back

जनकपुरधाममा ३ अर्ब ८२ करोड ८३ लाख ७८ हजार राजश्व सङ्कलन

काठमाडौं । आन्तरिक राजश्व कार्यालय जनकपुरधामले आर्थिक वर्ष २०८०/२०८१  मा ३ अर्ब ८२ करोड ८३ लाख ७८ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।

कार्यालयलाई सो आर्थिक वर्षमा ४ अर्ब ४६ करोड ६३ लाख ९३ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य तोकिएकोमा लक्ष्यभन्दा १४.२८ प्रतिशत कम राजश्व सङ्कलन भएको कार्यालयका प्रमुख कर अधिकृत किशोर बर्तौलाले जानकारी दिए ।

अहिले मुलुकमा देखिएको आर्थिक मन्दीका कारणले यस क्षेत्रको व्यापार व्यवसायमा देखिएकाले राजश्व सङ्कलनमा समेत कमी आएको जानकारी दिँदै प्रमुख कर अधिकृत बर्तौलाले तर अन्तः शुल्कतर्फ बढी राजश्व सङ्कलन भएको बताए ।

अन्तः शुल्कतर्फ लक्ष्यको १००.८० प्रतिशत राजश्व सङ्कलन भएको आन्तरिक राजश्व कार्यालय जनकपुरधामले जनाएको छ । अन्तः शुल्कतर्फ १ अर्ब ५३ करोड ४२ लाख ८७ हजार लक्ष्य लिएकोमा १ अर्ब ५४ करोड ६६ लाख २१ हजार राजश्व सङ्कलन भएको हो ।

आयकरबाट १ अर्ब १९ करोड ३८ लाख ७१ हजार लक्ष्यको ८२.०७ प्रतिशत राजश्व सङ्कलन मात्र भएको हो । मूल्य अभिवृद्धि करतर्फ १ अर्ब ३० करोड १५ लाख ५५ हजार असुल गर्ने लक्ष्य लिएकोमा कार्यालयले त्यसको ७५.१३ प्रतिशत अर्थात् ९७ करोड ७८ लाख ६२ हजार रुपैयाँ राजश्व असुल गरेको हो ।

भाडा आयकरतर्फ लक्ष्यको ५५।०१ प्रतिशत, व्याज तर्फ ६४.८६ प्रतिशत अर्थात् ७ करोड २० लाख ७४ हजार रुपैयाँ राजश्व सङ्कलन भएको हो । स्वास्थ्य सेवातर्फ ११ लाख ३ हजार लक्ष्य रहेकोमा त्यसको १३८.८२ प्रतिशत अर्थात् १५ लाख ३१ हजार राजश्व सङ्कलन भएको हो । यस्तै, शिक्षातर्फ १ लाख ६८ हजार र अन्यतर्फ १२ लाख २६ हजार राजश्व सङ्कलन भएको छ ।

आन्तरिक राजश्व कार्यालय जनकपुरधाममा धनुषा, महोत्तरी, सर्लाही र सिन्धुली जिल्लाको कर सङ्कलन हुने गरेको छ ।


अमेरिकाले चिनियाँ सामानमा १० प्रतिशत कर लगायो

अमेरिकाले चिनियाँ सामानमा १० प्रतिशत कर लगायो

वि.सं.२०८१ माघ २० आइतवार १२:२२

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिवार चीनबाट आयात हुने...

सरकारले ल्याएको अध्यादेश नीतिगत सुधारको पहल हो : अर्थमन्त्री पौडेल

सरकारले ल्याएको अध्यादेश नीतिगत सुधारको पहल हो : अर्थमन्त्री पौडेल

वि.सं.२०८१ माघ २० आइतवार ११:५६

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सरकारले ल्याएको अध्यादेशले नीतिगत सुधारमा...

‘मेटा’ ट्रम्पसँग सम्झौता गर्न तयार: मुद्दा मिलाउन २५ मिलियन डलर तिर्ने, सम्झौतामा के छ विशेष ?

‘मेटा’ ट्रम्पसँग सम्झौता गर्न तयार: मुद्दा मिलाउन २५ मिलियन डलर तिर्ने, सम्झौतामा के छ विशेष ?

वि.सं.२०८१ माघ १८ शुक्रवार ११:४२

काठमाडौं । अमेरिकाको राष्ट्रपति बनेपछि डोनाल्ड ट्रम्पले एकपछि अर्को ठूला...

करको क्षेत्रमा आवश्यकता अनुसार काम हुन सकेन : अर्थमन्त्री पौडेल

करको क्षेत्रमा आवश्यकता अनुसार काम हुन सकेन : अर्थमन्त्री पौडेल

वि.सं.२०८१ माघ १८ शुक्रवार ११:०६

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले कर र राजस्वको क्षेत्रमा आवश्यकता...

‘बालेन शैली’कै बाटोमा प्राधिकरण : सरकारी जग्गा अतिक्रमण गर्नेलाई नछाड्ने, एक्सनमा उत्रियो

‘बालेन शैली’कै बाटोमा प्राधिकरण : सरकारी जग्गा अतिक्रमण गर्नेलाई नछाड्ने, एक्सनमा उत्रियो

वि.सं.२०८१ माघ १८ शुक्रवार १०:३४

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखमा बालेन्द्र शाह (बालेन) निर्वाचित भएर...

मन्थलीमा कृषि, पर्यटन औद्योगिक मेला प्रदर्शनी सुरु

मन्थलीमा कृषि, पर्यटन औद्योगिक मेला प्रदर्शनी सुरु

वि.सं.२०८१ माघ १७ बिहीवार १०:४८

रामेछाप । रामेछापको मन्थलीमा कृषि, पर्यटन, औद्योगिक मेला प्रदर्शनी सुरु...