घरजग्गा कारोबारबाट ४२ अर्ब ९२ लाख रुपैयाँ राजस्व संकलन, कुन महिना कतिको भयो कारोबार ?
अघिल्लो वर्ष २०७९/८० को तुलनामा यो बर्ष करिब १५ करोड वृद्धि
वि.सं.२०८१ साउन ७ सोमवार
काठमाडौं। आर्थिक वर्ष २०८०/८१ मा घरजग्गा कारोबारबाट ४२ अर्ब ९२ लाख रुपैयाँ राजस्व संकलन भएको छ । अघिल्लो वर्ष २०७९/८० को तुलनामा यो बर्ष करिब १५ करोड रुपैयाँले वृद्धि भएको छ।
आर्थिक वर्ष २०८०/८१ मा भएको राजस्व संकलनको लागि कुल १६ लाख १० हजार ५५८ घरजग्गाको कारोबार भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकमा उल्लेख छ । आर्थिक वर्षमा राजस्व संकलन सबैभन्दा बढी असार महिनामा देखिएको छ ।
उक्त महिनामा ४ अर्ब ६१ करोड रुपैयाँ घरग्गा कारोबारबाट राजस्व संकलन भएको छ । राजस्व संकलनका लागि उक्त महिना १ लाख ३६ हजार वटा कारोबार भएको पनि तथ्यांकले देखाएको छ ।
संकलन भएको राजस्वमा १ लाख १९ हजार कोबारबाट साउनमा २ अर्ब ९१ करोड, १ लाख २० हजार वटा कारोबारबाट भदौमा ३ अर्ब ४ करोड रुपैयाँ राजस्व संकलन भएको छ । १ लाख ४० हजार वटा कारोबारबाट असोजमा ४ अर्ब ८ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।
कात्तिकमा ७७ हजार कारोबारबाट २ अर्ब १६ करोड, १ लाख २७ हजार कारोबारवबाट मंसिरमा २ अर्ब ८६ करोड, १ लाख ३६ हजार कारोबारबाट पुसमा ३ अर्ब २० करोड रुपैयाँ राजस्व संकलन भूमि व्यवस्था तथा अभिलेख विभागले देशैभरका विभिन्न मालपोत कार्यालयबाट संकलन गरेको छ ।
१ लाख ४१ हजार कारोबारबाट माघमा ३ अर्ब २७ करोड, १ लाख ४६ हजार कारोबारबाट फागुनमा ३ अर्ब ५९ करोड, १ लाख ४६ हजार कारोबारबाट चैतमा ३ अर्ब ९४ करोड राजस्व संकलन भएको छ ।
यस्तै, गत वर्ष १ लाख ४१ हजार कारोबारबाट वैशाखमा ३ अर्ब ८६ करोड रुपैयाँ, १ लाख ७५ हजार कारोबारबाट जेठमा ४ अर्ब ३३ करोड राजस्व संकलन भएको पनि तथ्यांकले देखाएको छ ।
अघिल्लो आर्थिक वर्ष २०७९/८० मा भएको यस्तो कारोबारमा साउनमा १५ हजार ३०५, भदौमा २१ हजार ८७७, असोजमा १९ हजार १७८, कात्तिकमा २२ हजार ५६५, मंसिरमा ३० हजार ७२८, पुसमा ४९ हजार ४७४, माघमा ५४ हजार ४७८ वट भएको छ ।
फागुनमा ६० हजार ३६१, चैतमा ८६ हजार ०९७, वैशाखमा ७० हजार ६१७ र जेठमा १ लाख ८ हजार ३०२, असारमा १ लाख ३६ कित्ताकाट गरिएको विभागको तथ्यांक छ ।
साउनमा ९८ हजार ६४, भदौमा १ लाख ८ हजार ८१, असोजमा ७४ हजार ८५०, कात्तिकमा ७६ हजार ५६२, मंसिरमा ८९ हजार २४६, पुस १ लाख १३ हजार ८९८, माघमा १ लाख १८ हजार २६, फागुनमा १ लाख १७ हजार ५७१, चैतमा १ लाख ४२ हजार २५१, वैशाखमा १ लाख १८ हजार ८७१, जेठमा १ लाख ५६ हजार १०७ र असारमा १ लाख २२ हजार ३३६ वटा कारोबार भएको छ।
प्रकाशित समय : २३:४९ बजे




















