back

जनकपुरधाममा ३ अर्ब ८२ करोड ८३ लाख ७८ हजार राजश्व सङ्कलन

काठमाडौं । आन्तरिक राजश्व कार्यालय जनकपुरधामले आर्थिक वर्ष २०८०/२०८१  मा ३ अर्ब ८२ करोड ८३ लाख ७८ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।

कार्यालयलाई सो आर्थिक वर्षमा ४ अर्ब ४६ करोड ६३ लाख ९३ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य तोकिएकोमा लक्ष्यभन्दा १४.२८ प्रतिशत कम राजश्व सङ्कलन भएको कार्यालयका प्रमुख कर अधिकृत किशोर बर्तौलाले जानकारी दिए ।

अहिले मुलुकमा देखिएको आर्थिक मन्दीका कारणले यस क्षेत्रको व्यापार व्यवसायमा देखिएकाले राजश्व सङ्कलनमा समेत कमी आएको जानकारी दिँदै प्रमुख कर अधिकृत बर्तौलाले तर अन्तः शुल्कतर्फ बढी राजश्व सङ्कलन भएको बताए ।

अन्तः शुल्कतर्फ लक्ष्यको १००.८० प्रतिशत राजश्व सङ्कलन भएको आन्तरिक राजश्व कार्यालय जनकपुरधामले जनाएको छ । अन्तः शुल्कतर्फ १ अर्ब ५३ करोड ४२ लाख ८७ हजार लक्ष्य लिएकोमा १ अर्ब ५४ करोड ६६ लाख २१ हजार राजश्व सङ्कलन भएको हो ।

आयकरबाट १ अर्ब १९ करोड ३८ लाख ७१ हजार लक्ष्यको ८२.०७ प्रतिशत राजश्व सङ्कलन मात्र भएको हो । मूल्य अभिवृद्धि करतर्फ १ अर्ब ३० करोड १५ लाख ५५ हजार असुल गर्ने लक्ष्य लिएकोमा कार्यालयले त्यसको ७५.१३ प्रतिशत अर्थात् ९७ करोड ७८ लाख ६२ हजार रुपैयाँ राजश्व असुल गरेको हो ।

भाडा आयकरतर्फ लक्ष्यको ५५।०१ प्रतिशत, व्याज तर्फ ६४.८६ प्रतिशत अर्थात् ७ करोड २० लाख ७४ हजार रुपैयाँ राजश्व सङ्कलन भएको हो । स्वास्थ्य सेवातर्फ ११ लाख ३ हजार लक्ष्य रहेकोमा त्यसको १३८.८२ प्रतिशत अर्थात् १५ लाख ३१ हजार राजश्व सङ्कलन भएको हो । यस्तै, शिक्षातर्फ १ लाख ६८ हजार र अन्यतर्फ १२ लाख २६ हजार राजश्व सङ्कलन भएको छ ।

आन्तरिक राजश्व कार्यालय जनकपुरधाममा धनुषा, महोत्तरी, सर्लाही र सिन्धुली जिल्लाको कर सङ्कलन हुने गरेको छ ।

nactional life
Corporatebazar 11 Anniversary

बेरुजुको चक्रव्यूहमा मुलुक: ७ खर्ब ३३ अर्बको आर्थिक अराजकता, अर्थ मन्त्रालय नै ‘अनुशासनहीन’

बेरुजुको चक्रव्यूहमा मुलुक: ७ खर्ब ३३ अर्बको आर्थिक अराजकता, अर्थ मन्त्रालय नै ‘अनुशासनहीन’

वि.सं.२०८३ जेठ १ शुक्रवार १८:०१

काठमाडौँ। मुलुकको आर्थिक सुशासन र सार्वजनिक खर्चको पारदर्शितामाथि गम्भीर प्रश्न...

निर्वाचन आयोगको मास्टरप्लान: एकै मितिमा दुई निर्वाचन,राज्यको ४ अर्ब जोगिने

निर्वाचन आयोगको मास्टरप्लान: एकै मितिमा दुई निर्वाचन,राज्यको ४ अर्ब जोगिने

वि.सं.२०८३ वैशाख ३० बुधवार १३:१७

काठमाडौं । निर्वाचन आयोगले मुलुकको निर्वाचन प्रणालीलाई थप व्यवस्थित, मितव्ययी...

नेपाल राष्ट्र बैंकद्वारा कर्मचारी सुरक्षण कोषको ६५ करोड मुद्दती निक्षेपमा लगानी: कस्ता संस्थाले पाउँछन् रकम?

नेपाल राष्ट्र बैंकद्वारा कर्मचारी सुरक्षण कोषको ६५ करोड मुद्दती निक्षेपमा लगानी: कस्ता संस्थाले पाउँछन् रकम?

वि.सं.२०८३ वैशाख २९ मंगलवार १६:१२

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो आन्तरिक कोष व्यवस्थापन अन्तर्गत...

अर्थमन्त्री वाग्लेको गम्भीर खुलासा: ‘१६ अर्बको अपचलन र इन्साइडर ट्रेडिङमार्फत केही समूहले राजनीतिक संस्था नै कब्जा गरे’

अर्थमन्त्री वाग्लेको गम्भीर खुलासा: ‘१६ अर्बको अपचलन र इन्साइडर ट्रेडिङमार्फत केही समूहले राजनीतिक संस्था नै कब्जा गरे’

वि.सं.२०८३ वैशाख २९ मंगलवार १६:०१

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको पुँजी बजार र...

अतिरञ्जित बजेटको अभ्यास अन्त्य गर्नुपर्छ : अर्थमन्त्री डा.वाग्ले

अतिरञ्जित बजेटको अभ्यास अन्त्य गर्नुपर्छ : अर्थमन्त्री डा.वाग्ले

वि.सं.२०८३ वैशाख २९ मंगलवार १३:५३

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक नीति तथा कानुनी सुधारलाई...

पुँजी बजारमा १५–१६ अर्ब रुपैयाँको दुरुपयोग भएको अर्थमन्त्री डा.वाग्लेको आरोप

पुँजी बजारमा १५–१६ अर्ब रुपैयाँको दुरुपयोग भएको अर्थमन्त्री डा.वाग्लेको आरोप

वि.सं.२०८३ वैशाख २९ मंगलवार १३:५१

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले पुँजी बजारमा सीमित समूहले जनताको...