back
nactional

सन्तुलित बजेट आएको सबैले टिप्पणी गरेका छन् : अर्थमन्त्री पुन

काठमाडौँ ।  अर्थमन्त्री वर्षमान पुनले राष्ट्रियसभाको आजको बैठकमा ‘आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नुभएको छ ।

प्रस्ताव पेस गर्दै निकै अन्योलताका बीचमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत भएको जानकारी दिनुभयो ।

अर्थमन्त्री पुनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्षका अध्यक्ष केपी शर्मा ओलीको निरन्तरको पहलका कारण सहज रुपमा प्रक्रिया अगाडि बढेको बताउनुभयो ।

उहाँले सांसदहरुको सल्लाह र पृष्ठपोषणका आधारमा बजेट ल्याइएको उल्लेख गर्दै सरोकार भएका सबै निकाय र क्षेत्रको समेत सुझाव लिइएको जानकारी दिनुभयो ।

अर्थतन्त्र पूर्ण रुपमा गतिशील अवस्थामा आइनसकेकाले जिम्मेवारीपूर्वक निजी क्षेत्रको मनोबल उठाउन जरुरी रहेको, युवामा रहेको निराशालाई चिरेर अगाडि बढ्नुपर्ने अवस्थालाई ख्याल गरिएको अर्थमन्त्री पुनले बताउनुभयो ।

मुद्रास्फीति न्यून विन्दुमा रहेको तथ्य पेस गर्दै हरेक घरको भान्सामा पर्ने मूल्यवृद्धिको चापलाई नियन्त्रण गर्ने गरी प्रयास गरिएको उहाँको भनाइ छ ।

सङ्कुचित भएको साधन र स्रोतलाई विश्लेषण गरेर बजेट प्रस्तुत गरिएको भन्दै सबै क्षेत्रले सन्तुलित बजेट आएको टिप्पणी गरेका अर्थमन्त्री पुनले बताउनुभयो ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

इन्टरनेट सेवा प्रदायकको २ अर्ब ९४ करोड राजस्व विवादमा सर्वोच्चद्वारा मूल मिसिल झिकाउने आदेश

इन्टरनेट सेवा प्रदायकको २ अर्ब ९४ करोड राजस्व विवादमा सर्वोच्चद्वारा मूल मिसिल झिकाउने आदेश

वि.सं.२०८३ भदौ २ मंगलवार १७:४४

काठमाडौं ।  इन्टरनेट सेवा प्रदायकबाट उठाउनुपर्ने दूरसञ्चार सेवा दस्तुरसम्बन्धी ठूलो...

सिँचाइका ६ राष्ट्रिय गौरवका आयोजनाको नयाँ डेडलाइन: महाकाली २०९१/९२ सम्म सकिने

सिँचाइका ६ राष्ट्रिय गौरवका आयोजनाको नयाँ डेडलाइन: महाकाली २०९१/९२ सम्म सकिने

वि.सं.२०८३ भदौ २ मंगलवार १६:५१

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका...

नेपालको अटोमोबाईल क्षेत्रलाई ‘मेक इन नेपाल’ बाट ‘मेड इन नेपाल’मा लैजान सकिन्छः सौरभ ज्योती

नेपालको अटोमोबाईल क्षेत्रलाई ‘मेक इन नेपाल’ बाट ‘मेड इन नेपाल’मा लैजान सकिन्छः सौरभ ज्योती

वि.सं.२०८३ भदौ १ सोमवार ०७:४४

काठमाडौँ। नेपालमा तीव्र गतिमा अघि बढिरहेको अटोमोबाइल एसेम्ब्ली उद्योगलाई अब...

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

वि.सं.२०८३ साउन २५ सोमवार १६:२८

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको आर्थिक रूपान्तरणका लागि...

राष्ट्र बैंकको डिजिटल रूपैयाँ अवधारणा पत्र सार्वजनिक: ५ वर्षमा करिब ४ अर्ब ७३ करोड रूपैयाँ मुद्रण लागत बचत हुने

राष्ट्र बैंकको डिजिटल रूपैयाँ अवधारणा पत्र सार्वजनिक: ५ वर्षमा करिब ४ अर्ब ७३ करोड रूपैयाँ मुद्रण लागत बचत हुने

वि.सं.२०८३ साउन २५ सोमवार ०९:३४

काठमाडौं । नेपालको वित्तीय इतिहासमा एक महत्त्वपूर्ण मोडका रूपमा नेपाल...

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

वि.सं.२०८३ साउन २४ आइतवार १३:०२

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले व्यापक...