टाटा कार्निभलको चौथो संस्करण सुरु: पुरानो गाडी दिएर नयाँ पञ्च ईभी वा टियागो ईभी लैजान सकिने
वि.सं.२०८३ भदौ ३ बुधवार
काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले यही बिहीबारदेखि ‘टाटा कार्निभल’को चौथो संस्करण भव्य रूपमा सुरु गर्दै छ।
भदौ ४ गतेदेखि ७ गतेसम्म देशभर सञ्चालन हुने यस विशेष एक्सचेन्ज क्याम्पमा ग्राहकहरूले जुनसुकै ब्रान्डका पुराना इन्धन वा सवारी साधनहरू ल्याएर हालै नेपाली बजारमा भित्रिएका अत्याधुनिक नयाँ पन्च इभी (Punch.ev) र नयाँ टियागो इभी (Tiago.ev) सँग सजिलै साट्न सक्ने सुविधा दिइएको छ।
यस एक्सचेन्ज क्याम्पको मुख्य आकर्षण भनेको पुरानो गाडीको उचित मूल्यांकन गरी त्यसलाई नयाँ गाडी खरिद गर्दा लाग्ने डाउनपेमेन्टको रूपमा प्रयोग गर्न सकिने व्यवस्था हो। यसका साथै योजना अवधिभर टाटाका इभी गाडी बुकिङ गर्ने ग्राहकहरूलाई आकर्षित गर्न कम्पनीले विशेष सहुलियत तथा उपहारको प्याकेज घोषणा गरेको छ। यस क्याम्पअन्तर्गत गाडी खरिद गर्दा ग्राहकहरूले बेस्ट एक्सचेन्ज भ्यालुएसन, आजीवन निःशुल्क डीसी फास्ट चार्जिङ (DC Fast Charging), एक वर्षको पूर्ण सवारी कर छुट, निःशुल्क एसेसरिज र निःशुल्क होम चार्जिङ जडान जस्ता असाधारण सुविधाहरू प्राप्त गर्नेछन्।
हालै आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को अवसर पारेर सार्वजनिक गरिएका यी दुवै इभी मोडलहरू नेपाली अटोमोबाइल बजारमा निकै चर्चित बनेका छन्। बजारमा नयाँ पन्च इभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ भने नयाँ टियागो इभीको सुरुवाती मूल्य २८ लाख ९९ हजार रुपैयाँ रहेको छ।
उत्पादनका मुख्य विशेषताहरू
-
नयाँ पन्च इभी (Punch.ev): अत्याधुनिक ‘एक्टि.इभी’ (acti.ev) प्लेटफर्ममा आधारित यो गाडी ३२ kWh र ४० kWh क्षमताका दुई ब्याट्री विकल्पमा उपलब्ध छ। नेपाली बाटो र भूगोलमा गरिएको गहन परीक्षण अनुसार यसले एकपटकको फुल चार्जमा ३०० देखि ३२५ किलोमिटरसम्मको उत्कृष्ट रेन्ज प्रदान गर्छ। नेपालको सडक सुहाउँदो १९५ एमएमको उच्च ग्राउन्ड क्लियरेन्स भएको यस गाडीले BNCAP ५-स्टार सुरक्षा रेटिङ प्राप्त गरेको छ। यसमा सुरक्षाका लागि ६ वटा एयरब्याग र ३६० डिग्री क्यामेरा दिइएको छ भने १.५C DC फास्ट चार्जिङ, भ्वाइस एक्टिभेटेड सनरुफ, २६.०३ सेन्टिमिटरको हर्मन इन्फोटेनमेन्ट तथा डिजिटल ककपिट, भेन्टिलेटेड सिट र ३६६ लिटरको फराकिलो बुट स्पेस जस्ता प्रिमियम फिचरहरू समावेश छन्।
-
नयाँ टियागो इभी (Tiago.ev): दैनिक सहरी आवतजावतलाई सहज, आर्थिक र वातावरणमैत्री बनाउन ल्याइएको टियागो इभी नयाँ लुक्स र आकर्षक रङहरूमा उपलब्ध छ। यसमा सुरक्षित यात्राका लागि ६ वटा एयरब्याग, ३६० डिग्री एचडी क्यामेरा प्रणाली र २६.०३ सेन्टिमिटरको आधुनिक इन्फोटेनमेन्ट सिस्टम जस्ता आधुनिक सुरक्षा तथा मनोरञ्जनका सुविधाहरू समेटिएका छन्।
प्रकाशित समय : १२:११ बजे






















