अपी पावरको नाफा १०८ प्रतिशत वृद्धिको छलाङ, यस्ता छन् अन्य सूचक

वि.सं.२०७८ वैशाख ३० बिहीवार

काठमाडौँ। अपी पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको नाफामा छलाङ मारेको छ । कम्पनीले चैत मसान्तसम्म १२ करोड ६२ लाख रुपैयाँ नाफा आर्जन गरेको हो, जुन अघिल्लो वर्षको तुलनामा १०८ दशमलव १६ प्रतिशतले बढी हो । गत वर्ष कम्पनीले यही अवधिमा ६ करोड ६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी पनि १८.८८ प्रतिशतले बढेको छ। गत वर्ष यही अवधिमा विद्युत बिक्रीबाट हुने आम्दानी २४ करोड २३ लाख रुपैयाँ रहेकोमा यो वर्ष बढेर २८ करोड ८१ लाख रुपैयाँ भएको छ।
यो अवधिमा कम्पनीको अन्य स्रोतबाट हुने आम्दानी पनि बढेर ६ करोड २९ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा यस्तो आम्दानी १५ लाख ४७ हजार रुपैयाँमा सीमित थियो।
कम्पनीको रिजर्भको आकार १०७.६७ प्रतिशतले बढेर २८ करोड १ लाख रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष रिजर्भमा १३ करोड ४८ लाख रुपैयाँ रहेको थियो।
चुक्तापुँजी १ अर्ब ९२ करोड रुपैयाँ रहेको कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) ८.७२ रुपैयाँ रहेको छ। पीई रेसियो ३९.४३ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ११४.५२ रुपैयाँ रहेको छ।

प्रकाशित समय : ०५:३९ बजे