरकारलाई कति बुझाए आयकर ?

सबैभन्द्दा बढी तिर्नेमा नबिल, प्रभु, ग्लोबल र एनआइएमबि

nactional life

काठमाडौं । वाणिज्य बैंकहरुले एकै वर्ष सरकारलाई ३० अर्ब रुपैयाँ आयकर बुझाएका छन् । गत आर्थिक वर्ष २०८०–८१ मा हाल संचालनमा रहेका २० वटा बाणिज्य बैंकहरुले आम्दानी बापत सो बराबरको आयकर बुझाएका हुन् ।

गत वर्ष बैंकहरुले सरकारलाई २९ अर्ब ९८ करोड ८९ लाख रुपैयाँ आयकर बुझाएका छन् । जुन अघिल्लो आवको तुलनामा १५.७३ प्रतिशत बढी हो । अघिल्लो आवमा पनि बैंकहरुले २५ अर्ब ९१ करोड २८ लाख रुपैयाँ आयकर तिरेका थिए ।

बैंक तथा वित्तीय संस्थाहरुले आम्दानीको ३० प्रतिशत कर तिर्नुपर्ने पर्छ । बैंकहरुले करपछिको नाफामा १० प्रतिशत कर्मचारी बोनस छुट्याएपछि आउनेमा ३० प्रतिशत आयकर सरकारलाई बुझाउनु पर्ने प्रवाधान छ ।

गत वर्ष ९ वटा बैंकहरुको आयकर मात्रै घटेको छ । तर, त्यसबाहेक अन्य बैंकको भने बढेको देखिन्छ ।

गत वर्ष सबैभन्दा धेरै आयकर नबिल बैंकले बुझाएको छ । एक वर्षको आम्दानीबाट बैंकले सरकारलाई २ अर्ब ७३ करोड ५२ लाख रुपैयाँ आयकर तिरेको हो । यद्यपि, अघिल्लो आवको तुलनामा भने यो ४.९ प्रतिशत कमी हो ।

नबिलसहित प्रभु, ग्लोबल आइएमई र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआइएमबि)ले सर्वाधिक कर बुझाएका छन् । यी बैंकहरुले गत वर्ष सरकारलाई २ अर्ब भन्दा बढी आयकर तिरेका हुन् ।

सर्वाधिक आयकर बुझाउनेको दोस्रो सूचीमा प्रभु बैंक देखिएको छ। गत वर्ष बैंकले अघिल्लो आवको तुलनामा १२६.२१ प्रतिशत बढाएर २ अर्ब ५७ करोड ३६ लाख रुपैयाँ आयकर बुझाएको छ । यता, ग्लोबल आइएमई बैंकले भने २ अर्ब ५५ करोड १२ लाख रुपैयाँ र एनआइएमबिले २ अर्ब १४ करोड ४१ लाख रुपैयाँ आयकर सरकारलाई बुझाएका छन् ।

अघिल्लो आवको तुलनामा सबैभन्दा धेरै आयकर तिर्नेमा कुमारी, हिमालयन बैंक शीष सूचीमा छन् । अघिल्लो आवमा कुमारी बैंकले ४८ करोड ३७ लाख रुपैयाँ मात्रै आयकर सरकारलाई बुझाएका थियो । तर, गत वर्ष भने २३५ प्रतिशत बढाएर १ अर्ब ६२ करोड ५ लाख रुपैयाँ बुझाएको छ । यता, हिमालयन बैंकको पनि १६४.४९ प्रतिशत बढेर १ अर्ब २० करोड ८३ लाख रुपैयाँ कायम भएको छ ।

गत वर्ष आफ्नो नाफाबाट एभरेष्ट बैंकले पनि १ अर्ब ९० करोड ४ लाख रुपैयाँ आयकर बुझाएको छ । यस्तै, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ८९ कारेड ९४ लाख, प्राइमले १ अर्ब ६५ करोड ३९ लाख, कृषि विकासले १ अर्ब ६४ करोड ३ लाख, सिद्धार्थले १ अर्ब ३४ कारेड ४५ लाख, लक्ष्मी सनराइजले १ अर्ब २३ कारेड ५७ लाख, नेपाल बैंकले १ अर्ब २३ करोड ४६ लाख र एनएमबिले १ अर्ब ६६ लाख रुपैयाँ आयकर बुझाएका छन् ।

