सुनको मूल्यमा गिरावट, यस्तो छ आजको बजारभाउ

वि.सं.२०७८ वैशाख ३० बिहीवार

काठमाण्डौ । बिहीबार सुनको मूल्य ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको हो। योसँगै आज प्रतितोला फाइन गोल्ड ९१ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार १०० रुपैयाँ झरेको छ।
हिजो बुधबार पनि सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९२ हजार रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ १० रुपैयाँले घटेर १ हजार ३३५ रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी १ हजार ३४५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित समय : ०५:४३ बजे