back

पाँच करोड ५० लाखमा गाउँपालिका भवन निर्माण

पर्वत  । दक्षिण पर्वतको पैयूँ गाउँपालिकाको प्रमुख प्रशासकीय भवन निर्माण सम्पन्न भएको छ ।

पैयूँ गाउँपालिका–४ हुवासस्थित भकुण्डे वगरमा भवन बनेको हो । विसं २०७८ साउन १० गतेदेखि निर्माण सुरु भएको भवन तीन वर्षमा सम्पन्न भइ सञ्चालनको तयारी गरिएको छ ।

प्रशासकीय भवन साढे तीन तलाको छ । ३८ कोठा र लिफ्टसहितको अत्याधुनिक भवन रु पाँच करोड ४८ लाख ४८ हजार नौ सय ९० लागतमा निर्माण भएको हो । १२ रोपनी क्षेत्रफलमा फैलिएको प्रशासकीय भवन निर्माण स्थलका लागि टकलाक, त्रिवेणी र हुवासका जग्गा धनीहरुले निःशुल्क जग्गा उपलब्ध गराएका थिए ।

प्रशासकीय भवन निर्माणको ठेक्का विवेक एन्ड कुवेर बिल्डर्स वालिङ स्याङ्जाले पाएको थियो । १८ महिनामा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भए पनि विभिन्न कारणले केही ढिलाइ भएको पैयूँ गाउँपालिकाका अध्यक्ष तोरणमल्ल ठकुरीले जानकारी दिनुभयो ।

निर्माण सम्पन्न भएको उक्त भवन यही साउन २५ गते शुक्रबारदेखि सञ्चालनमा ल्याइने भएको छ । पैयूँ गाउँपालिकाले साउन २५ गते भवनको उद्घाटन कार्यक्रम राखेको छ । गाउँपालिकाका अध्यक्ष तोरणमल्ल ठकुरीले भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रमुख प्रशासकीय अधिकृत राजीव रिमालले जानकारी दिनुभयो । स्थापनाकालदेखि हालसम्म पैयूँ गाउँपालिकाको कार्यालय भाडाको घरमा सञ्चालन हुँदै आएको थियो । मासिक रु एक लाख भाडा खर्च हुँदै आएकामा अबदेखि उक्त रकम बचत हुने र पालिकाको अन्य विकासमा खर्च गर्न सकिने रिमालले बताउनुभयो ।

पालिकाको मुख्य प्रशासनिक भवनसँगै वडा कार्यालयहरु धमाधम निर्माण भइरहेको छ । सातवटा वडा कार्यालय रहेको पैयूँमा अधिकांशका सुविधासम्पन्न कार्यालय भवन बनिसकेको र बाँकी वडामा पनि चालु आर्थिक वर्षमा बजेट व्यवस्थापन गरिएको पालिका अध्यक्ष ठकुरीले जानकारी दिनुभयो ।

 


विद्युत नियमन आयोग र इमानबीच सहकार्यका विषयमा छलफल

विद्युत नियमन आयोग र इमानबीच सहकार्यका विषयमा छलफल

वि.सं.२०८२ जेठ १ बिहीवार १३:२७

काठमाडौं । ऊर्जा क्षेत्रको नियमनकारी निकाय र इकोनोमिक मिडिया एसोसिएसन...

ललितपुरमा घर तथा भवनको अभिलेखीकरण, लक्ष्यमा पुग्नै हम्मे

ललितपुरमा घर तथा भवनको अभिलेखीकरण, लक्ष्यमा पुग्नै हम्मे

वि.सं.२०८२ जेठ १ बिहीवार ०८:०७

काठमाडौं । ललितपुर महानगरपालिकाले मापदण्डविपरित बनेका तथा नक्सापास नभएका घर...

महालेखा परीक्षक कार्यालयको वार्षिक प्रतिवेदन सार्वजनिक, कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख (पूर्णपाठ)

महालेखा परीक्षक कार्यालयको वार्षिक प्रतिवेदन सार्वजनिक, कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख (पूर्णपाठ)

वि.सं.२०८२ वैशाख ३१ बुधवार १६:०९

काठमाडौं । महालेखा परीक्षकले सार्वजनिक गरेको लेखा परीक्षण प्रतिवेदन अनुसार...

निलमलाई गर्भनर नियुक्त गरी ५२ प्रतिशत महिलामाथि न्याय गर्नुहोस्

निलमलाई गर्भनर नियुक्त गरी ५२ प्रतिशत महिलामाथि न्याय गर्नुहोस्

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:५३

काठमाडौं । सांसद रोशन कार्कीले राष्ट्र बैंकको गर्भनर पद लिलामीका...

राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषको १० करोड ८० लाख ब्याजमा लगानी गर्ने

राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषको १० करोड ८० लाख ब्याजमा लगानी गर्ने

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:३६

काठमाडौं । नेपाल राष्ट्र बैंकले अवकाश कोष अन्तर्गतको कर्मचारी सुरक्षण...

भूकम्पको शिर्षकमा बजेट छुट्याउन आग्रह

भूकम्पको शिर्षकमा बजेट छुट्याउन आग्रह

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:०९

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सांसद जनार्दन शर्माले...