यस्तै, सानिमा बैंकले ९७ करोड २३ लाख, नेपाल एसबिआईले ८६ करोड ५३ लाख, सिटिजन्सले ७४ करोड ४३ लाख, माछापुच्छ्रेले ६९ करोड ५ लाख र एनआइसी एशियाले ५४ करोड ९३ लाख रुपैयाँ सरकारलाई आयकर तिरेका छन् ।

कुन बैंकले सरकारलाई कति बुझाए आयकर ?

स्रोतः सम्वन्धित बैंकले सार्वजनिक गरेको गत आवको चौंथो त्रैमासिक वित्तीय रिपोर्ट, रकम हजारमा

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

मध्यम व्यवसायी जोगाउन नसके अर्थतन्त्र नै संकटमा पर्छ : लिलाबल्लभ दाहाल

मध्यम व्यवसायी जोगाउन नसके अर्थतन्त्र नै संकटमा पर्छ : लिलाबल्लभ दाहाल

वि.सं.२०८३ जेठ १२ मंगलवार १७:४९

काठमाडौं । पर्यटन व्यवसायी तथा युवा उद्यमी लिलाबल्लभ दाहाल ले...

मुक्तिनाथ विकास बैंकको ‘फाइदा एप’ मा ‘सेल्फ–रिन्यु’ सुविधा थप

मुक्तिनाथ विकास बैंकको ‘फाइदा एप’ मा ‘सेल्फ–रिन्यु’ सुविधा थप

वि.सं.२०८३ जेठ १२ मंगलवार १७:४५

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो मोबाइल बैंकिङ सेवा ‘मुक्तिनाथ फाइदा...

आगामी बजेटको पूर्वसन्ध्यामा व्यवसायीको गर्जन: ‘अनुदार नीति र क्रिमिनल माइन्डसेट अन्त्य गर, करको भार घटाउ’

आगामी बजेटको पूर्वसन्ध्यामा व्यवसायीको गर्जन: ‘अनुदार नीति र क्रिमिनल माइन्डसेट अन्त्य गर, करको भार घटाउ’

वि.सं.२०८३ जेठ १२ मंगलवार १७:३१

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणको पूर्वसन्ध्यामा...

निर्जीवन बीमा बजारमा उत्साह: १० महिनामै संकलन भयो ४० अर्बमाथि बीमाशुल्क

निर्जीवन बीमा बजारमा उत्साह: १० महिनामै संकलन भयो ४० अर्बमाथि बीमाशुल्क

वि.सं.२०८३ जेठ १२ मंगलवार ११:२०

काठमाडौँ । नेपालको निर्जीवन बीमा व्यवसायमा चालु आर्थिक वर्षको १०...

सिद्धार्थ बैंकद्वारा तनहुँका १२ सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण

सिद्धार्थ बैंकद्वारा तनहुँका १२ सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण

वि.सं.२०८३ जेठ १२ मंगलवार ११:०३

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गण्डकी प्रदेशअन्तर्गत तनहुँ जिल्लाका १२ वटा...

निजी क्षेत्रमाथि नियन्त्रण बढाउँदा अर्थतन्त्र संकटमा पर्छ : अर्थविद गोपीलाल न्यौपाने

निजी क्षेत्रमाथि नियन्त्रण बढाउँदा अर्थतन्त्र संकटमा पर्छ : अर्थविद गोपीलाल न्यौपाने

वि.सं.२०८३ जेठ १२ मंगलवार १०:३०

काठमाडौं । अर्थविद् डा. गोपीलाल न्यौपानेले वर्तमान सरकार तथा काठमाडौं...